सशस्त्र द्वन्द्वका पीडितको सेवा सुविधा कटौती नगर्न मुख्यमन्त्री कँडेललाई ध्यानाकर्षण

सशस्त्र द्वन्द्वका पीडितलाई राहत, परिपूरण, न्याय र संस्थागत सुधारसँग जोडिएको भत्ता सुविधा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय भएकाले विगतदेखि पाउदै आएको सुविधालाई कटौती नगरी विगतमा जस्तै सुविधा यथावत पाउने गरी कार्यविधि परिमार्जन गर्न मुख्यमन्त्री यामलाल कँडेललाई ध्यानाकर्षण गराइएको छ । माघ ३ गते अनौपचारिक क्षेत्र इन्सेकको अगुवाइमा मुख्यमन्त्री कँडेललाई ध्यानाकर्षण पत्र…

२०८१ माघ ५, शनिबार ०९:५४ गते  
हिमाली जिल्लामा शैक्षिक सत्र फागुनदेखि गर्न माग

हिमाली जिल्लामा शैक्षिक सत्र फागुनदेखि हुनुपर्ने माग गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यको अध्यक्षतामा ०८१ वैशाख १९ गते आयोजित बैठक र मङ्सिर २० गते माध्यमिक तहका विद्यालयका प्रधानाध्यापकहरूको बैठकले यस्तो माग गर्ने निर्णय गरेको हो । हिमाली जिल्ला जुम्लामा शैक्षिक सत्रका कारण पठनपाठनमा समस्या उत्पन्न भएको भन्दै…

२०८१ माघ ४, शुक्रबार ०९:२१ गते  
समयमै डायलासिस सेवा नपाउँदा मृगौलाका रोगीको मृत्यु

माथिल्लो कर्णालीमा विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्दै आएको (जुम्ला, डोल्पा, मुगु, कालिकोट र हुम्ला) कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डायलासिस सेवा सुचारु नभएको र समयमै बाहिर लिन नसक्दा डोल्पा मुड्केचुलाका गाउँपालिका–७ का ४० वर्षीय धर्म विकको प्रतिष्ठानमै मुत्यु भएको छ । एक्कासी शरीर नचलेपछि धर्मलाई पुस २४ गते उपचारका लागि जुम्ला…

२०८१ पुष २९, सोमबार १८:३८ गते  
विद्यार्थी शहर केन्द्रित भएपछि विद्यालय बन्द

अत्यधिक चिसो बढेपछि नाम्खा गाउँपालिका–६ स्थित भृकुटी आधारभूत विद्यालय जाङ गाउँको विद्यालय बन्द भएको छ । गत एक वर्षदेखि सो विद्यालयमा विद्यार्थी नै नभएपछि विद्यालय बन्द अवस्थामा रहेको नाम्खा गाउँपालिका स्थानीय सुन्डुप लामाले जानकारी दिनुभयो । उहाँका अनुसार भौगालिक हिसावले निकै विकटता र कठिनाई रहेको यस विद्यालयमा शिक्षक र विद्यार्थीलाई…

२०८१ पुष २८, आईतवार १९:२६ गते  
खार्पुनाथ गाउँपालिकामा औषधिको अभाव हुँदा सेवाग्राहीलाई समस्या

खार्पुनाथ गाउँपालिकामा औषधिको अभाव हुँदा सेवाग्राहीलाई समस्या भएको छ । गाउँपालिका भित्र रहेका सबै स्वास्थ्य संस्थामा एक महिनादेखि औषधिको अभाव भएको स्थानीय सेवाग्राहीले गुनासो गरेका छन् । सरकारले निःशुल्क वितरण गर्ने औषधि अभाव हुँदा बिरामी समस्यामा परेका हुन् । गाउँपालिकामा स्थित एक सामुदायिक अस्पताल, चारवटा स्वास्थ्यचौकी, एक आधारभूत स्वास्थ्य केन्द्र,…

२०८१ पुष २७, शनिबार २०:२७ गते  
कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग

मगुुको खत्याड गाउँपालिका–१ स्थायी घर भइ हाल वीरेन्द्रनगर नगरपालिका–४, खोर्के खोलामा बस्दै आउनुभएकी ३५ वर्षीया रपदमकन्या चौलागाईलाई इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतले ०८१ पुस २६ गते आर्थिक अवस्था कमजोर भइ कानुनी प्रक्रियामा जानको लागि आर्थिक सहयोग गरेको छ । ३८ वर्षीय पति तिर्थराज चौलागाईले ०८० साउन २९ गते कुटपिट गर्दै…

२०८१ पुष २७, शनिबार २०:०९ गते  
जातीय विभेद तथा छाउपडी प्रथा अन्धविश्वास विरुद्ध सडक नाटक प्रदर्शन

अनौपचारिक सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय सुर्खेतको आयोजना तथा दुल्लू नगरपालिकामा-९ स्थित श्री प्रेम देवी माविमा गठित बाल अधिकार समूहको समन्वयमा ०८१ पुस २६ गते जातीय विभेद तथा छाउपडि प्रथा अन्धविश्वास विरुद्ध सडक नाटक प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । बाल अधिकार समूहले जातीय विभेद तथा छाउपडी प्रथा अन्धविश्वासले…

२०८१ पुष २७, शनिबार १९:५५ गते  
बालविवाह न्यूनीकरण गर्न चार ओटा स्थानीय तहले बनाए रणनीतिक योजना

सल्यानका स्थानीय तहले बालविवाह रोकथामको लागि रणनीतिक योजना बनाएका छन् । जिल्लाका १० स्थानीय तहमध्ये चार ओटा पालिकाले रणनीतिक योजना बनाइसकेका छन् । शारदा नगरपालिका, कपुरकोट गाउँपालिका, त्रिबेणी गाउँपालिका र दार्मा गाउँपालिकाले रणनीतिक योजना तय गरेका हुन् । शारदा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले विवाह गर्ने उमेरमा सम्बन्ध बिच्छेदका…

२०८१ पुष २६, शुक्रबार २०:०६ गते  
हत्या घटनाका आराेपित गिरफ्तार

बनगाड कुपिण्डे नगरपालिका–११, सिस्नेपातलका ३ वर्षीया करिष्मा राना र ६ महिने राघवी रानाकाे हत्या गरेकाे आरोपमा आमा २५ वर्षीया पूर्णिमा रानालाई प्रहरीले ०८१ पुस २४ गते गिरफ्तार गरेकाे छ । दुवै जना बालिकाहरू पुस २४ गते बिहान आफ्नै घरभित्र मृत अवस्थामा फेला परेपछि अनुसन्धान अधिकृतसहित प्रहरीकाे टाेली घटनास्थलमा पुगेकाे जिल्ला…

२०८१ पुष २५, बिहीबार ०९:१८ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा भैरबी गाउँपालिका–१, रावतकोटका ३४ वर्षीय घनबहादुर सार्कीलाई प्रहरीले ०८१ पुस २२ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले पुस १९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले पुस २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडितको स्वास्थ्य परीक्षण पुस २१ गते जिल्ला…

२०८१ पुष २३, मंगलवार १२:२३ गते