बलात्कारपछि हत्या गरेको कसुरमा जन्मकैदको फैसला

बरबोटे-४ की ४५ वर्षीया टीकामाया परियारलाई बलात्कार गरी हत्या गरेको कसुरमा बरबोटे-४ का २७ वर्षीय हरि भन्ने हिमाल गुरुङलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश नवराज दाहालको इजलासले माघ २५ गते गुरुङविरुद्ध चलेका 'जबरजस्तीकरणी र  कर्तव्य ज्यान'सम्बन्धी मुद्दामाथि सुनुवाइ गर्दै जबरजस्तीकरणी महलको ३ (५) बमोजिम सात वर्ष कैद…

२०७३ माघ २५, मंगलवार २३:११ गते  
उमेर ढाँटेर बालबालिकालाई काममा लगाईँदै

इलाम सदरमुकामका होटल तथा रेष्टुरेन्टमा १६ बर्ष उमेरभन्दा कमका बालबालिका काममा लगाउने गरेको अनुगमनका क्रममा फेला परेको छ । जिल्ला प्रशासन कार्यालयको सहयोगमा महिला तथा बालबालिका कार्यालयले माघ १९ गते गरेको अनुगमनमा १६ वर्षमुनिका बालबालिकालाई उमेर ढाँटेर काम लगाउने गरेको र उनीहरूलाई पारिश्रमिक पनि नदिने गरेको पाइएको छ । अनुगमनका…

२०७३ माघ २०, बिहीबार ०९:३२ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

४६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले महमाइ-९ का ४३ वर्षीय गणेश भट्टराईलाई माघ १४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले माघ ११ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले माघ १३ गते जिल्ला प्रहरी कार्यालय इलाममा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर मोहन थापाले जानकारी दिए । पीडित…

२०७३ माघ १४, शुक्रबार २३:०१ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

२६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा फरार रहेका सिद्धिथुम्का-३ का ५३ वर्षीय तेजराम न्यौपानेलाई प्रहरीले माघ ९ गते गिरफ्तार गरी जिल्ला अदालतमा बलात्कारसम्न्धी मुद्दा दर्ता गरेको छ । पीडित महिलालाई आरोपितले ०७३ कात्तिक १० गते यौनजन्य दुर्व्यवहार गरेको भन्दै पीडित महिलाले कात्तिक ११ गते पीडितले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी…

२०७३ माघ ९, आईतवार २३:४३ गते  
अस्पतालको स्तरवृद्धि भएपछि निःशुल्क औषधि बन्द हुँदा सेवाग्राही समस्यामा

तीन वर्षघि ५० शैयामा स्तरवृद्धि भएको जिल्ला अस्पताल इलाममा स्तर वृद्धि सँगै निःशुल्क वितरण हुने औषधि बन्द हुँदा सेवाग्राही समस्यामा परेका छन् । २५ शैयाको अस्पताल हुँदा जिल्ला स्वास्थ्य कार्यालयमार्फत आएको औषधि यहाँ निःशुल्क वितरण हुन्थ्यो । ५० शैया भएपछि अस्पतालले निःशुल्क औषधि वितरणको केन्द्र पनि बन्द गराएको छ ।…

२०७३ माघ ८, शनिबार २१:३१ गते  
बहुविवाह घटनाका आरोपित गिरफ्तार

इलाम नपा-३ की रेनुका चौहानको उजुरीका आधारमा बहुविवाह घटनाका आरोपित ३९ वर्षीय पति चन्द्रबहादुर चौहान र पाँचथर एकत्तिनकी ३५ वर्षीया राममाया बानियाँलाई प्रहरीले माघ ५ गते गिरफ्तार गरेको छ । आरोपितद्वयले दुई वर्षअघि विवाह गरेर पति वैदेशिक रोजगारीमा गएको र फर्किएपछि विवाहबारे थाह पाइएको भन्दै पीडित महिलाले माघ ४ गते…

२०७३ माघ ५, बुधबार १९:३९ गते  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

दश वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शान्तिडाँडा-८ का २८ वर्षीय कुलबहादुर लामगादेलाई प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस १० गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडितका अभिभावकले पुस १० गते नै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको…

२०७३ पुष १२, मंगलवार २२:१८ गते  
जन्मदर्ताको अधिकारबाट वञ्चित हुँदा पढाइ प्रभावित

आफ्नो जन्म दर्ता नभएका कारण इलाम सदरमुकामस्थित आदर्श आधारभूत विद्यालयको कक्षा ८ मा अध्ययनरत तीन जना छात्र-छात्राको पढाइ प्रभावित भएको छ । विद्यालयले रजिष्ट्रेशन फारम भर्न जन्मदर्ता अनिवार्य चाहिने भनेपछि जन्मदर्ता नभएका कक्षा ८ मा अध्ययनरत प्रिया श्रेष्ठ, मनिषा लिम्बू र विशाल राईको पढाइ प्रभावित भएको हो । आफ्ना बावुलाई…

२०७३ पुष ९, शनिबार १९:३६ गते  
मानव बेचविखन तथा ओसारपसार र बलात्कार घटनाका आरोपितविरुद्ध मुद्दा दर्ता

२० वर्षीया र २४ वर्षीया दुई जना महिलालाई बेचविखन तथा ओसारपसार गर्ने उद्धेश्यले बलात्कारसमेत गरेको आरोपमा प्रहरीले इलाम साँखेजुङ-९ का ३५ वर्षीय निमतेञ्जी शेर्पा  र साँखेजुङ-४ की ३६ वर्षीया कमला राईविरुद्ध मङ्सिर २६ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । पीडित महिला द्वयलाई मङ्सिर १९ गते शेर्पा, राई र…

२०७३ मंसिर २६, आईतवार १३:५१ गते  
'मानव अधिकार वर्षपुस्तक-२०१७' को प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

मानव अधिकार वर्षपुस्तक-२०१७ को प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम मङ्सिर २० गते इलाममा सम्पन्न भएको छ । कार्यक्रममा सन् २०१६ को जनवरी देखि डिसेम्बरको हालसम्मका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका अभिलेखित घटनाहरूको विवरणमाथि छलफल भएको थियो । मानव अधिकारकर्मी मोहनसिंह थेवेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इन्सेक प्रतिनिधि कोकिला ढकालले जनवरीदेखि डिसेम्बरसम्मका…

२०७३ मंसिर २१, मंगलवार ०३:५८ गते