गाउँपालिकाको लेखापाललाई हातपात घटनाका आरोपित गिरफ्तार

जुम्ला जिल्ला घर भई अदानचुली गाउँपालिकामा कार्यरत ३८ वर्षीय लेखापाल दत्त थापालाई हातपात गरेको आरोपमा प्रहरीले अदानचुली गाउँपालिका–३ का २४ वर्षीय मनोज फडेरा, २७ वर्षीय गोर्ख फडेरा र २८ वर्षीय उब्जन दमाईलाई असार १६ गते गिरफ्तार गरेको छ । स्थानीयले असार १६ गते गाउँपालिका कार्यालयमै गएर हातपात गरेपछि लेखापाल थापाले…

२०८१ असार १७, सोमबार १८:०४ गते  
खानेपानी योजना जीर्ण भएपछि ६० घरधुरीमा खानेपानीको हाहाकार

बन्गाड कुपिण्डे नगरपालिका–१२ निगालचुलाको दुरुमखोलाको चौपारी, नेटाबजार, लामडाँडा बस्नेउरामा खानेपानीको हाहाकार भएको छ । दुई दशक अघि निर्माण गरेका खानेपानी योजना जीर्ण भएपछि मर्मतका लागि सम्बन्धित निकायले चासो नदिएको र भएका मुहान पनि बढ्दो गर्मीसँगै सुकेपछि खानेपानीको हाहाकार भएको हो । समुन्द्री सतहदेखि करिब २ हजार मिटर उचाईमा रहेको बस्तीमा…

२०८१ असार १७, सोमबार १७:२७ गते  
यौन दुर्वव्यहार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिका माथि यौन दुर्वव्यहार गरेको आरोपमा दुल्लू नगरपालिका–१२ दहका ५६ वर्षीय पदम सार्कीलाई प्रहरीले असार १६ गते गिरफ्तार गरेको छ । पीडित पक्षको उजुरीका आधारमा गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी सुनिल दाहालले जानकारी दिनुभयो । आराेपितले असार १२ गते तरकारी बारीमा बालिका माथि यौन दुर्वव्यहार गरेकाे भन्दै…

२०८१ असार १७, सोमबार १२:४६ गते  
अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न

नेपाल मानव अधिकार वर्षपुस्तकको अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समिति जुम्लाको सभाहलमा सन् २०२४ जनवरीदेखि जुनसम्म मानव अधिकार तथा ज्यादती सम्बन्धी सङ्कलित घटनामाथि त्रृटि सच्चाउने र छुटेका घटना समाबेश गर्ने उद्देश्यले अर्धबार्षिक समीक्षा कार्यक्रम गरिएको हो । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि सङ्कलित…

२०८१ असार १७, सोमबार १०:५४ गते  
शिक्षकको कुटपिटबाट विद्यार्थी घाइते : कारबाहीका लागि प्रहरीमा उजुरी

त्रिवेणी गाउँपालिका–६ लुहाममा स्थित सल्यान पब्लिक स्कुलमा कक्षा ६ मा अध्ययरत १२ वर्षीय बालकलाई  ४५ वर्षीय शिक्षक चन्द्र बहादुर डाँगीले असार १६ गते कुटपिट गरेका छन् । कक्षाकोठामा पठनपाठन भइरहेको बेला शिक्षक डाँगीले फलामको स्केलले विद्यार्थीको टाउँकोमा हानेर घाइते बनाएको अभिभावकले आरोप लगाउनु भएको छ । घाइतेलाई लुहाममै प्राथमिक उपचार…

२०८१ असार १७, सोमबार १०:१० गते  
अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा जिल्लामा सन् २०२४ को जनवरी देखि जुन सम्म प्रलेखीकरण गरेका घटनाहरुको अर्धवार्षिक समीक्षा कार्यक्रम असार १५ गते सम्पन्न भएको छ । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि सङ्कलन गरिएका विवरणहरुको समीक्षा गरि तथ्यांक सार्वजनिक गरिएको हो । कार्यक्रममा इन्सेकका जिल्ला प्रतिनिधि बुद्धिमान…

२०८१ असार १५, शनिबार १५:५५ गते  
जिल्लामा असुरक्षित गर्भपतन बढ्दै

जिल्लामा असुरक्षित गर्भवतन गर्नेको सङ्ख्या बढ्दै गएको छ । चिकित्सकको सल्लाह चेकजाँच विनै मेडिकलबाट गर्भवतनका औषधि खाने र असुरक्षित गर्भवतन गर्नको सङ्ख्या बढ्दै गएको हो । १२ हप्ता सम्मको गर्भ सुरक्षित गर्भपतन गराउने कानुनी प्रावधान रहेको भएपनि असुरक्षित रुपमा औषधि प्रयोग गरेको तथ्याङ्कले देखाएको छ । जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्ण…

२०८१ असार १५, शनिबार ११:३१ गते  
दार्मा भूकम्प प्रभावित : चार हजार बढीमा हेपाटाइटिस ए सङ्क्रमण

जिल्लाकाे भूकम्प प्रभावित क्षेत्र दार्मा गाउँपालिकामा एक महिना अघिदेखि देखिन थालेको ‘हेपाटाइटिस ए भाइरस’को सङ्क्रमणले प्रकोपको रुप लिएको छ । प्रदूषित पानीका कारण गाउँपालिकाभर नै फैलिएका हेपाटाइटिस ए भाइरसको सङ्क्रमणका कारण हालसम्म ४ हजारभन्दा बढी बिरामी परिसकेका छन् । एक महिना अघि बालबालिकामा मात्र देखिएको हेपाटाइटिस ए को प्रकोपका कारण अधिकांश…

२०८१ असार १५, शनिबार १०:१४ गते  
अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि सङ्कलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाहरूको प्रकाशन पुर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरिएको छ । इन्सेक जिल्ला प्रतिनिधि पुर्ण सार्कीले सन् २०२४ जनवरी देखि जुन सम्मका सङ्कलन गरिएको सात घटना प्रस्तुत गर्नु भएको थियो । चार कुटपिट , एक दुव्र्यवहार र दुई…

२०८१ असार १४, शुक्रबार १७:३६ गते  
अपराध पीडितले होस्टाइल हुन नपर्ने वातावरण चाहियो : डीएसपी दाहाल

जिल्ला प्रहरी कार्यालयका डीएसपी सुनिल दाहालले अपराध पीडितले होस्टाइल हुन नपर्ने वातावरणका लागि नागरिक समाजको सहयोग माग्नु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले असार १३ गते आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तकका लागि अर्धवार्षिक समीक्षा कार्यक्रममा उहाँले भन्नुभयो ‘डर, त्रास र प्रभावबाट मुक्त पार्न सके पीडितले…

२०८१ असार १४, शुक्रबार ०९:०० गते