सुशासनले जनविश्वास बढाउँछः सरोकारवाला

डेङ्गेश्वर गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष नगेन्द्रबहादुर मल्लले सार्वजनिक सेवालाई पारदर्शी र जबाफदेही बनाउन सके मानव अधिकार बहालीको प्रारम्भ मान्न सकिने बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को इएलपी परियोजनाको अनुभव आदानप्रदान कार्यक्रममा जेठ २४ गते उनले भने-'सुशासन, पारदर्शिता र जबाफदेहिताले जनविश्वास बढाउन मद्दत गर्दछ ।' सो अवसरमा अध्यक्ष मल्लले…

२०७४ जेष्ठ २४, बुधबार २१:४६ गते  
सबैको तत्परताले शिक्षण सिकाइ प्रभावकारी हुने जिशिअको भनाइ

दैलेखका जिल्ला शिक्षा अधिकारी बिष्णुप्रसाद अधिकारीले शिक्षक, विद्यार्थी र अभिभावक सबै पक्षको तत्परताले मात्र शिक्षण सिकाई प्रभावकारी हुने बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा सरस्वती मावि तर्ताङ्मा जेठ २३ गते आयोजित 'विद्यार्थी र विद्यालय सवाल' विषयक अन्तरक्रियामा उनले भने-'शिक्षकले सिकाउने, विद्यार्थीले पढ्ने र अभिभावकले उचित वातावरण बनाए मात्र…

२०७४ जेष्ठ २३, मंगलवार २१:४७ गते  
आयुर्वेद औषधालयमा डेढवर्ष देखि डाक्टर विहिन, सेवाग्राही मर्कामा

साविकको कर्णाली अञ्चल आयुर्वेद औषधालय जुम्ला करिव डेढ वर्षदेखि डाक्टर विहीन भएपछि सेवाग्राही मर्कामा परेका छन् । यहाँ कार्यरत डाक्टर रमेश केसी ०७२ मङ्सिर महिनामा सरूवा भई गएपछि औषधालय डाक्टर विहीन भएका हो । आयुर्वेद औषधालयका निमित्त प्रमुख वरिष्ठ बैद्य नन्दबहादुर न्यौपानेले करिव १८ महिना औषधालयमा डाक्टर नभएपछि शल्याक्रियाका काम…

२०७४ जेष्ठ २३, मंगलवार २१:४१ गते  
प्रहरीले कुटपिट गरेको घटनाको उजुरी जिल्ला प्रहरी कार्यालयले दर्ता नगरेको पीडित पक्षको आरोप

छाँयानाथ रारा नपा-७ की २३ वर्षीया पुनीता शाहीलाई जेठ २१ गते रारा विमानस्थल सुरक्षार्थ खटिएका प्रहरी यामलाल अधिकारी र सुनिता नगरकोटीले कुटपिट गरेको घटना सम्बन्धमा पीडितले सोही दिन साँझ जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरी प्रहरीले दर्ता नगरेको पीडित पक्षले आरोप लगाएको छ । दुबै प्रहरीले आफूलाई कपाल लुछ्दै दाउराले कुटपिट…

२०७४ जेष्ठ २२, सोमबार २१:४६ गते  
नेपाल कम्युनिष्ट पार्टीका चार जना कार्यकर्ता गिरफ्तार

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका चार जना कार्यकर्तालाई अदालतको आदेश अनुसार जेठ २१ गते धरौटीमा रिहा गरेपनि प्रहरीले रिहा लगत्तै सोही दिन पुनः गिरफ्तार गरेको छ । नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता शारदा नपा-१ का घनश्याम बिक, दार्मा गाउँपालिका-३ का मोहन केसी, ढोरचौर गाउँपालिका-१ का सुकलाल बस्नेत र…

२०७४ जेष्ठ २२, सोमबार २१:४४ गते  
काङ्ग्रेस कार्यकर्ताको कुटपिटबाट माओवादी केन्द्रका कार्यकर्ता घाइते

