पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
पत्नी हत्या घटनाका आरोपित सल्यान कुभिण्डे बनागार नपा-११ पाँचआरेका ३१ वर्षीय तेजबहादुर बिकलाई प्रहरीले भदौ २५ गते सुर्खेतबाट गिरफ्तार गरेको छ । सल्यान र सुर्खेतको सीमा क्षेत्र कालीमाटीबाट घर फर्कदै गरेकी ३४ वर्षीय पञ्चकुमारी बिकलाई तेजबहादुरले गुर्भाकोट नपा-२ को जङ्गलमा भदौ २५ गते ढुङ्गाले टाउकोमा थिचेर हत्या गरेको प्रहरीले जनाएको…
हिमा गाउँपालिका कर्मचारीविहीन, सेवाग्राही मर्कामा
हिमा गाउँपालिकामा १७ दिन देखि कर्मचारी नहुँदा सेवाग्राही मर्कामा परेका छन् । हिमा गाउँपालिकामा कार्यकारी अधिकृत र वडा कार्यालयमा सचिव नहुँदा सेवाग्राही मर्कामा परेका हुन् । हिमा गाउँपालिकामा कार्यरत तत्कालीन कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उपाध्याय चन्दननाथ नगरपालिकामा भदौ ५ गतेदेखि सरुवा भएर गएपछि हिमा गाउँपालिका कार्यकारीविहीन भएको हो । गाउँपालिका र…
औषधिको अभाव हुँदा स्यालको टोकाईबाट बिरामी भएका १७ जना उपचारबाट वञ्चित
गुर्भाकोट नपा-४ स्थित मिलनचोक, आँपखोली र बाघखोर गाँउका घरघरमा पसेर भदौ २१ र २२ गते 'बहुला' स्यालले स्थानीय बासिन्दा र चौपायालाई टोक्दा बिरामी परेकाहरू औषधिको अभावमा उपचारबाट वञ्चित भएका छन् । गुर्भाकोट नपा-४ का वडाध्यक्ष प्रशन्न शाहले दिएको जानकारी अनुसार यसरी घरघरमै पसेर बहुला स्यालको टोकाईबाट १७ जना स्थानीय बासिन्दा…
बलात्कारपछि हत्या गरिएको घटनाका आरोपित गिरफ्तार
तिलागुफा नपा-५ की १९ वर्षीया मन्सरा न्यौपानेलाई बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले दैलेख आठवीसकोट नपा-८ का ३८ वर्षीय कृष्णबहादुर आलेमगर र गाडी चालक सुर्खेत वीरेन्द्रनगर नपा-१ का ३४ वर्षीय लक्ष्मीप्रसाद आचार्यलाई भदौ १८ गते गिरफ्तार गरेको छ । यही घटनाका आरोपितलाई कारबाहीको माग गर्दै भदौ १९ गते कालिकोटका महिला नागरिक…
जिल्लाको एकमात्र एक्सरे मेसिन बिग्रँदा बिरामी मारमा
जिल्ला अस्पतालमा चार महिनादेखि बिग्रेको मेसिन नबनाउँदा एक्सरे गर्नुपर्ने बिरामी महङ्गो हवाई भाडा तिरेर बाहिरी जिल्लामा एक्सरे गर्न जानु परेको बिरामीहरूले गुनासो गरेका छन् । सर्केगाड गाउँपालिका-८ की २६ वर्षीया लक्ष्मी रोकाया जोर्नीको दुखाई भएपछि तीन दिन पैदल हिँडेर एक्सरे गर्न सदरमुकाम सिमकोटमा पुगेपनि जिल्ला अस्पतालको एक्सरे सेवा उपयोग गर्न…
स्वास्थ्य संस्थामा औषधिको अभाव बिरामीले जीवनजलसमेत नपाएको गुनासो
हिमा गाउँपालिका-६ र ७ महावैपाथरखोलाका झाडापखाला बिरामीले जीवनजलसमेत नपाएको गुनासो गरेका छन् । झाडापखालाबाट बिरामी भई स्वस्थ्य चौकीमा जाँदा स्थानीयबासी इमीरा अधिकारीले जीवनजल नपाएको गुनासो गरिन् । स्वास्थ्य चौकीमा बिरामी आउँदा औषधि नपाएर जाने र त्यसको प्रत्यक्ष मार झाडापखलाका बिरामीमा पर्ने गरेको अधिकारीले गुनासो गरिन् । अहिले स्वास्थ्य चौकीमा दैनिक…
सुर्खेतको पुर्वी क्षेत्रको स्वास्थ्य चौकीमा औषधिको अभाव
गुर्भाकोट र भेरीगङ्गा नपा तथा सिम्ता गाँउपालिकामा औषधिको अभाव देखिएको छ । वर्षायाममा लाग्ने झाडापखाला लगायतका रोगका साथै समान्य ज्वरोको औषधि सिटामोलसमेत स्वास्थ्य चौकीमा नभएको साविक मालारानी गाविस तथा गुर्भाकोट नपा-२ का स्वास्थ्य चौकीका इञ्चार्ज युद्धबहादुर थापाले बताए । थापाका अनुसार वर्षातको समयमा सुर्खेतको पुवीक्षेत्रमा पर्ने सबै स्वास्थ्य चौकीहरूमा जीवनजलको…
भाइरल बिरामीको सङ्ख्या बढ्दै, स्वास्थ्य संस्थामा औषधिको अभाव
जिल्लाका अधिकांश दुर्गम गाउँ तथा बजार क्षेत्रमा भाइरलका बिरामीको सङ्या दिनप्रतिदिन बढ्दो अवस्थामा रहेको स्थानीयले बताएका छन् । यहाँका स्थानीयहरू भाइरलबाट ग्रस्त भएकाले पानी दिनेसम्म पनि सारसुहाउँदै नभएको उनीहरूको गुनासो छ । भाइरलका कारण गाउँमा निकै समस्या भइरहेको तर स्वास्थ्य संस्थामा जनशक्ति र औषधि नहुँदा उपचारमा समेत समस्या परेको स्थानीयबासी…
भाइरल ज्वरोका कारण तीन जनाको मृत्यु, स्वास्थ्य चौकीमा औषधि अभाव
भाइरल ज्वरोका विरामीको सङ्ख्या बढदै आएको अवस्थामा स्वास्थ्य चौकीमा औषधि अभाव हुँदा र टाढा लैजाने बाटो बाढी पहिरोले भत्काएपछि बन्गाड कुपिण्डे नगरपालिकाका तीन जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बनगाड कुपिण्डे नपा-३ की ५० वर्षीया झुपी बस्नेत, सोही नपा-५ की २६ वर्षीया भगवती साहु र सोही नपा-६ की…
बेपत्ता बनाइएका व्यक्तिको सम्झनामा वृक्षरोपण
बलपूर्वक बेपत्ता बनाउने कार्य विरूद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा जाजरकोटमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । सदरमुकाम खलङ्गाको ठाँटी बजारमा जम्मा भएका बेपत्ता पारिएका व्यक्तिका परिवारका सदस्यहरूले भदौ १४ गते रानागाउँस्थित नेपाल रेडक्रस भवनको नजिक वृक्षरोपण गरेका हुन । हरेक वर्षबेपत्ता दिवस मनाउँदै आएको नेपाल रेडक्रसले यस वर्षपनि वृक्षरोपण गरेर मनाउने…