कोशी नामाकरण विवाद : फागुन १७ लाई कालो दिन घोषणा गर्दै विरोध
कोशी प्रदेशसभाले ०७९ फागुन १७ गते दुई तिहाइ मतले कोशी प्रदेश नामाकरण गरेको दिनलाई पहिचान पक्षधरहरूले कालो दिनको रूपमा लिएका छन् । पहिचान पक्षधरहरूले कोशी प्रदेश नामाकरण भएको दिन फागुन १७ गते कालो दिन भन्दै ०८० फागुन १७ गते इलाममा विरोध जनाएका छन् । पहिचानको पक्षमा आन्दोलनरत प्रदेश न.१ पुन…
इलाम क्षेत्र न.२ मा वैशाख १५ गते उप-निर्वाचन, निर्वाचन कार्यतालिका सार्वजनिक
निर्वाचन आयोगले इलाम क्षेत्र न.२ मा ०८१ वैशाख १५ गते उपनिर्वाचन गर्ने भएको छ । निर्वाचन आयोग पदाधिकारीको ०८० फागुन १३ गतेको बैठकले इलाम क्षेत्र न.२ मा वैशाख १५ गते उपनिर्वाचनका लागि मिति तय गरेको हो । इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङको ०८० भदौ २६ मा निधन भएपछि रिक्त…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सूर्योदय नगरपालिका-१ का ३३ वर्षीय पेम्वा शेर्पालाई फागुन ९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०८० फागुन ९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध फागुन ९ गते इलाका प्रहरी कार्यालय, मानेभञ्याङ्गमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका…
घर–घरमै जन्मदर्ता अभियान
मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ को धारा ६ ले व्यक्तिको पहिचानको अधिकार विश्वव्यापी अधिकारको रूपमा उल्लेख गरेको छ । प्रत्येक व्यक्तिलाई कानुनको अगाडि जुनसुकै ठाउँमा व्यक्तिको रूपमा पहिचानको अधिकार हुन्छ भनेर घोषणापत्रमा उल्लेख गरिएको छ । नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय अभिसन्धी, १९६६ ले प्रत्येक बालबालिका जन्मने बित्तिकै दर्ता…
पत्नी हत्या आरोपमा पति गिरफ्तार
माङसेबुङ गाउँपालिका-२ पासाङकी ६२ वर्षीया हस्तश्वरी लिम्बूको हत्या गरेको आरोपमा प्रहरीले ६१ वर्षीय पति बालधोज लिम्बूलाई माघ १५ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले ०८० माघ १२ गते कुटपिट गरी घाइते हुनु भएकी पीडितको झापाको विर्तासिटी अस्पतालमा माघ १४ गते उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका…
हत्या घटनाका आरोपित गिरफ्तार
माई नगरपालिका-६ विहीबारेका १९ वर्षीय जीवन राईको हत्या गरेको आरोपमा प्रहरीले ३७ वर्षीय बाबु दिलकुमार राईलाई पुस २३ गते गिरफ्तार गरेको छ । मादक पदार्थ सेवन गरेका आरोपितले ०८० पुस २३ गते छोरालाई खुकुरी प्रहार गरेको र घाईते जीवनको उपचारका क्रममा वि एण्ड सी, विर्तामोडमा पुस २४ गते विहान मृत्यु…
उपचार खर्च तिर्न नसक्दा अस्पतालमै बस्न बाध्य
नेपालको संविधानले धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकको ब्याख्या एमव् व्यवस्था गरेको छ । सोही धाराको उपधारा १ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भन्ने व्यवस्था छ । तर, माई नगरपालिका-१० लुम्बाकका ६४ वर्षीय दुर्गाप्रसाद शर्मा…
बलात्कार घटनाका आरोपितलाई प्रहरीले आश्रय दिएको पीडितको आरोप
बलात्कार घटनामा पीडित ४७ वर्षीया महिलाले प्रहरीले बलात्कार घटनाका आरोपितलाई आश्रय दिएको आरोप लगाउनु भएको छ । इलाम नगरपालिका-३ का बलात्कार घटनाका आरोपित ३० वर्षीय सङ्गेश लिम्बूलाई प्रहरीले आश्रय दिएको पीडितको आरोप छ । पीडितले ०८० असोज ३० गते पत्रकार सम्मेलन गरी बलात्कार घटनाका आरोपित सङ्गेशविरूद्ध भदौ २६ गते प्रहरीमा…
पहिलो त्रैमासिक परीक्षा सकियो, सूर्योदयका विद्यार्थीले पाएनन् पाठ्यपुस्तक
सूर्योदय नगरपालिकाले ०७८ चैत १५ गते तामझामका साथ स्थानीय पाठ्यपुस्तक ‘हाम्रो सूर्योदय’ लोकार्पण गर्यो । नगरले कक्षा एक देखि आठसम्मको पाठ्यक्रम ०७७ सालमै सार्वजनिक गरेको थियो । सोही आधारमा तयार गरेर कक्षा पाँचसम्मको पुस्तक सार्वजनिक गरिएको दुई वर्ष पुग्न लाग्यो । तर, विद्यार्थीले यस शैक्षिक सत्रको ०८० असोज अन्त्यसम्म पनि…
परिवारमै असुरक्षित छन्, बालिका
१४ वर्षीया नातिनीलाई बलात्कार गरेको आरोपमा इलाम नगरपालिका-२ सुम्बेकका ६६ बर्षीय हजुरबुवाविरूद्ध पीडित पक्षले ०८० साउन ३१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दियो । आरोपितलाई प्रहरीले सोही दिन गिरफ्तार गरी जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा भदौ २४ गते हाडनाता करणी शीर्षकमा मुद्दा दर्ता गर्यो । जिल्ला अदालतका न्यायाधीश दीपककुमार…