खाद्यान्न समस्या समाधानका लागि नागरिक सञ्जाल गठन

पाँच महिना भई सक्दापनि जिल्लामा चामल ढुवानी नभएको र भएको चालम वितरणसमेत नभएपछि खाद्यान्नलगायत जिल्लाका समस्या समाधानका लागि असार ११ गते जिल्लास्तरीय नागरिक सञ्जाल गठन गरिएको छ । गणेशबहादुर महतको संयोजकत्वमा इन्सेक प्रतिनिधि नन्द सिंहलगायतका १७ जना सञ्जालमा सदस्य रहेका छन् । जिल्ला तहमा खाद्य, शिक्षा र यातायात क्षेत्रमा देखिएका…

२०७४ असार १२, सोमबार १६:१५ गते  
बाढीले काठेपुल बगाउँदा बालबालिका विद्यालय जानबाट वञ्चित

खार्पूनाथ गाउँपालिका-३ स्थित कारङ्गा खोलाको काठेपुल बाढीले बगाउँदा हुम्ला मावि रायामा पठनपाठन गर्ने कारङ्गा गाउँका २० जनाभन्दा बढी बालबालिका १८ दिनदेखि विद्यालय जानबाट वञ्चित भएका छन् । कारङ्गा खोलामा रहेको काठेपुल जेठ २५ गते परेको अविरल वर्षाले बगाएपछि उक्त विद्यालयमा अध्यनरत बालबालिकालाई आवतजावतका लागि समस्या भएको स्थानीयवासी रती सुनारले गुनासो…

२०७४ असार ११, आईतवार १६:२७ गते  
वडा अध्यक्षद्वारा सुरक्षाको माग

खत्याड गाउँपालिका-८ का नवनिर्वाचित वडाध्यक्ष रामबहादुर रावतले प्रहरी चौकी सुकाढिकमा असार १० गते सुरक्षाको माग गरेका छन् । अज्ञात व्यक्तिको समूहले असार ९ गते राति मार्ने धम्की दिएको भन्दै उनले प्रहरी समक्ष सुरक्षाको माग गरेका हुन । वडा कार्यालयको भवन भाडामा लिई कार्यालय सञ्चालन गरेका रावतलाई सोही भवनमा सुतिरहेको अवस्थामा…

२०७४ असार १०, शनिबार २२:१३ गते  
गाउँगाउँमा बिरामीको सङ्ख्या बढ्दै, स्वास्थ्य संस्थामा औषधिको अभाव

'घरमा पत्नी, छोरी र आमा बिरामी भएको नौ दिन भयो । बिरामीमा घाँटी दुख्ने, ज्वरो आउने, फुट्ला जस्तो गरेर टाउको दुख्ने, पखाला लाग्ने समस्या छ । घरबाट झण्डै आधा घण्टा लाग्ने बारीगाउँमा भएको लौठी स्वास्थ्य चौकीमा लगातार तीन दिन गएँ । तर, त्यहाँ सिटामोलसमेत छैन भनेर स्वास्थ्यकर्मीले रित्तो हात घर…

२०७४ असार १०, शनिबार २२:१० गते  
मादक र सुर्तीजन्य पदार्थको सेवन तथा विक्री वितरणलाई निषेध गर्ने प्रतिबद्धता

जिल्ला शिक्षा कार्यालय सुर्खेतका निमित्त प्रमुख भोजराज लम्सालले विद्यालय भन्दा बाहिरको निश्चित सिमाक्षेत्रभित्र मदिरा र सुर्तीजन्य पदार्थको सेवन तथा विक्री वितरणलाई निषेध गर्ने प्रतिबद्धता जनाएका छन् । इन्सेकद्वारा गठित साविक मालारानी गाविस तथा गुर्भाकोट नपा १ र २ वडा स्तरीय मानव अधिकार निगरानी समूहको अगुवाइमा असार ९ गते बुझाएको ज्ञापनपत्र…

२०७४ असार १०, शनिबार २१:५७ गते  
शिक्षा, स्वास्थ्य, कृषि तथा खाद्य अधिकारका सवालहरूलाई न्युनिकरण गर्न सरोकारवाला प्रतिबद्ध

शिक्षा, स्वास्थ्य, कृषि तथा खाद्य अधिकारहरूको सवालमा सेवाप्रदायक निकायहरू सम्वेदनशील बन्नुपर्ने कुरामा जोड दिइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सञ्चालन गरेको "स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने" इएलपी कार्यक्रम अन्तर्गत इन्सेक सुर्खेतको आयोजनामा असार ८ गते वीरेन्द्रनगरमा सम्पन्न सेवा प्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले…

२०७४ असार ९, शुक्रबार १५:४२ गते  
कुटपिटमा संलग्न प्रहरीलाई कारबाही गर्न पीडित पक्षको माग

जुनीचाँदे गाउँपालिका-४ का ३८ वर्षीय जयलाल खड्का र उनकी ३७ वर्षीया पत्नी लाला खड्काले कुटपिटमा संलग्न प्रहरीलाई कारबाहीको माग गरेका छन् । जग्गासम्बन्धी विवाद मिलाउन इलाका प्रहरी कार्यालय गर्खाकोटबाट असार २ गते खटिएका प्रहरी हवल्दार धनबहादुर वलीले जयलाल र लालालाई कुटपिट गरेको पीडित पक्षले आरोप लगाएका छन् । घटनाका सम्बन्धमा…

२०७४ असार ७, बुधबार २२:४४ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा गुर्भाकोट नपा-६ का ३६ वर्षीय दलजीत बिकलाई असार ५ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले असार ४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले असार ५ गते इलाका प्रहरी कार्यालय छिञ्चुमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि…

२०७४ असार ६, मंगलवार २१:५५ गते  
वर्षायाममा लाग्ने सबै रोगको औषधि उपलब्ध गराउने प्रतिबद्धता

जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख शम्भु ज्ञावलीले वर्षायाममा लाग्ने सबैप्रकारका रोगका औषधिहरू गुर्भाकोट नगरपालिकासहित निल्लाका सबै गाउँ तथा नगरपालिकाहरूमा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । इन्सेकद्वारा गठित गुर्भाकोट नपा ४, ५ र ९ वडा स्तरीय मानव अधिकार निगरानी समूहले असार ४ गते बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै जनस्वास्थ्य प्रमुख ज्ञावलीले यस्तो…

२०७४ असार ५, सोमबार ०५:३९ गते  
मानव अधिकार प्रत्याभूति राज्यको दायित्व: प्रजिअ अधिकारी

दैलेखका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले हरेक नागरिकको सुरक्षा र मानव अधिकार प्रत्याभूति दिलाउनु राज्यको दायित्व भएको बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आयोजना गरेको मानव अधिकार वर्ष पुस्तक २०१८ का लागि सङ्कलित घटनाहरूको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन् । प्रमुख जिल्ला अधिकारीले…

२०७४ असार ५, सोमबार ०५:३५ गते