बहुविवाह गरेको कसुरमा २ वर्ष ६ महिना कैदको फैसला

दुल्लू नपा-११ सिस्ने टोलका ३३ वर्षीय कलम भण्डारी र गोरखा जिल्ला सिरानचोक गाउँपालिका-८ जौबारीकी २४ वर्षीया बिना जैसीलाई बहुविवाहको आरोपमा दैलेख जिल्ला अदालतले जनही २ वर्ष ६ महिना कैद र २०-२० हजार रुपियाँ जरिबानाको फैसला गरेको छ । आरोपित कलमकी पत्नी सीता भण्डारीले प्रहरी समक्ष गत असोज ३० गते आरोपितद्वयले…

२०७३ चैत्र १०, बिहीबार १४:३८ गते  
कुटपिट गरेको आरोपमा देवरविरुद्ध उजुरी

रास्कोट नपा-१ की ३७ वर्षीया एकल महिला सुमित्रा वमलाई चैत ७ गते राति ३२ वर्षीय देवर गणेशबहादुर वमले कुटपिट गरेको आरोपमा पीडित पक्षले प्रहरीमा उजुरी गरेको छ । मदिरा सेवन गरी घर आएका देवरले 'विधुवा' घरमा बस्न हुँदैन भन्दै कुटपिट गरेको पीडित महिलाले बताइन् । देवरको कुटपिटबाट पीडित महिलाको टाउको…

२०७३ चैत्र ८, मंगलवार १६:४३ गते  
इँटा भट्टाबाट दुई जना बालश्रमिकको उद्धार गरी परिवारमा पुनर्स्थापना

निगालचुँला गाविस-१ का १३ वर्षीय नेत्रलाल घर्ती र माझकाँडा-५ का १३ वर्षीय नेत्रलाल पुनलाई भक्तपुरको इँटा उद्योगबाट उद्धार गरी चैत ७ गते अभिभावकको जिम्मा लगाइएको छ । पारिवारिक बेमेलका कारण उनीहरू इँटा उद्योगमा काम गर्न गएको पीडित बालकहरूले बताएको महिला तथा बालबालिका कार्यालयले जनाएको छ । जिल्ला बालकल्याण समिति भक्तपुरको…

२०७३ चैत्र ८, मंगलवार ०८:०५ गते  
वाइसीएलका कार्यकर्ताद्वारा इन्जिनियरमाथि कार्यकक्षमै दुर्व्यवहार

भवन डिभिजन कार्यालय जुम्लाका सव-इन्जिनियर ४५ वर्षीय चन्द्रबहादुर खड्कालाई ठेक्का नपरेको आरोपमा चैत ७ गते वाइसीएलका कार्यकर्ताले कार्यकक्षमा कुटपिट गरी दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ । चैत ६ गते ठेक्काको बोलपत्र खुलेपछि आफूहरूलाई नपारेको र नियम विपरित अरूलाई ठेक्का पारेको भन्दै भवन डिभिजन कार्यालयका सव-इन्जिनियर खड्कालाई कुटपिट गरेको पीडितले…

२०७३ चैत्र ७, सोमबार २०:३५ गते  
विद्यालयमा प्राथमिक उपचारको व्यवस्था गर्ने प्रतिवद्धता

साहारे र मालारानी गाविसका सामुदायिक विद्यालयहरूमा प्राथमिक उपचार सेवाको व्यवस्था गरिने एक कार्यक्रमकाबिच प्रतिवद्धता जनाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सञ्चालन गरेको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल कार्यक्रम अन्तरगत मानव अधिकार निगरानी समूह सुर्खेतद्वारा चैत ३ गते सेवा प्रदायक र सेवाग्राहीबिच गरिएको अन्तरक्रियामा…

२०७३ चैत्र ३, बिहीबार २१:४० गते  
स्वास्थ्य चौकीमा तीन महिनादेखि स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही प्रभावित

सर्केगाड गाउँपालिकास्थित स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी तीन महिनादेखि नहुँदा स्थानीय सेवाग्राही मर्कामा परेका छन् । उक्त स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी ०७३ पुस महिनादेखि नहुँदा कार्यालय सहयोगीको भरमा स्वास्थ्य चौकी खुल्ने गरेको स्थानीयबासीले बताएका छन् । स्वास्थ्य चौकीमा एचए, अनमी, अहेब, ग्रामीण स्वास्थ्य कार्यकर्ता र मासिकासमेत पाँच जनाको दरबन्दी रहको भएपनि हाल…

२०७३ चैत्र ३, बिहीबार ११:३९ गते  
दैलेखको लाँकुरीमा बालविवाह रोकथामसम्बन्धी अन्तरक्रिया

महिला तथा बालबालिका कार्यालय दैलेख र मानव अधिकार निगरानी समूह लाँकुरीको संयुक्त आयोजनामा डुङ्गेश्वर गाउँपालिका-२, लाँकुरीमा चैत २ गते बालविवाह रोकथामका लागि समुदायको भूमिका विषयमा अन्तरक्रिया गरिएको छ । कार्यक्रममा इन्सेक मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालयकी फोकल पर्सन सरस्वती मल्लले बालविवाह रोकथामका लागि समुदायले नै पहल गर्नुपर्ने बताउँदै गैरसरकारी क्षेत्र वा नागरिक…

२०७३ चैत्र २, बुधबार २१:०७ गते  
तीन महिनादेखि इलाका प्रशासन कार्यालय कर्मचारी विहीन, सेवाग्राही प्रभावित

जिल्लाको उत्तरी क्षेत्र सोरू भेगका सात गाविसलाई लक्षित गरी ०७३ भदौमा जिमा गाविसको सोरूकोटमा स्थापना गरिएको इलाका प्रशासन कार्यालय तीन महिनादेखि कर्मचारीविहीन भएपछि सेवाग्राही प्रभावित भएका छन् । इलाका प्रशासन कार्यालयका कर्मचारी ०७३ पुस १४ गतेदेखि कार्यालयमा नहुँदा सोरू भेगका जिमा, फोतु, नार्थपु, भिई, धैनाकोट, कालै र रारा गाविसका सेवाग्राही…

२०७३ फाल्गुन २५, बुधबार १९:४५ गते  
अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा मैत्रीपूर्ण भलिवल प्रतियोगिता

"महिला सम्मानको आधारः सीपयुक्त हात र स्वरोजगार" भन्ने मूल नाराका साथ १०७ औँ अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा फागुन २३ गते जुम्लामा सरकारी तथा गैरसरकारी निकायबिच महिला मैत्रीपूर्ण भलिवल प्रतियोगिता सम्पन्न भएको छ । राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय, इन्सेक, महिला तथा बालबालिका कार्यालय, जिल्ला खेलकुद विकास समिति, जिल्ला प्रहरी…

२०७३ फाल्गुन २३, सोमबार २१:५० गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भेरीमालिका नपा-११ का ३५ वर्षीय इन्द्रबहादुर शाहीलाई फागुन २२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन २० गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको…

२०७३ फाल्गुन २३, सोमबार २१:१८ गते