व्यवस्थापन समिति सदस्यद्वारा शिक्षकमाथि हातपात, शिक्षकद्वारा अनिश्चितकालिन विद्यालयबन्द

विद्यालय व्यवस्थापन समितिका सदस्यले शिक्षकलाई विद्यालय हातामै गएर हातपात गरेपछि खार्पूनाथ गाउँपालिका-५ को बाग्येश्वरी आधारभुत विद्यालयमा कार्यरत शिक्षकले विद्यालयको पठनपाठन अनिश्चितकालका लागि बन्द गरेका छन् । विद्यालयका शिक्षक लक्ष कामीलाई व्यवस्थापन समिति सदस्य रूपसिंह भण्डारीले साउन १८ गते विद्यालयमा पढाइ भइरहेको बेला लठ्ठीले कुटपिट गरेपछि बसेको विद्यालयका शिक्षकहरूको बैठकले शिक्षकमाथि…

२०७४ श्रावण १८, बुधबार २०:३२ गते  
चक्कु प्रहार गरी घाइते बनाएको आरोपमा पति गिरफ्तार

नारायण नगरपालिका-६ नमुना बस्तीकी २५ वर्षीया विष्णु वादीलाई चक्कु प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले २६ वर्षीय गोपाल वादीलाई साउन १० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले साउन १० गते दिउँसो चक्कु प्रहार गरी घाइते बनाएको आरोपमा पीडित पक्षले टेलिफोनमार्फत उजुरी गरेका आधारमा प्रहरीले आरोपितलाई घटनास्थलबाटै गिरफ्तार गरिएको…

२०७४ श्रावण १०, मंगलवार २०:३६ गते  
ढुवानी टेण्डर नहुँदा पलाता क्षेत्रमा खाद्यन्न सङ्कट

जिल्लाको विकट पलाता क्षेत्रमा खाद्यन्न सङ्कट भएको छ । खिन धौलागोहमा खडेरीले अन्नबाली उत्पादन हुन नसकेपछि खाद्यन्न सङ्कट परेको हो । सरकारले ढुवानी अनुदानमा उपलब्ध गराउँदै आएको खाद्य संस्थानको चामल गाउँका डिपोमा ढुवानी गर्न नसकेपछि यस क्षत्रमा खाद्यन्न सङ्कट भएको हो । सदरमुकाम मान्मबाट पश्चिम उत्तरी पलाता क्षेत्रमा पर्ने धौलागोह,…

२०७४ श्रावण १०, मंगलवार १६:३३ गते  
गर्मी र वर्षातमा क्षमता भन्दा बढी बन्दी व्यवस्थापनमा समस्या

गर्मी र वर्षातसँगै क्षमता भन्दा सात गुणा बढी कैदीबन्दी हुँदा सुर्खेत कारागारमा व्यवस्थापनमा कठिनाइ भएको कारागार प्रशासनले जनाएको छ । कुल २५ जनाको क्षमता रहेको कारागारमा क्षमता भन्दा सात गुणा भन्दा बढी १ सय ८६ जना कैदीबन्दीलाई एकै ठाउँमा कोचिएर बस्नुपर्दा व्यवस्थापनमा कठिनाइ भएको हो । हिँउदको समयमा जसोतसो कोचिएर…

२०७४ श्रावण ९, सोमबार १६:२५ गते  
छाउपडी प्रथा र दैलेख घटनाका विरुद्ध प्रहरीमा उजुरी

महिनावारी भएको बेला छाउगोठमा बस्न बाध्य पार्ने परम्पराकै कारण छाउगोठमा सर्पले टोकेको र उपचारमा पर्याप्त प्रयत्न नगरेको कारण दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका-६ लैनचौरकी १८ वर्षीया तुलसी शाहीको ज्यान गएको भन्दै परिवारका सदस्यहरूलाई कारबाही गर्न जिल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी दिइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जिल्ला प्रतिनिधि अमरबहादुर…