नेकपा माओवादी केन्द्रका कार्यकर्ता खार्पुनाथ गाउँपालिका-४ का ३४ वर्षीय गोरासिंह रावललाई स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीको उम्मेदवारलाई मतदान नगरेको आरोपमा जेठ २१ गते सोही ठाउँका काङ्ग्रेसका कार्यकर्ता ३५ वर्षीय गोपाल रावत, बादुरे रावल र धनजय रावलले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । टाउकोमा चोट लागेका घाइतेको जिल्ला अस्पतालमा…

२०७४ जेष्ठ २२, सोमबार २१:४३ गते  
गम्भीर प्रकृतिका घटनामा संलग्न व्यक्तिलाई उन्मुक्ति दिँदैनौँ: सदस्य भट्ट

द्वन्द्वकालीन अवधिमा भएका गम्भीर प्रकृतिका हत्या, बलात्कार र यौनजन्य हिंसाका घटनामा संलग्न व्यक्तिलाई उन्मुक्ति नदिइने सत्य निरूपण तथा मेलमिलाप आयोगकी सदस्य डा. माधवी भट्टले बताएकी छन् । सशस्त्र द्वन्द्वका समयमा भएका घटनाहरूको व्यवस्थापन गर्न बनेको सत्य निरूपण तथा मेलमिलाप आयोगको प्रदेश स्तरीय कार्यालय स्थापनाका क्रममा जेठ २१ गते वीरेन्द्रनगरमा आयोजित…

२०७४ जेष्ठ २२, सोमबार २१:४१ गते  
शैक्षिक सत्र सुरु भएको चार महिनासम्म पाठ्यपुस्तक नपाएको विद्यार्थीको गुनासो

चन्दननाथ गुरुकल पाठशालाका बालबालिकालले शैक्षिक सत्र सुरु भएको चार महिना बितिसक्दा पनि पाठ्यपुस्तक नपाएको गुनासो गरेका छन् । उक्त गुरुकुल पाठशालाका प्रधानाध्यापक विश्वराज उपाध्यायले शैक्षिक सत्र सुरु भएको पहिलो हप्तामा पाठ्यपुस्तकका लागि माग गरिएको भएपनि जेठ १९ गतेसम्म प्राप्त नभएको बताए । उनले भने-'पाठ्यपुस्तक नभएपछि पठनपाठनमा समस्या भएको छ ।…

२०७४ जेष्ठ १९, शुक्रबार १५:५१ गते  
उच्च अदालतद्वारा कारण देखाउ आदेश

पुन मतगणनाको माग राखी परेको रिट निवेदन उपर उच्च अदालत सुर्खेतले विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको छ । उच्च अदालतका मुख्य न्यायाधीश डम्मरबहादुर शाहीको एकल इजलासले जेठ १८ गते विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको रजिष्ट्रार जितेन्द्र थपलियाले जानकारी दिए । भेरीगङ्गा नपा-१० का एमालेका वडाध्यक्ष उम्मेदवार…

२०७४ जेष्ठ १९, शुक्रबार ११:२६ गते  
नगर कार्यपालिका सदस्य नदिएको आरोपमा कुटपिट

नेकपा एमाले लेकवेशी नगर कमिटी सचिव लेकवेशी नपा-१ का ४२ वर्षीय सिताराम पौडेललाई नगर कार्यपालिकाको अल्पसङ्ख्यक समुदायबाट सदस्य पदमा एमालेको मनोनयनमा आफ्नो नाम नपारेको आरोप लगाउँदै वीरेन्द्रनगर नपा-९ का ४० वर्षीय एमाले कार्यकर्ता वीरबहादुर रावतसहितका व्यक्तिले जेठ १५ गते कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । एमालेका लेकवेशी नगर…

२०७४ जेष्ठ १७, बुधबार ११:४७ गते