शैक्षिक सत्र सुरु भएको चार महिनासम्म पाठ्यपुस्तक नपाएको विद्यार्थीको गुनासो

चन्दननाथ गुरुकल पाठशालाका बालबालिकालले शैक्षिक सत्र सुरु भएको चार महिना बितिसक्दा पनि पाठ्यपुस्तक नपाएको गुनासो गरेका छन् । उक्त गुरुकुल पाठशालाका प्रधानाध्यापक विश्वराज उपाध्यायले शैक्षिक सत्र सुरु भएको पहिलो हप्तामा पाठ्यपुस्तकका लागि माग गरिएको भएपनि जेठ १९ गतेसम्म प्राप्त नभएको बताए । उनले भने-'पाठ्यपुस्तक नभएपछि पठनपाठनमा समस्या भएको छ ।…

२०७४ जेष्ठ १९, शुक्रबार १५:५१ गते  
उच्च अदालतद्वारा कारण देखाउ आदेश

पुन मतगणनाको माग राखी परेको रिट निवेदन उपर उच्च अदालत सुर्खेतले विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको छ । उच्च अदालतका मुख्य न्यायाधीश डम्मरबहादुर शाहीको एकल इजलासले जेठ १८ गते विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको रजिष्ट्रार जितेन्द्र थपलियाले जानकारी दिए । भेरीगङ्गा नपा-१० का एमालेका वडाध्यक्ष उम्मेदवार…

२०७४ जेष्ठ १९, शुक्रबार ११:२६ गते  
नगर कार्यपालिका सदस्य नदिएको आरोपमा कुटपिट

नेकपा एमाले लेकवेशी नगर कमिटी सचिव लेकवेशी नपा-१ का ४२ वर्षीय सिताराम पौडेललाई नगर कार्यपालिकाको अल्पसङ्ख्यक समुदायबाट सदस्य पदमा एमालेको मनोनयनमा आफ्नो नाम नपारेको आरोप लगाउँदै वीरेन्द्रनगर नपा-९ का ४० वर्षीय एमाले कार्यकर्ता वीरबहादुर रावतसहितका व्यक्तिले जेठ १५ गते कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । एमालेका लेकवेशी नगर…

२०७४ जेष्ठ १७, बुधबार ११:४७ गते  
गणतन्त्र दिवसका अवसरमा इन्सेककर्मी सम्मानित

१० औँ गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा इन्सेक कालिकोटका जिल्ला प्रतिनिधि कालीबहादुर मल्ललाई जेठ १५ गते सम्मान गरिएको छ । लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि गरिएको आन्दोलनका क्रममा मानव अधिकारको क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै कार्यक्रमका प्रमुख अतिथि जिल्ला न्यायाधीश केशवकुमार पाण्डेले उनलाई सम्मानपत्र प्रदान गरिएको हो ।

२०७४ जेष्ठ १६, मंगलवार १५:३६ गते  
मानव अधिकारको अवस्था सन्तोषजनक छैनः प्रतिवेदन

राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय, जुम्लाले मानव अधिकारको अवस्था सन्तोषजनक नभएको प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्रिय मानव अधिकार आयोगको १७ औँ स्थापना दिवसको अवसरमा यस्तो प्रतिवदेन सार्वजनिक गरिएको हो । राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख कुमारी महराले आयोगको कार्यक्षेत्र जुम्ला, मुगु र कालिकोट…

२०७४ जेष्ठ १३, शनिबार २१:३६ गते  
शैक्षिक सत्र सुरु भएको तीन महिनासम्म विद्यालय खुलेनन्

शैक्षिक सत्र सुरु भएको तीन महिना बितेपनि हुम्ला जिल्लाको सदरमुकामबाट करिव चार दिन लाग्ने ५२ कोष टाढा रहेको नामखा गाउँपालिकाको लिमीमा रहेका तीन ओटै विद्यालय जेठ ९ गतेसम्म खुलेका छैनन् । लिमीका तीन ओटै विद्यालयमा शिक्षकको उपस्थिति नभएपछि त्यहाँका विद्याथीहरू पठनपाठनबाट वञ्चित रहेको लिमीका स्थानीयबासी छिरिङ्पाल्जोर लामाले गुनासो गरे ।…

२०७४ जेष्ठ ९, मंगलवार १६:४५ गते  
प्रहरी हवल्दारद्वारा म्यादी प्रहरीलाई कुटपिट गरेको आरोप

खाडाँचक्र नपा-३ घरभई जिल्ला प्रहरी कार्यालय कालीकोटमा कार्यरत म्यादी प्रहरीहरू १९ वर्षीय अविराम पाण्डे, २१ वर्षीय प्रभुजन सेजुवाल, २० वर्षीय लोकेन्द्र न्यौपाने, २० वर्षीया नौरा बुढालाई दैलेख घरभई सोही प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार ३१ वर्षीय प्रेम चन्दले जेठ ८ गते कुटपिट गरेको पीडितहरूले आरोप लगाएका छन् । पीडित पाण्डेले…

२०७४ जेष्ठ ९, मंगलवार १६:३४ गते  
आफ्नो पार्टीका उम्मेदवारलाई मतदान नगरेको आरोपमा कुटपिट

स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई मतदान नगरेको आरोपमा सिमकोट गाउँपालिका-७ का ३८ वर्षीय पदमराज शाहीलाई सोही ठाउँ निवासी नेपाली काङ्ग्रेसका कार्यकर्ता २० वर्षीय नवराज शाही लगायतका व्यक्तिले जेठ ६ गते डाडाफयाँ गाउँमा कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । काङ्ग्रेसका कार्यकर्ताले पदमराजका १५ वर्षीय छोरा कविराज शाहीलाई समेत…

२०७४ जेष्ठ ७, आईतवार २१:४३ गते  
निर्वाचनको प्रचार प्रसारमा निस्केका काङ्ग्रेस कार्यकर्ता दुई हप्तादेखि सम्पर्कविहीन

खार्पुनाथ गाउँपालिकामा नेपाली काङ्ग्रेसको चुनावी प्रचार प्रसारमा निस्केका नेपाली काङ्ग्रेसका कार्यकर्ता सोही गाउँपालिका-२ का १९ वर्षीय विजय रावल दुई हप्तादेखि बेपत्ता भएका छन् । रावल वैशाख २४ गतेबाट सम्पर्कविहीन भएको उनका परिवारले बताएका हुन । विजय खार्पुनाथ गाउँपालिका-३ राया गाउँबाट सम्पर्कविहीन भएको उनको परिवारले जनाएको छ । नेपाली काङ्ग्रेसका खार्पुनाथ…

२०७४ जेष्ठ ६, शनिबार २०:४५ गते  
मतगणनामा खटिएका कर्मचारीद्वारा सुरक्षाको माग

शारदा नगरपालिकाको मतगणनामा खटिएका कर्मचारीहरूले जिल्ला प्रशासन कार्यालयसँग सुरक्षाको माग गरेका छन् । शारदा नगरपालिकाको मतगणनामा खटिएका १६ जना कर्मचारीहरूले सामूहिक रूपमा जिल्ला प्रशासन कार्यालयमा आफुहरू असुरक्षित भएको भन्दै जेठ ४ गते निवेदन दिएका हुन् । एमाले, माओवादी केन्द्र र रापप्राका जिम्मेवार नेताहरू र मेयरका उम्मेदवारले आफूहरूलाई मतगणनाको विषयमा जे…

२०७४ जेष्ठ ५, शुक्रबार २०:१० गते