२०७४ श्रावण ९, सोमबार १०:३३ गते  
सशस्त्र द्वन्द्वमा विस्थापित परिवारले अझैसम्म पनि राहत पाएनन्

विगत सशस्त्र द्वन्द्वको समयमा तत्कालीन विद्रोही माओवादी पक्षबाट विस्थापित भएका परिवारले अहिलेसम्म पनि राहत नपाएको गुनासो गरेका छन् । शान्ति तथा पुनःनिर्माण मन्त्रालयबाट जिल्ला प्रशासन कार्यालय कालिकोटमार्फत मृत्यु, बेपत्ता, विस्थापित र अपहरण भएका पीडित तथा परिवारका नाममा राहत रकम निकासा भई आएपनि १ सय ६७ विस्थापित परिवारको नाम छुटेपछि उनीहरूले…

२०७४ श्रावण ५, बिहीबार १४:४७ गते  
इलाका प्रशासन कार्यालयका कर्मचारी दुई हप्तादेखि नहुँदा सेवाग्राही प्रभावित

सर्केगाड गाउँपालिकास्थित इलाका प्रशासन कार्यालयमा कार्यरत कर्मचारी तीन हप्तादेखि नहुँदा सेवाग्राही प्रभावित भएका छन् । इलाका प्रशासन कार्यालयमा कार्यरत कर्मचारी असार १४ गतेबाट कार्यालयमा नहुँदा उक्त कार्यालयले सेवा प्रभावित भएको हो । उक्त कार्यालयबाट नागरिता, नुन र चामलका लागि कुपन वितरण, राहदानीको सिफारिस लगायतका सेवा नपाउँदा सर्केगाड गाउँपालिकाका, अदानचुली गाउँपालिका,…

२०७४ श्रावण ४, बुधबार १६:५९ गते  
इन्सेकको पहलमा द्वन्द्व पीडितका बालबालिकालाई शैक्षिक सहयोग प्रदान

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुर्खेतको पहलमा जिल्ला बालकल्याण समिति सुर्खेतले माओवादी पूर्व लडाकुका दुई नाबालक छोरालाई ०७४ साउन २ गते शैक्षिक सहयोग प्रदान गरेको छ । गुर्भाकोट नपा-९ स्थित बोटेचौर बजारमा बसोबास गर्दै आएकी माओवादीका अशक्त पूर्व लडाकु ३२ वर्षीया लुसी बिकका ११ वर्षीय समर बिक र ७ वर्षीय…

२०७४ श्रावण ४, बुधबार १६:५८ गते  
नवजात शिशु हत्या गरेको कसुरमा सर्वस्व सहित जन्मकैदको फैसला

आफैँले जन्माएको नवजात शिशुको हत्या गरेको कसुरमा दैलेखको नौमूले गाउँपालिका-४, नौमूलेकी २९ वर्षीया खगी मगरलाई दैलेख जिल्ला अदालतले साउन ३ गते सर्वस्व सहित जन्मकैदको फैसला सुनाएको छ । ०७४ जेठ ८ गते जन्मेको छोरालाई हत्या गरी जङ्गलमा गाडेको पुष्टी भएपछि आरोपित खगी मगरको नाममा रहको सम्पति सरकारी हुने र आजीवन…

२०७४ श्रावण ३, मंगलवार २२:०३ गते  
दुई हप्तादेखि विद्यालय बन्द, पठनपाठन प्रभावित

नाम्खा गाउँपालिका-२ को सत्य प्राथमिक विद्यालय लामा खोल्सीमा कार्यरत शिक्षक नहुँदा उक्त विद्यालयको पठनपाठन असार २० गतेदेखि प्रभावित भएको छ । विद्यालयमा शिक्षक नहुँदा दुई हप्तादेखि बन्द विद्यालय साउन ३ गतेसम्म खुल्न नसकेको स्थानीयबासी पेमा हिसे लामाले गुनासो गरे । विभिन्न कामको बाहनामा शिक्षक सिमकोटलगायत विभिन्न ठाउँमा जाने गरेको हँदा…

२०७४ श्रावण ३, मंगलवार २१:५९ गते