द्वन्द्वपीडितको हात रित्तै, राहत रकम भने फिर्ता

सशस्त्र द्वन्द्वका पीडितहरूलाई आएको रकममध्ये १ करोड रुपियाँ फिर्ता भएको छ । विगतमा राहत पाएकाहरूलाई थप गर्ने गरी आएको रकम असार मसान्त भित्र वितरण नगरिएकाले फिर्ता भएको हो । मृतक तथा बेपत्ता परिवारका लागि आएको ६ करोड ७७ लाख रुपियाँमध्ये जिल्ला प्रशासन कार्यालयले ५ करोड ७७ लाख रुपियाँ मात्र वितरण…

२०७४ श्रावण १०, मंगलवार २०:३१ गते  
स्वास्थ्य क्षेत्रमा समस्यै समस्याः सरोकारवाला

इलाममा स्वास्थ्य क्षेत्रमा समस्यै समस्या रहेको एक कार्यक्रमका सहभागीले गुनासो गरेका छन् । इलाम सदरमुकाममा असार २७ गते 'जिम्मेवारी निकायलाई जबाफदेही बनाउन पहल परियोजना' अन्तर्गत आयोजित अन्तरक्रिया कार्यक्रमका सहभागीले जिल्ला अस्पताल र सामाजिक स्वास्थ्य बीमाबाट सेवाग्राहीले भरपर्दो सेवा नपाएको गुनासो गरेका हुन् । ५० शैयाको जिल्ला अस्पताल भएपनि विशेषज्ञ डाक्टरको…

२०७४ असार २७, मंगलवार २१:११ गते  
मेची राजमार्गमा दुई सवारीमा आगजनी

निर्वाचनको मौन अवधि रहेका बेला असार १३ गते बिहानको समयमा मेची राजमार्गका २ स्थानमा ट्रक र पिकअप गाडीमा आगजनी भएको छ । बिहान साढे ३ बजे इलाम नगरपालिका-१, साखेजुङमा ना २ ख ८९३२ नम्बरको ट्रकमा अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । आगजनीबाट ट्रकमा…

२०७४ असार १३, मंगलवार ०९:३९ गते  
धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा पति गिरफ्तार

इलाम नपा-६ की ३० वर्षीया निरू दर्जीलाई असार ११ गते राति धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले ३८ वर्षीय पति नरबहादुर गुरूङलाई गिरफ्तार गरेको छ । दिउँसैदेखि पति-पत्नीबिच झगडा भएको रिसमा राति नरबहादुरले खुकुरीले शरीरका विभिन्न भागमा प्रहार गरेको पीडितले जनाएकी छन् । पत्नीलाई घाइते बनाएपछि नरबहादुर आफैँले…

२०७४ असार १२, सोमबार २०:५० गते  
उम्मेदवारदेखि मतदाता सम्मको सुरक्षामा ध्यान दिन निर्वाचन आयुक्तको निर्देशन

निर्वाचन आयोगका आयुक्त नरेन्द्र दाहालले इलामस्थित सुरक्षा समितिलाई उम्मेदवारदेखि मतदाता सम्मको सुरक्षा दिन निर्देशन दिएका छन् । जिल्लाको निर्वाचन सुरक्षा व्यवस्था, निर्वाचन आचारसंहिता पालना, निर्वाचनको व्यवस्थापकीय पक्षको अनुगमन गर्न असार ९ गते सदरमुकाम आइपुगेका आयुक्त दाहालले मतदाता समेतले सुरक्षाको प्रत्याभूति गर्ने वातावरण तयार गर्न जिल्लास्थित सुरक्षा समितिलाई निर्देशन दिएका हुन्…

२०७४ असार ९, शुक्रबार २२:२३ गते  
बालबालिकालाई निर्वाचनमा प्रयोग नगर्न प्रतिबद्धता

बालबालिकालाई निर्वाचनमा प्रयोग नगर्न इलामका दलहरूले प्रतिबद्धता जनाएका छन् । जिल्ला निर्वाचन कार्यालय इलामले जेठ २३ गते सदरमुकाममा आयोजना गरेको निर्वाचन आचारसंहितासम्बन्धी अन्तरक्रियामा सहभागी दल तथा सङ्घसंस्थाका प्रतिनिधिले हस्ताक्षर गरेर प्रतिबद्धता जनाएका हुन् । जिल्लामा बालबालिकाले दलको झण्डा बोक्ने, भेष्ट-टिसर्ट लगाउने झण्डा राखेका गाडीले विद्यार्थी ओसार्ने क्रम बढेपछि जिल्ला निर्वाचन…

२०७४ जेष्ठ २३, मंगलवार २१:४२ गते  
नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इञ्चार्ज गिरफ्तार

निर्वाचन विरोधी क्रियाकलापमा सङ्लग्न रहेको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी इलामका इञ्चार्ज पुष्प भट्टराई (त्रिलोचन)लाई जेठ २२ गते गिरफ्तार गरेको छ । आसन्न स्थानीय तहको निर्वाचन विरोधी गतिविधि गरेको र स्थानीय तहका कार्यालयका साइनवोर्ड फ्याँक्ने कार्यमा संलग्न भएको पाइएपछि उनलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय इलामका…

२०७४ जेष्ठ २३, मंगलवार २१:४० गते  
छुवाछुत अन्त्य गर्न हरेक व्यक्तिको मानसिकता परिवर्तनको जरूरी

राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक समस्यामा कारण दलित समुदायका व्यक्तिहरूले अहिले पनि विभेद सहनुपरेको जेठ २१ गते इलाममा आयोजित एक कार्यक्रमका सहभागीले निचोड निकालेका छन् । नेपालको संविधानको प्रस्तावनमै सबै प्रकारका विभेद र उत्पीडनहरूको अन्त्य गर्नै कुरा राखिएको भएपनि अझै नेपाली समाजमा छुवाछुत र विभेदको अवस्था कायम रहेको सहभागीले बताए…

२०७४ जेष्ठ २१, आईतवार २१:०९ गते  
इलामका २३ वटा मतदानस्थल अति सम्वेदनशील

दोस्रो चरणको निर्वाचन नजिकिँदै गर्दा जिल्ला सुरक्षा समितिले इलामका मतदान स्थलहरूको सुरक्षा अवस्थाको वर्गीकरण गरेको जनाएको छ । समितिले भौगोलिक स्थिति, सीमा क्षेत्रलगायतका स्थितिहरूको पहिचान गरी जिल्लाका २३ मतदान स्थललाई अति सम्वेदनशीलमा राखेको छ । यस्तै ३३ वटा मदतान स्थललाई सम्वेदनशील र बाँकीलाई सामान्य अवस्थामा राखेको इलामका डिएसपी महेन्द्रकुमार श्रेष्ठले…

२०७४ जेष्ठ २१, आईतवार २०:५७ गते  
निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा दुई जना गिरफ्तार

स्थानीय तह दोस्रो चरणको निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा प्रहरीले माइ नगरपालिकाबाट नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई जेठ १४ गते राति गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा देउमाइ नगरपालिका-९ का झरेन्द्र बराल र देउमाइ नगरपालिका-८ का दिलिप बराल रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्र श्रेष्ठले जानकारी…

२०७४ जेष्ठ १५, सोमबार २०:५० गते