बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले सूर्योदय नगरपालिका-४ श्रीअन्तुका २७ वर्षीय मिलन घिमिरेलाई १२ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको ०८१ जेठ ३० गतेको इजलासले कसुर ठहर गर्दै १२ वर्ष कैद सजाय र पाँच लाख रुपियाँ जरिबानाको आदेश भएको अदालतका श्रेस्तेदार इन्द्रकुमार…

June 14, 2024  
हत्या घटनाका आरोपित गिरफ्तार

माई नगरपालिका-१० ढोडेनीका ६६ वर्षीय दिलबहादुर राईको हत्या गरेको आरोपमा प्रहरीले ३५ वर्षीय छोरा रामबहादुर राईलाई गिरफ्तार गरेको छ। घरायसी विवादका क्रममा आरोपितले ०८१ जेठ १६ गते चिर्पट प्रहार गरी बाबुको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर प्रकाश जबेगूले बताउनु भयोे। आरोपितलाई अनुसन्धानका लागि जेठ १८ गते माई नगरपालिका-१० को…

May 31, 2024  
खानेपानीको समस्याले हैरान स्थानीय

माङसेबुङ गाउँपालिकाका स्थानीयले खानेपानीको समस्याले हैरानी भएको गुनासो गरेका छन् । खानेपानीको उचित व्यवस्थापन नहुँदा खानेपानीको समस्याले हैरानी भएको माङसेबुङको स्थानीयको गुनासो छ । माङसेबुङ गाउँपालिका–६ रक्से बजारकी वसन्ता राई खानेपानी बोक्न बिहान झिसमिसेमै आधा घन्टाको बाटो ओरालो झर्नुहुन्छ । बिहान ६ नबज्दै खोल्सामा रहेको धारामा पानी थाप्न पुग्नुभएकी सिर्जना…

May 25, 2024  
निको भएन द्वन्द्वपीडितको घाउ

सर्वोच्च अदालतबाट नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका नाउँमा ०८० माघ १५ गते जारी भएको परमादेश कार्यान्वयन भएको भए अहिले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगमा पदाधिकारी हुने थिए । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोग ०७९ असार ३१ गतेदेखि…

May 6, 2024  
इलाम निर्वाचन क्षेत्र न. २ मा सुहाङ नेम्बाङ विजयी

इलाम निर्वाचन क्षेत्र न.२ मा नेकपा एमालेका ३३ वर्षीय सुहाङ नेम्बाङ विजयी हुनु भएको छ । २७ हजार ७ सय ७२ मत ल्याएर नेम्बाङ विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यायले जनाएको छ ।नेम्बाङ ५ हजार ८ सय ३० मतान्तरसहित विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निकटतम् प्रतिद्वन्द्वी…

April 30, 2024  
उपनिर्वाचन ०८१– इन्सेकद्वारा निर्वाचन पर्यवेक्षण सम्पन्न

इलाम निर्वाचन क्षेत्र न.२ मा र बझाङ्गमा वैशाख १५ गते भएको उपनिर्वाचनको इन्सेकले निर्वाचन पर्यवेक्षण सम्पन्न गरेको छ । इलाम निर्वाचन क्षेत्र न.२ मा इन्सेकका संस्थापक अध्यक्ष तथा राष्ट्रपतिका पूर्व सल्लाहकार सुशील प्याकुरेल, इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतम, इन्सेक कोशी प्रदेश कार्यालयका प्रमुख सोमराज थापा, प्रलेख अधिकृत पुण्य अधिकारी, इलाम…

April 28, 2024  
इलाममा रास्वपाका उम्मेदवारबाट आचारसंहिता उल्लङ्घन

रास्वपाका उम्मेदवार मिलन लिम्बुले मतदान गर्ने क्रममा निर्वाचन चिन्ह घण्टीको लोगो लगाएर मतदान गर्दै आचारसंहिताको ठाडो उल्लङ्घन गरेको इन्सेकका निर्वाचन पर्यवेक्षकहरुले जानकारी दिएका छन्। इलाम निर्वाचन क्षेत्र नम्बर २ मा वैशाख १५ गते भइरहेको उपनिर्वाचनमा मतादान गर्न गएका लिम्बुले आचारसंहिताको उल्लङ्घन गरेको निर्वाचन पर्यवेक्षक सुनिता राईले बताउनु भएको छ ।…

April 27, 2024  
सप्तमाइ मतदान केन्द्रमा मतदानको जिम्मा महिला कर्मचारीलाई

इलाम निर्वाचन क्षेत्र नं २ अन्तर्गत इलाम नगरपालिका–५ को सप्तमाइ अध्ययन तथा अनुसन्धान मतदान केन्द्रमा मतदान गराउने जिम्मा महिला कर्मचारीलाई मात्र दिइएको छ । सप्तमाइ अध्ययन तथा अनुसन्धान केन्द्रलाई नमुना मतदान केन्द्रका रूपमा परिभाषित गर्दै मतदानको सबै जिम्मेवारी महिला कर्मचारीलाई मात्रै दिइएको हो । उक्त केन्द्रका मतदान अधिकृत सहायक मतदान…

April 27, 2024  
उपनिर्वाचन ०८१- इन्सेकले निर्वाचन पर्यवेक्षण गर्दै

इलाम निर्वाचन क्षेत्र न २ मा वैशाख १५ अर्थात आज हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको इन्सेकले पर्यवेक्षण गर्दैछ ।आज अर्थात ०८१ वैशाख १५ गते विहान ७ बजेदेखि सुरुआत हुने उपनिर्वाचनको इन्सेकले पर्यवेक्षण गर्दैछ । इन्सेकले कोशी प्रदेशको इलाम र सूदुरपश्चिम प्रदेशको बझाङ्गमा हुने उपनिर्वाचनको पर्यवेक्षण गर्दैछ । इलाम निर्वाचन क्षेत्र न…

April 27, 2024  
उपनिर्वाचन ०८१- इन्सेकद्वारा इलाम निर्वाचन क्षेत्र नं २ मा निर्वाचन पूर्व पर्यवेक्षण

इलाम निर्वाचन क्षेत्र न.२ मा शनिवार (वैशाख १५) गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको इन्सेकले वैशाख १४ गते निर्वाचन पूर्व पर्यवेक्षण गरेको छ । मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरे, प्रमुख जिल्ला अधिकारी इन्द्र यादवलगायतलाई भेटी निर्वाचनको पूर्व सन्ध्यामा निर्वाचन तयारीलगायतका विषयमा इन्सेक निर्वाचन पर्यवेक्षण समूहले जानकारी लिएको छ । [caption id="attachment_69731" align="alignnone"…

April 26, 2024