बलात्कार घटनाका फरार आरोपित ३२ वर्षपछि गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत जाजरकोटद्वारा दोषी ठहर गरिएका भेरीमालिका नपा-६ का ६८ वर्षीय प्रताप वलीलाई प्रहरीले गिरफ्तार गरी कैद भुक्तानीका लागि कात्तिक २ गते कारागार चलान गरेको छ । जिल्ला अदालत जाजरकोटले दोषी ठहर गर्दै तीन वर्षको कैद सजायको फैसला सुनाएको ३२ वर्षपछि असोज ३० गते…
अमानवीय व्यवहार गरेको घटनाका आरोपितलाई कारबाहीको माग
शारीरिक अपाङ्गता भएकी त्रिपुराकोट गाविस-४ की २९ वर्षीया दुर्गादेवी रोकायलाई अमानवीय व्यवहार गरेको आरोपमा सोही ठाउँका ३५ वर्षीय रञ्जित बुढा र २९ वर्षीय बलीराम बुढाविरुद्ध कानुनी कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दिएकी छन् । पीडित महिलालाई असोज २८ गते गाउँलेहरू भेला भएको सार्वजनिक स्थानमा कुटपिट गर्नुका साथै 'लङ्गडी' भन्दै अमानवीय…
सहुलियतको चामल नआएपछि महङ्गोमा किन्न बाध्य
नेपालीहरूको महान पर्व दसैँमा सहुलियतको चामल नआएपछि महङ्गोमा किन्न बाध्य भएको स्थानीयबासीले गुनासो गरेका छन् । डाडाँफया गाविस-८ का ४९ वर्षीय ध्वजबहादुर सिंहले सहुलियतको चामल नआएपछि २५ किलोको चामललाई ४ हजार ५ सय रुपियाँमा किन्नु परेको गुनासो गरे । सिंहका अनुसार सहुलियतको २५ किलो चामललाई १ हजार ३ सय ८०…
चक्कु प्रहार गरी घाइते बनाएको आरोपमा पतिविरुद्ध उजुरी
नारायण नपा-६ गणेशचोक नमूनाबस्तीकी ३३ वर्षीया जानकी वादीलाई दसैँमा माइतीघर गएको आरोपमा ३५ वर्षीय पति पदमबहादुर वादीले चक्कु प्रहार गरी घाइते बनाएको आरोपमा असोज २७ गते प्रहरीमा उजुरी परेको छ । पीडित महिलालाई घर नजिकै नमूनाबस्तीमै बस्दै आएकी आमासँग दसैंको टीका लगाउन गएको आरोपमा असोज २७ गते दिउँसो चक्कु प्रहार…
बली चढाउने विषयमा गैरदलित समुदायले हस्तक्षेप गरेको दलित समुदायको आरोप
सिंहासैन गाविस–९ खड्केगडाका ६५ वर्षीय कर्णबहादुर विक, ५५ वर्षीय आसे विक, २८ वर्षीय रामसिंह विक, ३० वर्षीय काशी विक र २३ वर्षीय उदयराम विकलाई खोदाई देउताको मन्दिरमा बलि चढाउन लागेको आरोपमा गैरदलित समुदायके एक समूहले कुटपिट गरेको पीडित पक्षको आरोप छ । हरेक वर्ष महानवमीका दिन दलित समुदायले मात्र पूजा…
शैक्षिक सत्र सुरु भएको आठ महिना बितिसक्दा पनि पाठ्यपुस्तक नपाएको गुनासो
शैक्षिक सत्र सुरु भएको आठ महिना बितिसक्दा पनि जिल्ला सदरमुकाम खलङ्गा बजारमा अवस्थित चन्दननाथ गुरुकुल पाठशालामा पाठ्यपुस्तकको अभाव रहेको विद्यार्थीहरूले गुनसो गरेका छन् । जुम्लालगायत कर्णाली अञ्चलमा फागुनदेखि शैक्षिक सत्र सुरु हुने गर्दछ । विद्यालयमा पाठयपुस्तक नपुग्दा पठनपाठनबाट विद्यार्थीहरू वञ्चित भएको सो विद्यालयका प्रद्यानाध्यापक विश्वराज उपाध्यायले बताए । उनले भने-'पाठ्यपुस्तक…
ग्रामीण क्षेत्रका जनता स्वच्छ र स्वस्थ खाद्य उपभोग गर्नबाट वञ्चित
सुर्खेतको ग्रामीण क्षेत्रका मुख्य बजारमा म्याद सकिएका खाद्यान्न लगायतका दैनिक उपभोग्य सामानहरू खुलेआम विक्री वितरण भएपछि चार्डपर्वको समयमा यहाँका उपभोक्ता स्वच्छ र स्वस्थ खाद्य उपभोग गर्नबाट वञ्चित भएका छन् । नियमित बजार अनुगमन नगरेका कारण ग्रामीण क्षेत्रका उपभोक्ता स्वच्छ र स्वस्थ खाद्य उपभोग गर्नबाट वञ्चित भएका हुन् । गुटु, बाबियाचौर,…
बारेकोट क्षेत्रमा खाद्यान्न अभाव, दसैँ मनाउन कठिन हुने उपभोक्ताको गुनासो
नजिकै आइरहेको दसैँको समयमा बारेकोट क्षेत्रमा खाद्यान्न अभाव भएको छ । खाद्यान्न अभाव भएपछि दसैँ कसरी मनाउने भन्ने चिन्ता थपिएको स्थानीयबासीले गुनासो गरेका छन् । नायकवाडा गाविसस्थित खाद्य संस्थानको डिपो कार्यालयमा चामल लिन पुगेका नायकवाडा गाविसका स्थानीयबासी लोकबहादुर सिंहले डिपोमा चामल नभएपछि खाली हात फर्किनु परेको बताएका छन् । नेपाल…
गुणस्तरयुक्त आहाराको अभावमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दो
गुणस्तरयुक्त आहाराको अभावमा सुर्खेतमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दै आएको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले जनाएको छ । बालबालिबालाई कुपोषित हुनबाट बचाउन राज्यले अघि सारेको नीति अनुरुप बालबालिकाले गुणस्तरयुक्त आहारा पाउन नसक्दा कुपोषित बालबालिकाको सङ्ख्यामा बृद्धि भएको हो । कुपोषित बालबालिकाहरूको क्षेत्रमा प्रत्यक्ष सरोकार राख्ने जिल्ला जनस्वास्थ्य कार्यालयलगायतका सरकारी कार्यालय तथा गैरसरकारी…
घरेलु हिंसा पीडितले न्यायका लागि पहल गरिदिन अनुरोध
नारायण नपा-५ की २५ वर्षीया भूमिसरा रानालाई ६१ वर्षीय ससुरा लालबहादुर रानाले कुटपिट गरेको घटनाबाट पीडित भएको भन्दै पीडितले न्यायका लागि पहल गरिदिन असोज १५ गते इन्सेक जिल्ला प्रतिनिधिलाई अनुरोध गरेकी छन् । माइत जाने विषयमा विवाद हुँदा ससुराले असोज १२ गते कुटपिट गरेको भूमिसराले इन्सेक प्रतिनिधिलाई बताइन् । इन्सेक…