शिक्षक नहुँदा विज्ञान र गणितको पढाइ ठप्प

निर्वाचन आचारसंहिता लागेको भन्दै इलामका सात विद्यालयमा रिक्त गणित र विज्ञान विषयका शिक्षकको पदपूर्ति नहुँदा पढाइ नै बन्द भएको छ । सन्दकपुर गाउँपालिकाको जमुनास्थित भगवती मावि, जोगमाईको ज्ञानोदय मावि, सूर्योदय नगरपालिकास्थित गोर्खे मङ्गलबारेमा रहेको सिंहदेवी मावि, लुम्दे, जस्बिरे, जितपुर, नयाँबजारका गरी सात विद्यालयमा गणित र विज्ञान दुवै विषयका शिक्षक छैनन्…

२०७४ भाद्र २७, मंगलवार २२:४१ गते  
जिल्लास्तरीय परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

इलाममा जिल्लास्तरीय परियोजना सल्लाहकार समितिको बैठक भदौ २२ गते सम्पन्न भएको छ । बैठकमा इन्सेक क्षेत्रीय कार्यालय विराटनगरकी कार्यक्रम संयोजक बागमति कट्टेलले इन्सेकले इलाममा सञ्चालन गरेको परियोजनाका विषयमा जानकारी गराएकी थिइन् । जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालको अध्यक्षतामा भएको कार्यक्रममा इन्सेकले इलामका गोदक र पञ्चकन्यामा सञ्चालन गर्दै आएको परियोजना…

२०७४ भाद्र २२, बिहीबार २०:४५ गते  
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार 

२८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले इलाम नगरपालिका-९ का २८ वर्षीय प्रविन लिम्बूलाई भदौ १२ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले भदौ ११ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले भदौ ११ गते नै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित महिलाको स्वास्थ्य परीक्षण भदौ…

२०७४ भाद्र १२, सोमबार २१:०० गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले इलाम नगरपालिका-४ का २४ वर्षीय युवराज कार्कीलाई भदौ १२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ ७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले भदौ ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ ९ गते नै…

२०७४ भाद्र १२, सोमबार २०:५८ गते  
जिल्ला अस्पताल इलामको निःशुल्क सेवा बन्द हुँदा सर्वसाधारण मर्कामा

सरकारले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र गरिबीमा रहेकाहरूलाई निःशुल्क स्वास्थ्य सेवा दिने घोषणा गरेको भए पनि जिल्ला अस्पताल इलाममा यो सेवा बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् । ५० शैयामा स्तरवृद्धि भएसँगै निःशुल्क सेवा दिए बापत यो अस्पताललाई सरकारले दिनुपर्ने रकम दिन छाडेपछि सेवा बन्द गरिएको जिल्ला अस्पतालकी नायब…

२०७४ भाद्र १०, शनिबार १९:५४ गते  
जिल्ला अस्पताल इलाममा रेविज विरूद्धको भ्याक्सिन अभाव

रेविज रोग विरूद्धको भ्याक्सिन अभाव भएपछि जिल्ला अस्पताल इलाममा रेविजको सुई लगाउन आउने बिरामीहरू त्यसै फर्कन बाध्य भएका छन् । जिल्ला अस्पतालमा निःशुल्क लगाइने रेविज विरूद्धको भ्याक्सिन सकिएको एक साता भएको छ । केन्द्रबाट क्षेत्र भएर मात्र जिल्ला अस्पतालमा आइपुग्ने व्यवस्था रहेको यो भ्यक्सिन आउन अब केही दिन लाग्ने जिल्ला…

२०७४ श्रावण ३१, मंगलवार १०:१६ गते  
चिया मजदुरलाई सरकारले तोकेको भन्दा कम ज्याला

इलामका चिया मजदुरहरूले नेपाल सरकारले तोकेको ज्याला भन्दा कम ज्यालामा अहिले पनि काम गरिरहनु परेको गुनासो गरेका छन् । मजदुरहरूले वर्षौंदेखि राजपत्रमा प्रकाशित गरिएभन्दा कम ज्यालामै काम गर्न बाध्य हुनुपरेको गुनासो गरेका हुन् । सरकारी स्वामित्वमा रहेका इलाम, कन्याम, सोक्तिम र चिलिमकोट चिया बगानमा कार्यरत मजदुरहरूले ज्याला पाए वापतको आफूहरूले…

२०७४ श्रावण २७, शुक्रबार २०:५६ गते  
बलात्कार घटनाका अरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले इलाम माइ नगरपालिका-८ का २७ वर्षीय गुरूप्रकाश रिमाललाई साउन २२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ ८ गते बलात्कार गरेको आरोपमा पीडितका आफन्तले साउन १२ गते प्रहरीमा उजुरी दिएका थिए । घटना लगत्तै फरार रहेका रिमाललाई माइ नगरपालिकाबाटै गिरफ्तार गरिएको…

२०७४ श्रावण २२, आईतवार २०:३८ गते  
बहुविवाह घटनाका आरोपित गिरफ्तार

बहुविवाह गरेको आरोपमा प्रहरीले सूर्योदय नगरपालिका-१० का ३३ वर्षीय प्रेमविनोद साह र उनकी कान्छी पत्नी २५ वर्षीया भगवती कार्की साहलाई साउन १७ गते गिरफ्तार गरेको छ । साहकी ३१ वर्षीय जेठी पत्नी पूजा साहले आरोपितद्वयविरुद्ध बहुविवाह गरेको भन्दै कारबाहीका लागि साउन ९ गते इलाका प्रहरी कार्यालय पशुपतिनगरमा उजुरी दिएकी थिइन्…

२०७४ श्रावण १७, मंगलवार २१:२१ गते  
बलात्कार घटनाका अरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले फरार रहेका इलाम नगरपालिका-१२ का ३० वर्षीय उदय एक्तेनलाई साउन १३ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०७३ फागुन ११ गते बलात्कार गरेको आरोपमा पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालयमा फागुन १२ गते उजुरी दिएका थिए । पीडित महिलाको स्वास्थ्य परीक्षण फागुन…

२०७४ श्रावण १३, शुक्रबार २०:३५ गते