हत्या घटनाका आरोपित गिरफतार

बारेकोट गाउँपालिका-६ स्यालाकी तीन वर्षीया बालिकाको हत्या गरेको आरोपमा बारेकोट गाउँपालिका-६ का १२ वर्षीय बालकलाई प्रहरीले ०८१ माघ १० गते गिरफतार गरेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् इन्स्पेक्टर दिनेश तिमिल्सेनाका अनुसार बालिकालाई धारिलो हतियार प्रहार गरेर हत्या गरी घाँस राख्ने टहरामा घाँसले छोपेर लुकाई फरार रहेका थिए…

२०८१ माघ ११, शुक्रबार २०:१६ गते  
धामीझाँक्रीको भर पर्दा शिशुसहित सुत्केरी महिलाको मृत्यु

धामीझाक्रीको भरमा परेर तातोपानी गाउँपालिका–१ बाँइराकाकी ३० वर्षीया सुत्केरी मुगा शाहीको मृत्यु भएको छ । उहाँबाट जन्मेको नवजात शिशुको पनि मृत्यु भएको हो । पहिला धामीझाक्रीको झारफुक तिर लागेर समयमा अस्पताल नलिएका कारण सुत्केरी आमा र नवजात शिशुको मृत्यु भएको भन्ने बुझिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल…

२०८१ माघ ११, शुक्रबार १६:२६ गते  
मुगुमा कुपोषित बालबालिकाको सङ्ख्यामा वृद्धि !

मुगुमा कुपोषित बालबालिकाको सङ्ख्यामा वृद्धि भएको छ । जिल्लामा कुपोषित बालबालिकासम्बन्धी काम गर्ने धेरै निकाय भए पनि आर्थिक वर्ष भदौदेखि पुस महिनासम्म ५० जना बालबालिकामा कुपोषित देखिएको जिल्ला अस्पताल मुगुको पोषण पुनःस्थापना केन्द्रले जनाएको छ । जिल्लास्थित पोषण पुनःस्थापना केन्द्रले दिएको जानकारी अनुसार सोरु गाउँपालोकामा २१, खत्याड गाउँपालिकामा चार मुगुमकार्मारोङ…

२०८१ माघ १०, बिहीबार १५:२७ गते  
जातीय विभेद गरेको कसुरमा तीन महिना कैद सजायको फैसला

सामाजिक सञ्जालमा जातीय विभेदजन्य शब्द लेखेको कसुरमा दैलेखको महावु गाउँपालिका–४, फागुका ४२ वर्षीय शिक्षक तर्कबहादुर सिंह ठकुरीलाई जिल्ला अदालतले तीन महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालत सुर्खेतका न्यायाधीश दीपक ढकालको ०८१ माघ ९ गते को इजलासले तीन महिना कैद सजाय र ३० हजार रुपियाँ भराउने फैसला गरेको…

२०८१ माघ १०, बिहीबार १५:१३ गते  
प्रदुषण सम्बन्धी मुद्दामा उच्च अदालतको परमादेश जारी

वातावरण प्रदुषणसम्बन्धी मुद्दामा उच्च अदालत सुर्खेतले आदेश जारी गरेको छ । उच्च अदालत सुर्खेतका न्यायाधीश कृष्णलाल भट्टराइको ०८१ माघ ८ गतेको एकल इजलासले विपक्षीलाई फागुन मसान्तभित्र उपयुक्त स्थान खोजी अस्फाल्ट उद्योग सार्न परमादेश जारी गरेको उच्च अदालत सुर्खेतका प्रवक्ता प्रेमप्रकाश थापाले जानकारी दिनुभयो । वीरेन्द्रनगर नगरपालिका–६, बसपार्क छेउमा विगत दुई…

२०८१ माघ १०, बिहीबार १५:०६ गते  
मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालको आयोजनामा मानव अधिकार सहायता कक्षको बैठक ०८१ माघ ८ गते वीरेन्द्रनगरमा सम्पन्न भएको छ । हिंसा पीडितहरूका लागि स्थापना गरिएको मानव अधिकार सहायता कक्षको बैठकले विभिन्न चारओटा निर्णयहरु गरेको छ । मुगुको खत्याड गाउँपालिका–५ घर भई वीरेन्द्रनगर नगरपालिका–४ बस्दै आएकी घरेलु हिंसा…

२०८१ माघ १०, बिहीबार १४:५२ गते  
सिमकोट तल्लो बजारमा खानेपानीको समस्या

हुम्लाको सदरमुकाम सिमकोटको तल्लो बजारमा खानेपानीको समस्या भएको छ । सिमकोट गाउँपालिका–५ मा रहेको त्तलो बजारमा खानेपानीको समस्या भएको हो । दुई हप्तादेखि खानेपानीका धारामा पानी नआएपछि सेवाग्राहीले समस्या भोग्नु परेको छ । सिमकोट तल्लो बजारको धारामा पानी आउन छोडीपछि घण्टौ लाइन बसेर एक बाल्टी पानी थाप्नु पर्ने अवस्था आएको…

२०८१ माघ ९, बुधबार १२:१० गते  
एक वर्षदेखि पशुसेवा केन्द्र बन्द, सेवाग्राही मर्कामा

तिला गाउँपालिकाको मालिकाठाटा र घोडेमहादेव वडा नम्बर ६, ८ र ९ मा एक वर्षदेखि पशुसेवा केन्द्र बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् । यहाँका स्थानीय नागरिकको प्रमुख पेशा नै पशुपालन भेडाबाख्रा नै हो । पशुचौपायामा सेवा प्रवाह गर्नका लागि स्थानीय स्तरमा स्थापना गरिएको पशुसेवा केन्द्र लामो समयदेखि कर्मचारीविहीन भएर बन्द…

२०८१ माघ ७, सोमबार २१:३६ गते  
जिल्लाका अधिकांश महिलाहरूको स्वास्थ्य सेवामा पहुँच नहुँदा बाटोमै बच्चा जन्माउन बाध्य

जिल्लाका अधिकांश महिलाहरूको स्वास्थ्य सेवामा पहुँच नहुँदा बाटोमै बच्चा जन्माउन बाध्य भएका छन् । राष्ट्रिय सडक सञ्जालमा नजोडिएको जिल्लाका गाउँ बस्तिका अधिकांश महिलाहरू बिच बाटोमै बच्चा जन्माउन बाध्य भएका हुन् । समयमै सडक सञ्जाल नजोडिदिँदा हुम्लाका महिलाहरूले अकालमै ज्यान गुमाउनु पर्ने भए पनि नेपाल सरकारले अहिलेसम्म त्यस्को व्यवास्ता गर्दै आएको…

२०८१ माघ ७, सोमबार २१:१८ गते  
जातीय छुवाछुत विरुद्ध सडक नाटक प्रदर्शन

इन्सेकद्वारा गठित श्री सुर्यप्रकाश सिर्जनशील बाल अधिकार समुहको आयोजना, पञ्चपुरी मानव अधिकार समुह, श्री सुर्यप्रकाश मावि पलैटेको समन्वय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको आर्थिक सहयोगमा २०८१ माघ ३ गते पञ्चपुरी नगरपालिका–२, पलैटेमा जातिय छुवाछुत विरुद्ध सडक नाटक प्रदर्शन गरिएको हो । समाजमा अझैँ पनि जातिय छुवाछुत अप्रत्यक्षरुपमा…

२०८१ माघ ५, शनिबार १०:०३ गते