'सर्वसाधारणले मानव अधिकार अनुभूत गर्न पाएनन्'-आयोग
राष्ट्रिय मानव अधिकार आयोगका पूर्वाञ्चल क्षेत्रीय कार्यालयका निर्देशक झङ्करबहादुर रावलले देशमा ठूला राजनीतिक परिवर्तन भएपनि सर्वसाधारणले मानव अधिकार अनुभूत गर्न नपाएको बताएका छन् । उनले मानव अधिकार संरक्षणका नाममा करोडौँ रुपियाँ खर्च गरेपनि अधिकार हनन्का घटनामा पूर्ण रूपले कमी आउन नसकेको बताए । आयोगले मङ्सिर २० गते इलाममा आयोजना गरेको…
अधिकार संरक्षणमा सरोकारवालासँग सहकार्यको जरूरी
राष्ट्रिय मानव अधिकार आयोगका पूर्वाञ्चल क्षेत्रीय निर्देशक झन्कर रावलले नागरिकको मानव अधिकार रक्षाका लागि आयोगले सबैसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् । चौथो मानव अधिकार अन्तर्राष्ट्रिय महोत्सवको मङ्सिर १८ गते इलाममा उद्घाटन गर्दै रावलले आफ्ना अधिकारबाट वञ्चित भएका सबै नागरिकहरूको अधिकार रक्षाका लागि अधिकारका क्षेत्रमा क्रियाशील अधिकारकर्मी, सङ्घसंस्था, राज्यका…
उजुरीकर्तालाई बेपत्ता आयोगले भन्यो-'अन्तिम प्रमाण पेश गर'
सशस्त्र द्वन्द्वका समयमा बेपत्ता पारिएका व्यक्तिका परिवारलाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले बेपत्ता व्यक्तिको अन्तिम प्रमाण पेश गर्न चिठ्ठी पठाएको छ । आयोगले १५ दिन भित्र बेपत्ता भएको व्यक्तिको बेपत्ता हुनु अघिको अन्तिम अवस्थाका बारेमा खुलाउन र आफूसँग भएका थप प्रमाणहरू पेश गर्न उल्लेख गर्दै पत्र पठाएको हो । आयोगले…
निःशुल्क औषधि दुई वर्षसम्म पनि गाउँमा पुगेन
सरकारले आर्थिक वर्ष २०७१/०७२ मा '७० प्रकारका औषधि निःशुल्क रूपमा गाउँ पुर्याउने' घोषणा गरेको भएपनि दुई वर्षबितिसक्दा पनि ती औषधि अझै ग्रामीण स्वास्थ्य संस्थासम्म पुग्न नसकेको पाइएको छ । आर्थिक वर्ष २०७१/०७२ देखि ४० प्रकारका औषधि थपेर वितरण गर्न सरकारले घोषणा गरेको थियो । तर, केन्द्रबाट आउने बजेटको अनियमितता र…
बालविवाह घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकासँग विवाह गरेको आरोपमा प्रहरीले सूर्योदय नपा-१ का २० वर्षीय पदमबहादुर राईलाई मङ्सिर ६ गते गिरफ्तार गरेको छ । पीडित बालिकासँग मङ्सिर ४ गते आरोपितसँग विवाह गरेको पत्ता लागेको पीडित बालिकाको परिवारले प्रहरीमा खबर गरेपछि आरोपितलाई गिरफ्तार र पीडित बालिकाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर महेश खनालले…
बलात्कार घटनाका आरोपितविरुद्ध अदालतमा मुद्दा दर्ता
२० वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनसरीस्थित धरान नपाका ३५ वर्षीय हेमराज लिम्बुलाई मङ्सिर १ गते महमाई गाविसबाट गिरफ्तार गरी जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । पीडित महिलालाई आरोपितले कात्तिक २४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले कात्तिक २९ गते जिल्ला प्रहरी कार्यालय इलाममा उजुरी दिएको थियो…
यौन दुर्व्यवहार गरेको कसुरमा पाँच वर्ष कैदको फैसला
नौ वर्षीया एक बालिकालाई यौन दुर्व्यवहार गरेको ठहर गर्दै जिल्ला अदालत इलामले बरबोटे गाविस-४ का ४८ वर्षीय श्याम निरौलालाई पाँच वर्ष कैदको सजाय सुनाएको छ । न्यायाधीश नवराज दाहालको इजलासले मुलुकी ऐन जबरजस्ती करणी महल अनुसार कसुर ठहर गर्दै कात्तिक २५ गते उक्त सजायको फैसला सुनाएको हो । निरौलालाई जबरजस्ती…
उजुरी लिएपछि सङ्क्रमणकालीन न्यायिक आयोग जिल्लामा नआउँदा द्वन्द्वपीडित निराश
सशस्त्र द्वन्द्वबाट पीडित भएका व्यक्तिहरूबाट उजुरी लिएका सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग जिल्लामा नआएपछि इलामका द्वन्द्व पीडितहरू निराश बनेका छन् । गत साउन २६ गतेसम्म उजुरी दिने अन्तिम मिति तोकेका दुवै आयोगका सदस्यहरूले इलामसम्म आएर दसैँ लगतै उजुरी माथि छानबिनको काम थालेर द्वन्द्व पीडितका घर-घरमा…
बगानका मजदुरद्वारा राजपत्रमा उल्लेख गरिएको ज्याला नपाएको गुनासो
सरकारले नीजिकरण गरेका इलामका चार ओटा चिया बगानमा कार्यरत मजदुरहरूले राजपत्रमा प्रकाशित गरिएको दैनिक ज्याला पाउन नसकेका गुनासो गरेका छन् । चिया विकास निगम अन्तर्गतका कन्याम, इलाम, सोक्तिम र चिलिमकोट चिया बगानमा कार्यरत मजदुरहरूले राजपत्रमा प्रकाशित दैनिक ज्याला नपाएको गुनासो गरेका हुन् । बगान व्यवस्थापन पक्षले बगानमा कार्यरत मजदुरहरूलाई दैनिक…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा माइपोखरी गाविस-७ का १८ वर्षीय सन्तोष र्राईविरुद्ध कात्तिक ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ । पीडित बालिकालाई इलाम नपा- ८ मा डेरा गरी बस्दै आएका राईले कात्तिक ६ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले उजुरी दिएका हुन् । आरोपित फरार रहेकाले…