मानव अधिकार संरक्षणका लागि विधिको शासन हुनुपर्नेमा जोड
मानव अधिकार संरक्षणका लागि राज्यमा विधिको शासन हुनुपर्ने राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय, जुम्लाका निमित्त उपक्षेत्रीय निर्देशक रमेशकुमार थापाले जोड दिए । आयोगद्वारा आयोजित मानव अधिकारका प्राथमिक क्षेत्र निर्धारणसम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताए । उनले मानव अधिकार संरक्षण र सम्वर्धनमा सबै सरोकारवाला निकायको महत्वपूर्ण भूमिका रहने बताउँदै यसमा…
पाँच दिनअघि अपहरणमा परेका व्यापारी श्रेष्ठको अवस्था अझै अज्ञात
पाँच दिनअघि अज्ञात समूहको अपहरणमा परेका दाङ तुलसीपुरका व्यापारी ५० वर्षीय राजकुमार श्रेष्ठको अवस्था जेठ ३० गते दिउँसोसम्म अज्ञात रहेको छ । पीडित पक्षले अपहरणमा परेका श्रेष्ठको खोजविन गरिदिन जिल्ला प्रहरी कार्यालय सल्यानमा जेठ २७ गते निवेदन दिएको छ । प्रहरीले उनको खोजविनका क्रममा सल्यानको कपुरकोट गाउँपालिका सिनवाङ र रिमको…
नेकाबाट नवनिर्वाचित वडाध्यक्षद्वारा एमाले नेतालाई ज्यान मार्ने धम्की
वीरेन्द्रनगर नपा- १६ का ५३ वर्षीय नेकपा एमाले जिल्ला कमिटीका बैकल्पिक सदस्य कालीप्रसाद आचार्यलाई सोही वडामा नेपाली काङ्ग्रेसबाट नवनिर्वाचित वडाध्यक्ष ४२ वर्षीय पुर्णबहादुर ढकालले जेठ २८ गते राति मार्ने धम्की दिएको पीडित पक्षले आरोप लगाएको छ । आर्दश मावि मेहेलीको जेठ २६ गते सम्पन्न वाषिर्कोत्सवको अवसरमा एमाले पार्टी प्रतिनिधिको तर्फबाट…
कुटपिट गरेको आरोपमा काङ्ग्रेसका जिल्ला सचिव गिरफ्तार
सिमकोट गाउँपालिका-२ निवासी जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवम् मानसरोवर बहुमुखी क्याम्पसमा कार्यरत शिक्षक ३२ वर्षीय दिपक भण्डारीलाई कुटपिट गरेको आरोपमा प्रहरीले नेपाली काङ्ग्रेस जिल्ला कार्यालय सचिव ३८ वर्षीय मानदेव शाही र जिल्ला जनस्वास्थ्य कार्यालयमा कार्यरत अहेब ३३ वर्षीय सत्य मल्ललाई जेठ २८ गते गिरफ्तार गरेको छ । पीडित भण्डारीलाई…
अदालतमा तारेख बुझाउन गएकी महिलालाई कुटपिट
छाँयानाथ रारा नपा-७ की २८ वर्षीया चुनमती शाही जिल्ला अदालत मुगुमा बहुविवाहको तारेख बुझाउन जाँदै गरेको अवस्थामा जेठ २८ गते २३ वर्षीया सौता उब्जीता सिंहले कुटपिट गरेको पीडितले आरोप लगाइन् । जिल्ला अदालतमा तारेख बुझाउन जाँदै गर्दा गमगढी बजारको मिलन चोकमा सौता सिंहले कुटपिट गरेको चुनमतीले बताइन् । ढुङ्गाले टाउकोमा…
मानव अधिकार निगरानी समूहको पहलमा घरेलु हिंसा पीडित महिला पुनःस्थापित
अन्तरजातीय विवाहका कारण घर निकाला गरिएकी गुर्भाकोट नपा-४ की १८ वर्षीया मनिषा बुढामगरको घटना सम्बन्धमा मानव अधिकार निगरानी समूहको पहलमा पीडित जेठ २७ गते घरमा पुनःस्थापित गराइएको छ । १८ वर्षीय पति नन्दबहादुर खड्काले जनजातिको छोरी भएको आरोपमा पीडितलाई ०७३ चैत २७ गते घरबाट निकालेका थिए । खड्का र बुढामगरबिच…
वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक-२०१८ का लागि सङ्कलन गरिएका घटनाहरूको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम जेठ २७ गते खलङ्गामा सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि मीना बुढाथोकीले नेपाल मानव अधिकार वर्ष पुस्तकमा समावेश गरिने मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना समावेश गरिएको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । प्रतिवेदनमा…
काङ्ग्रेस कार्यकर्ताको कुटपिबाट नेकपा एमालेका कार्यकर्ता घाइते
नेकपा एमालेका कार्यकर्ता अदानचुलि गाउँपालिका-३ का २२ वर्षीय कमल नेपाली, ३४ वर्षीय मोहन फडेर र सोही गाउँपालिका-२ का ३४ वर्षीय प्रमोद बोगटी, २० वर्षीय बसन्त बोगटी र २५ वर्षीय कले महतारालाई वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा आफूलाई मतदान नगरेको आरोपमा सोही गाउँपालिकामा काङ्ग्रेसको अध्यक्ष पदका उम्मेदवार ३८ वर्षीय…
समयमा औषधि, कृषि मल र बीउ उपलब्ध गराउने सरोकारवाला निकायको प्रतिबद्धता
जिल्ला जनस्वास्थ्य, कृषि तथा पशु सेवा कार्यालयका प्रमुखले जनताका आवश्यकता अनुसारको औषधि, कृषि मल र बीउ समयमा जिल्लाका सबै स्थानमा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । इन्सेक सुर्खेतको आयोजनामा जेठ २५ गते जिल्लास्तरीय परियोजना सल्लाहकार समितिसँगको अनुभव आदानप्रदान बैठकमा इन्सेकद्वारा गठित गुर्भाकोट नपा-१ र २ स्तरीय तथा ४, ५ र…
शिक्षकद्वारा रेडियो कर्णाली आवाजको कार्यालय र पत्रकारमाथि आक्रमण
सिमकोट गाउँपालिका-४ स्थित सामुदायिक रेडियो कर्णाली आवाजको कार्यालय रहेको भवनमा जेठ २५ गते राति १० बजे मानसरोवर उच्च माध्यमिक विद्यालयमा कार्यरत शिक्षकले तोडफोड गरेका छन् । अत्याधिक मदिरा सेवन गरी आएका शिक्षकहरूले समाचार कक्षमा रहेको कम्प्युटर, प्रिन्टर, टेलिफोन सेट, ल्यापटप र हिटर एक/एक थान तोडफोड गरी क्षति पुर्याएको रेडियो कर्णाली…