बालिका हत्या घटनाका फरार कसुरदार कारागार चलान
जर्वुटा गाविस-४ की १४ वर्षीया बालिका लीला रोकायलाई हत्या गरेको घटनामा अदालतबाट कैद फैसला सुनाइएका फरार दोषी वीरेन्द्रनगर नपा-११ का २३ वर्षीय खगेन्द्र नेपाली पुस १३ गते अदालतको आदेशमा कारागार चलान भएका छन् । आरोपितले ०७१ वैशाख १५ गते बालिकालाई विष सेवन गराई हत्या गरेको घटनामा दोषी ठहर गर्दै जिल्ला…
बहुविवाह घटनाका आरोपित गिरफ्तार
बहुविवाह घटनाका आरोपित ठेहे गाविस-१ का २४ वर्षीय कुशल परियारलाई प्रहरीले पुस १३ गते गिरफ्तार गरेको छ । परियारकी २० वर्षीया पत्नी गीता परियारले नाम ठेगाना थाहा नभएकी महिलासँग पतिले अर्को विवाह गरेको आरोप लगाउँदै गत मङ्सिर १ गते जिल्ला प्रहरी कार्यालय हुम्लामा उजुरी दिएकी थिइन् । तीन वर्षअघि विवाह…
आत्महत्या न्यूनीकरणका लागि सचेतनाको आवश्यकतामा जोड
नेपालको कानुन र सामाजिक संस्कारले पनि व्यक्तिको आत्महत्यालाई त्यति महत्व दिएका देखिँदैन । तर, आत्महत्याको विषयमा गहन अध्ययन गरिनुपर्ने बहसको विषय बनेको छ । राष्ट्रिय मानव अधिकार आयोगले बढ्दो आत्महत्याको 'ट्रेन्ड'लाई रोक्न छलफल चलाउन थालेको छ । आत्महत्या कतै लैङ्गिक विभेदको उपजले त भइरहेको छैन ? आयोगको एक टोलीले पुस…
सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार
अपाङ्गता भएकी १४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा झाप्रा गाविस-१ का २२ वर्षीय पदम महर र सोही गाविस-२ का २० वर्षीय विश्व थापालाई प्रहरीले पुस ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितद्वयले पुस ६ गते सामूहिक बलात्कार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले पुस ९ गते जिल्ला प्रहरी…
जिल्लास्तरीय मानव अधिकार निगरानी समूह गठन
इन्सेकद्वारा सञ्चालित 'स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने (इएलपी) कार्यक्रम अन्तर्गत पुस १० गते जिल्लास्तरीय मानव अधिकार निगरानी समूहको गठन गरिएको छ । आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारका सवाल, शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालहरूका बारेमा अनुगमन, सरोकारवाला निकायहरूसँग समन्वय, सहकार्य गर्न र सेवाप्रदायक निकायहरूलाई जिम्मेवार हुन दबाव सिर्जना…
बालमैत्री बसाइ व्यवस्थाले विद्यार्थीको उपस्थिति दर बढायो
भोक लाग्दा खान दिने, जाडो लाग्दा जामा । संसारमा सबैभन्दा प्यारी मेरी आमा ।। किताव, कापी, कलम छ कि छैन झोला । भोक लाग्दा स्कुलमा के पो खान्छ होला ।। चिन्ता गर्ने सधैं हाम्रो देख्ने सधैं साना । संसारमा सबैभन्दा प्यारी मेरी आमा ।। जिमाली गाविस–७ का चार वर्षीय बालक…
घटना सङ्कलनमा अल्छी नगर्न सरोकारवालाको सुझाव
जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डितले सुरुको तुलनामा मानव अधिकार वर्षपुस्तकको आकार पातलिँदै आएको सन्दर्भमा घटना सङ्कलनमा अल्छी गरेर घट्ने स्थिति नहोस् भनी सुझाव दिएका छन् । इन्सेकले आयोजना गरेको सन् २०१६ को जनवरीदेखि एक वर्षको अवधिमा सङ्कलित मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको पूर्व समीक्षा कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन्…
उपचारको ढिलाइले समीक्षाको मृत्यु भएको छानबिन समितिको प्रतिवेदन
वीरेन्द्रनगरस्थित हेराइजन एकेडेमी कक्षा नौ मा अध्यनरत १३ वर्षीया छात्रा समीक्षा आचार्यको उपचारमा ढिलाइको कारण मृत्यु भएको निष्कर्ष नागरिकस्तरबाट गठित छानबिन समितिले सार्वजनिक गरेको छ । इन्सेक जिल्ला प्रतिनिधि दुर्गा थापाको संयोजकत्वमा गठित समितिले पुस ५ गते साँझ पत्रकार सम्मेलनमार्फत उक्त निष्कर्ष सार्वजनिक गरेको हो । कर्णाली एक्स्पो अन्तर्राष्ट्रिय व्यापार…
गाविस सचिवले सामाजिक सुरक्षा भत्ता वितरण नगरेको भन्दै गाँउ परिषद स्थगित
गाविस सचिवले गाउँमा सामाजिक सुरक्षा वापतको रकम वितरण नगरेको भन्दै पुस २ गते तय गरिएको राया गाविसको नवौँ गाउँ परिषद राजनीतिक दलका तर्फबाट स्थगित गराइएको राया गाविस-१ का स्थानीयबासी विष्णुबहादुर शाहीले बताए । पुस २ गते गाउँ परिषद सञ्चालन गर्ने विषयमा रायामा बसेको स्थानीय राजनीतिक दलहरूको बैठकले परिषद अनिश्चितकालका लागि…
कथित बोक्सी भगाउने भन्दै अमानवीय व्यवहार गरेको कसुरमा जरिबाना र कैदको फैसला
कुपिण्डेदह-४, ज्यामिरेकी २० वर्षीया महिलालाई अमानवीय व्यवहार गरेको कसुरमा चार जनालाई जिल्ला अदालत सल्यानले पाँच वर्ष कैदको फैसला सुनाएको छ । कुपिण्डेदह-४ ज्यामिरेकी २० वर्षीया एक महिलालाई अमानवीय व्यवहार गरेको कसुरमा सोहि ठाउँका रुपलाल दमाई, पातली बुढा, पिमकली बुढा र कुपिण्डेदह-५ की ४५ वर्षीय लली पुनलाई पाँच वर्षकैद र जनही…