अस्पतालमा विशेषज्ञ र उपकरणको अभावमा सेवाग्राही प्रभावित
जाजरकोट जिल्ला अस्पताल स्तरवृद्धि भएको पाँच महिनासम्म पनि कुनै विशेषज्ञ सेवा सुरु हुन नसकेको स्थानीयबासीले गुनासो गरेका छन् । भेरी मालिका नपा–१ कालेगाउँका जसवीर परियार सर्पले टोकेपछि अस्पताल पुगेपनि अस्पतालमा सर्पको टोकाइबाट बच्ने औषधि एण्टी स्नेक भेनम भएपनि आफूलाई मिसन अस्पताल चौरजहारीमा उपचारका लागि पठाइएको बताए । आफूलाई अस्प्पतालमा उपचार…
कार्यलय प्रमुख नहुँदा सेवाग्राही मर्कामा
दसैँ विदामा घर गएका सरकारी कार्यालयका प्रमुख विदा सकिएिको आधा महिना बितिसक्दा पनि कार्यालयमा हाजिर नुहँदा सेवाग्राही मर्कामा परेका छन् । सरकारी कार्यालयहरूमा जिल्ला स्वास्थ्य, वन मालपोत आयूर्वेद, जिल्ला हुलाक, महिला तथा बालबालिका, हिल्दुम जलविद्युत, जिल्ला कृषि विकास कार्यालय, जिल्ला शिक्षा, घरेलु तथा साना उद्योग विकास समिति, सिमकोट हिल्सा सडक…
जुम्लामा ४ दशमलब ५ प्रतिशत खाद्यान्न अपुग
जिल्ला कृषि विकास कार्यालयले जुम्लामा ४ दशमलब ५ प्रतिशत अर्थात १ हजार ४ मेट्रिक टन खाद्यान्न अपुग हुने भएको जनाएको छ । जुम्लाको प्रक्षेपित जनसङ्ख्या १ लाख १६ हजार ६१ रहेको उल्लेख गर्दै कार्यालयले प्रति वर्ष १ सय ९१ किलोग्राम खाद्यान्न प्रतिव्यक्तिलाई आवश्यकता हुने जनाएको छ । यो हिसाबले २२…
बहुविवाह मुद्दा पेश भएकै दिन कैदको फैसला
बहुविवाह मुद्दाका आरोपित नारायण नपा-५ राजीगाउँका २१ वर्षीय अर्जुन सार्की र सोही ठाउँकी २१ वर्षीया रत्ना दर्लामी मगरलाई अदालतमा मुद्दा पेश भएकै दिन अदालतले कात्तिक १२ गते जनही १ वर्ष ६ महिना कैदको फैसला गरेको छ । साथै अदालतले प्रतिव्यक्ति १० हजार रुपियाँ क्षतिपूर्ति भराउनसमेत आदेश दिएको छ । अर्जुनकी…
सूचनादाताको सुरक्षामा संवेदनशील हुन प्रहरी प्रशासनलाई सुझाव
राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जका निर्देशक मुरारी खरेलले अपराधिक घटना वा सामाजिक विकृति रोक्न प्रहरीलाई सूचना दिने सूचनादाताको सुरक्षामा संवेदनशील हुन सुझाव दिएका छन् । बालविवाह रोकथाम अभियानमा नागरिक समाज तथा अभियानकर्ताले प्रहरीलाई दिएको सूचना बाहिरिँदा अभियानकर्ता असुरक्षित भएको प्रसङ्ग उल्लेख गर्दै खरेलले यसप्रति राष्ट्रिय मानव अधिकार आयोग…
मानव अधिकार रक्षकको जोखिम कम गर्न अधिकारकर्मीबिचको एकतामा जोड
राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जका क्षेत्रीय निर्देशक मुरारी खरेलले मानवअधिकार रक्षकहरूको जोखिम कम गर्न अधिकारकर्मीबिचको एकतामा जोड दिएका छन् । इन्सेक मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालय नेपालगञ्ज र राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्जद्वारा दैलेख जिल्लाको मानव अधिकार अवस्था र मानव अधिकार रक्षकका चुनौती विषयमा कात्तिक १० गते आयोजित अन्तरक्रिया कार्यक्रममा…
गाविस सचिव कार्यालयमा नहुँदा सेवाग्राही पीडित
हुम्ला जिल्लाका श्रीनगर, जैर, मैला, मदना, कालिका, दार्मा, श्रीमष्ठा, मिमि, रोडिकोट, गोठी र साँया गाविसमा सचिव नहुँदा ती गाविसका स्थानीयबासीले नागरिकता लगायतका सेवाबाट वञ्चित भएको गुनासो गरेका छन् । नागरिकता बनाउन गाविस सचिवको सिफारिस चाहिने भएपनि गाविस कार्यालयमा असोज १ गतेदेखि गाविस सचिव नहुँदा सर्केघाट इलाका प्रशासन कार्यालयबाट नागरिकता लगायतका…
साँझ बिहानको छाक टार्न दाउरा बेच्नुपर्ने बालबालिकाको गुनासो
विद्यालय जाने उमेरका बालबालिका विद्यालयमा पढ्न जान छोडेर बिहान र बेलुकाको छाक टार्न सदरमुकाम सिमकोटमा तीन घण्टाको पैदल बाटो हिँडेर दाउरा बेच्नु परेको गुनासो गरेका छन् । डाँडाफया गाविस-४ जबुका १० वर्षीय धञ्जोक सिंह भन्छन-"घरको आर्थिक अवस्था कमजोर छ, आमा बुबा बुढा भएकाले विद्यालय जान छोडेर तिहारको लागि खर्च जुटाउन…
बालविवाह रोकथाम अभियानमा प्रहरी र समुदाय सँगसँगै
दसैँको कोजाग्रत पूणिर्माको अघिल्लो दिन असोज २८ गते दिउँसो करिव दुई बजेतिर दैलेखबाट नेपालगञ्ज जाने विवाहको गाडी रानीमत्ता प्रहरी चौकीमा पुग्यो । प्रहरी चेकपोष्टमा बसका चालकले गाडी रोके । एक जना प्रहरी जवान गाडी भित्र छिरे । सामान्य हेरफेर गरे अनि बेहुला-बेहुली नजिकै गएर सोधे कति कति वर्षको हुनुभयो ?…
अभियन्ताको सुरक्षामा संवेदनशील रहेको प्रतिवद्धता
दैलेखको पिलाडीमा दसैँको बेला रोकिएका ५ ओटा बालविवाहको सूचना दिएको आरोपमा असुरक्षित भनिएका सामाजिक अभियन्ताहरूको सुरक्षामा आफूहरू संवेदनशील रहेको प्रहरी र स्थानीय राजनीतिक दलका नेताहरूले प्रतिवद्धता जनाएका छन् । बालविवाह रोकथाम अभियानमा लागेकी पिलाडी गाविस-२ की ललिता बीसीलाई विवाह रोकिएका परिवारबाट ज्यान लिनेसम्मको धम्की आएको सन्दर्भमा इन्सेक दैलेखको पहलमा कात्तिक…