जातीय विभेद घटनाका आरोपितहरू विरुद्ध उजुरी दर्ता
खार्पुनाथ गाउँपालिका–४, छिप्राका अपङ्गता भएका १४ वर्षीय बालक, २० वर्षीय उवजन परियार र ४० वर्षीया भिमला दमाईलाई कुटपिट गरी दलित भनेर घर निकाला गरेको आरोपमा सोही ठाउँका २० वर्षीय रामराज रावल, २१ वर्षीय विशाल रावल, २३ वर्षीय लोकेन्द्र रावल, २४ वर्षीय रामकृष्ण रावल, २७ वर्षीय प्रेम रावल, ३० वर्षीय सर्जन…
कुटपिट घटनाका आरोपितहरू गिरफ्तार
महाबै गाउँपालिका–३ का वडा अध्यक्ष ५१ वर्षीय पदमबहादुर सिंहलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा महाबै गाउँपालिका–३, राता टोलका १९ वर्षीय जीवन सिंह, २१ वर्षीय तारा सिंह, २० वर्षीय टोप सिंह र २१ वर्षीया घमण्ड शाहीलाई प्रहरीले पुस ९ गते गिरफ्तार गरेको छ । वडा अध्यक्ष सिंह आफ्नै घरमा…
मानव बेचबिखन तथा बाल बसाइँसराइ विरुद्ध अभिमुखीकरण कार्यक्रम सम्पन्न
वीरेन्द्रनगर नगरपालिका–६ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा मानव बेचविखन तथा बाल बसाइँसराइ विरुद्धको अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । इन्सेक र सोसेक नेपालको आयोजनामा ०८१ पुस ९ गते सञ्चालन गरिएको कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले मानव बेचविखन र बाल बसाइँसराइ न्यूनीकरण गर्न विद्यालय तहदेखि नै छलफल र…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को वार्षिक पूर्व समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को वार्षिक पूर्व समीक्षा कार्यक्रम ०८१ पुस ८ गते मान्ममा सम्पन्न भएको छ । समीक्षा कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधिद्वारा सन् २०२४ को जनवरीदेखि डिसेम्वरसम्म वार्ष भरीमा सङ्कलन गरेका मानव अधिकारसँग सम्बन्धित २९ ओटा घटना प्रस्तुत भएका थिए…
मानव अधिकारका सवालमा अदालत संवेदनशिल छः न्यायाधीश ढकाल
जिल्ला अदालत सुर्खेतका न्यायाधीश दीपक ढकालले मानव अधिकारका सवालमा अदालत संवेदनशिल रहेको बताउनुभएको छ । ०८१ पुस ६ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व जिल्लाको वार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो । उहाँले मानव अधिकार र अपराधमा फरक भएको भन्दै अभियुक्त व्यक्तिपछि निर्दाेष रहने भएकोले…
अपरिचित व्यक्तिका समूहद्वारा नेपाल टेलिकमको टावर तोडफोड
सर्केगाड गाउँपालिका–५ स्थित भदालीमा राखिएको नेपाल टेलिकमको टावर तोडफड भएको छ । ०८१ पुस ५ गते रातिको समयमा अपरिचित व्यक्तिका समूहद्वारा सो ठाउँमा रहेको उक्त नेपाल टेलिकमको टावर तोडफोड गरेको स्थानीय छवी थापाले बताउनु भयो । टावर तोडफोड गरेका कारण सर्केगाड गाउँपालिका–१ देखि ८ वडासम्मका १० हजार ६ सय ८८…
अदानचुली गाउँपालिकामा नुनको अभाव, सेवाग्राहीलाई सास्ती
अदानचुली गाउँपालिकामा आयोडिन युक्त नुनको अभाव हुँदा सेवाग्राहीलाई सास्ती भएको छ । ०८१ कात्तिक पहिलो सातादेखि नुन अभावका कारण सेवाग्राहीले सास्ती खेप्दै आएका हुन् । अदानचुली गाउँपालिका-१ देखि ६ वडासम्मका ८ हजार ६५ जना नागरिक उक्त सेवाबाट वञ्चित भएका छन् । अदानचुली गाउँपालिका–२ का स्थानीय मोहनसिंह बुढाले यहाँ एक किलो…
भवन नहुँदा टिनको छानामुनी पठनपाठन गर्दै जाजरकोटका बालबालिका
भूकम्पले विद्यालयका भवन भत्किएपछि जाजरकोटका बालबालिका टिनको छानामुनी पठनपाठन गर्दै आएको छन् । भूकम्पबाट भवन क्षतिग्रस्त भइ बस्न नमिल्ने भएपछि गाउँबस्तीका विद्यालयमा सरकार र दातृनियकाले निर्माण गरेका सिकाइ केन्द्रमा पठपाठन भइरहेको छ । कर्णाली प्रदेश सरकारले स्वास्थ्य चौकी तथा विद्यालयका भवन निर्माण गर्न २५ करोड बजेट विनियोजन गरे पनि काम…
कुटपिट घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१५ वर्षीय बालकलाई कुटपिट गरेको आरोपमा खाँडाचक्र नगरपालिका–७ स्थित कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक ४२ वर्षीय खेमराज शाही विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८१ पुस ५ गते उजुरी दर्ता भएको छ । विद्यालयमा कलम लिएर नआएको निहुमा आरोपित शाहीले पुस ४ गते विद्यालयमा कुटपिट गरी घाइते बनाएको पीडित पक्षले दिएको उजुरीमा उल्लेख…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
दैलेखमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा ०८१ पुस ३ गते सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका डिएसपी सुनिल दाहालले विधिको शासन पालना गराउन मानव अधिकार सचेतना अभियानले सघाएको बताउनु भयो । गैसस महासङ्घ दैलेखका जिल्ला अध्यक्ष डिलकुमारी चन्दले महिला माथि हुने हिंसा नरोकिएको…