नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता गिरफ्तार
निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता वीरबहादुर कठायतलाई वैशाख २९ गते गिरफ्तार गरेको छ । पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टीका युवा दस्ताका इञ्चार्ज कनकासुन्दरी गाउँपालिका-९ का ३० वर्षीय वीरबहादुर कठायतलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । पातारासी…
अधिकांश मतदान केन्द्र सञ्चार विहीन
डोल्पाका ठुलीभेरी नगरपालिका र धिपुरासुन्दरी नगरपालिका बाहेक अन्य क्षेत्रमा सञ्चारको पहुँच प्रभावकारी नभएकाले प्रहरीको सञ्चार सेटमा भर पर्नु पर्ने बाध्यताले समयमै सूचना आदानप्रदान गर्न समस्या भएको जिल्ला निर्वाचन अधिकारी रामबहादुर बुढाले बताए । उपल्लो डोल्पामा पर्ने डोल्पो बुद्ध सेफोक्सुण्डो र छार्का ताङ्सोङ गाउँपालिका मध्ये सेफोक्सुण्डो गाउँपालिकामा सम्पूर्ण पदमा निर्विरोध निर्वाचित…
चुनाव प्रचारका क्रममा एमाले र काङ्ग्रेस कार्यकर्ताबिच झडप
सिमकोट गाउँपालिका-८ खोल्टी गाउँमा स्थानीय तहको निर्वाचनका लागि सदरमुकामबाट गएको काङ्ग्रेसको अभियान टोलीले एमालेका कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराउन खोजेपछि दुई पार्टीका कार्यकर्ताबिच वैशाख २७ गते झडप भएको छ । नेकपा एमालेका कार्यकर्ता दिलबहादुर सिंहलाई पार्टी प्रवेश नगरे काङ्ग्रेसका कार्यकर्ताले मार्ने धम्की दिएपछि मतदातालाई धम्की नदिन अनुरोध गर्दा काङ्ग्रेसका कार्यकर्तासँग…
हिमाली जिल्ला डोल्पामा नमूना मतदान सम्पन्न
हिमाली जिल्ला डोल्पामा स्थानीय तह निर्वाचनका लागि नमूना मतदान कार्यक्रम वैशाख २७ गते सम्पन्न भएको छ । सदरमुकाम दुनैस्थित ठुलीभेरी नपा अन्तर्गत सरस्वती उमावि मदतान केन्द्र र त्रिपुरासुन्दरी नपास्थित धर्मशाला चौरमा नमुना मतदान भएको हो । त्रिपुरासुन्दरी नपा अन्तर्गतको धर्मशाला चौरमा जम्मा खसेको ५१ मतमा ४९ वटा मत सदर र…
नेपाल कम्युनिष्ट पार्टीका पाँच जना कार्यकर्ता गिरफ्तार
स्थानीय तहको निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पाँच जना कार्यकर्तालाई प्रहरीले वैशाख २७ गते गिरफ्तार गरेको छ । गिरफ्तार पर्नेमा कुशे गाउँपालिका-५ का एरिया सदस्य कर्णबहादुर थापा, सोही ठाउँका बलबहादुर मल्ल, जिल्ला सदस्य नवराज बिक, मानबहादुर बिक र त्रिवेणी नलगाड नपा-३ घर भई हाल…
चुनावी अभियानमा खटिएका अनेरास्ववियुका कार्यकर्तामाथि माओवादी आक्रमण
पचालझरना गाउँपालिका-६ नानिकोट निवासी अनेरास्ववियु जिल्ला सदस्य २६ वर्षीय युवराज शाहीलाई सोही ठाउँका माओवादी केन्द्रका जिल्ला सदस्य डम्मर टमटा, वाइसिएल केन्द्रीय सदस्य महेन्द्र शाहीलगायतका ११ जनाको समूहले वैशाख २६ गते राति आक्रमण गरी घाइते बनाएको अनेरास्ववियु कालीकोटले जनाएको छ । चुनावी घर दैलो अभियानमा खटिएका अनेरास्ववियु जिल्ला सदस्य शाहीलाई माओवादी…
काङ्ग्रेसका उम्मेदवारले मतदातालाई पैसा बाँडेको एमालेको आरोप
छेडागाड नपा-१ मनघाटमा नेपाली काङ्ग्रेसका वडा सदस्यका उम्मेदवार प्रेमबहादुर बस्नेतले वैशाख २५ गते साँझ मतदातलाई पैसा बाँडेको एमालेले आरोप लगाएको छ । एमाले समर्थक महिलाहरूले उम्मेदवार बस्नेतले मतदातालाई रुपियाँ बाँडिरहेको देखेपछि ९० हजार रुपियाँसहित बस्नेतलाई निर्वाचन अधिकृतको कार्यालय छेडागाडमा बुझाएको एमालेका जिल्ला अध्यक्ष करविर शाहीले बताए । काङ्ग्रेसका जिल्ला कोषाध्यक्ष…
निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी
निर्वाचन आचारसंहिता विपरीत चुनाव प्रचारप्रसारमा लागेको भन्दै जिल्लाका पाँच जना शिक्षकविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा वैशाख २४ गते उजुरी परेको छ । नेकपा एमाले समर्थक नेपाल शिक्षक सङ्गठनमा आबद्ध बलभद्र प्राविका शिक्षक केशव थापा, सोही विद्यालयका शिक्षक चन्द्र बुढा, ज्योती प्राविका शिक्षक गङ्गाबहादुर बुढा, त्रिपुरा माविका प्रद्यानाध्यापक कृष्णबहादुर बोहोरा र…
धारिलो हतियार प्रयोग गरी पत्नीको हत्या गरेको आरोपमा पति गिरफ्तार
लेकवेशी नपा-६ मुलपानीस्थित माइतीमा बस्दै आएकी जाजरकोट छेडागाड नपा-५ की २० वर्षीया रामकली वादीलाई घरायसी विषयमा विवाद हुँदा वैशाख २३ गते हत्या गरेको आरोपमा प्रहरीले जाजरकोट छेडागाड नपा-५ का २४ वर्षीय भगत वादीलाई वैशाख २५ गते गिरफ्तार गरेको छ । सुर्खेतको लेकवेशी नपा-६ मुलपानीस्थित माइतीमा बस्दै आएकी २० वर्षीया रामकली…
निर्वाचन प्रचारप्रसारका क्रममा झडप सात जना घाइते
मुड्केचुला गाउँपालिका-२ को कालिका गाउँमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेका कार्यकर्ताबिच वैशाख २५ गते झडप भएको छ । झडपमा माओवादी केन्द्रका पाँच जना र एमालेका दुई जना कार्यकर्ता घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी सुमित खड्काका अनुसार घटनास्थलमा तत्काल सुरक्षाकर्मी परिचालन गरिएको छ । सदरमुकामबाट…