शिक्षकलाई कुटपिट गरेको घटनाका आरोपितलाई कानुनी कारबाहीको माग

सिमकोट गाउँपालिका-६ स्थित मानसरोवर माविका शिक्षकलाई कुटपिट गरेको घटनामा संलग्न आरोपितलाई कानुनी कारबाहीको मागगर्दै उक्त विद्यालयका शिक्षकहरूले भदौ ४ गते प्रमुख जिल्ला अधिकारीसमक्ष माग गरेका छन् । अर्धवार्षिक परीक्षा चलिरहेको अवस्थामा उक्त विद्यालयका निरीक्षक ३४ वर्षीय सौगात गौतम कक्षा कोठामा रहेको अवस्थामा भदौ २ गते बिहान १०ः३० बजे सोही विद्यालयको…

२०७४ भाद्र ५, सोमबार २२:३१ गते  
अज्ञात समूहद्वारा विद्यालय तोडफोड, कागजात नष्ट

सर्केगाड गाउँपालिका-७ मा रहेको कोट माविमा अज्ञात समूहद्वारा तोडफोड हुँदा अभिलेख नरहने गरी कागजात च्यातिएको विद्यालय प्रशासनले जनाएको छ । साउन ३० गते कोट माविको झ्याल तोडेर अज्ञात समूहले विद्यार्थी र शिक्षकको हाजिर रजिष्टार, यसै वर्षमाध्यामिक शिक्षा उतीर्ण भएका विद्यार्थीको लव्धाङ्कपत्र, गत वर्षको लेखा परीक्षण प्रतिवेजन, बैङ्कको चेकवबुकलगायतका कागजात च्यातिएर…

२०७४ भाद्र ५, सोमबार ०९:३९ गते  
पत्नीको हत्या गरेको भन्दै पति आफैँ प्रहरी कार्यालयमा

वीरेन्द्रनगर नपा-१२ चनौटेकी १८ वर्षीया पवित्रा नेपालीलाई बन्चरो प्रहार गरी हत्या गरेको भन्दै १९ वर्षीय पति चक्रबहादुर परियार साउन ३२ गते आफैँ जिल्ला प्रहरी कार्यालयमा पुगेका छन् । विवाह भएको दुई महिनामा घरायसी विषयमा भएको विवादमा पत्नीको घाटी र शरीरका विभिन्न भागमा पतिले बन्चरो प्रहार गरी साउन ३२ गते हत्या…

२०७४ भाद्र २, शुक्रबार १७:३६ गते  
बहुविवाह घटनाका आरोपित गिरफ्तार

माहावोई गाउँपालिका-२ गेलाका ३३ वर्षीय भिमबहादुर शाहीलाई बहुविवाह गरेको आरोपमा प्रहरीले साउन ३१ गते गिरफ्तार गरेको छ । सुर्खेत जिल्ला घर भएकी नाम नखुलेकी एक युवतीसँग बहुविवाह गरेको आरोपमा भिमबहादुरकी जेठी पत्नी भगवती शाहीले जिल्ला प्रहरी कार्यालय कालिकोटमा साउन ३१ गते बहुविवाहसम्बन्धी उजुरी दिएकी थिइन् । आरोपित शाहीले साउन ३०…

२०७४ श्रावण ३२, बुधबार १४:१३ गते  
राज्य र राजनीतिक दलले निर्णय कार्यान्वयन नगरेको सहिद परिवारको गुनासो

दुई वर्षअघि सिमाङ्कनमा असन्तुष्टि राख्दै भएको आन्दोलनको क्रममा ज्यान गुमाएका सहिद परिवारले आफुहरूसँग गरेको सहमति राज्य र राजनीतिक दलले कार्यान्वयन नगरेको गुनासो गरेका छन् । सहिद परिवारका आफन्तले इन्सेककर्मीसँगको भेटमा यस्तो गुनासो गरेका हुन् । ०७२ साउन २१ गतेदेखि वीरेन्द्रनगरमा सुरू भएको सिमाङ्कन विरूद्ध गरिएको आन्दोलनको तेस्रो दिन प्रहरीको गोलीबाट…

२०७४ श्रावण २७, शुक्रबार १६:३४ गते  
कैदी बन्दीमा भाइरल ज्वरोको प्रकोप, एकै दिनमा ३२ जनाको उपचार

जिल्ला कारागार सल्यानमा रहेका कैदी बन्दीमा भाइरल ज्वरोको प्रकोप देखिएको छ । कैदी बन्दीलाई भाइरल ज्वरो देखिएपछि साउन २५ गते ३२ जनाको उपचार भएको जेलर विक्रम केसीले जानकारी दिए । जिल्ला अस्पताल सल्यानका चार जना डाक्टरसहितको टोलीले साउन २५ गते कैदी बन्दीको स्वास्थ्य जाँचपछि उपचार गरिएको जेलर केसीले बताए ।…

२०७४ श्रावण २६, बिहीबार २०:५० गते  
हराएकी बालिका मृत फेला, बलात्कारपछि हत्याको आशङ्का

डुङ्गेश्वर गाउँपालिका-२ लाँकुरी तुलसेनीकी १४ वर्षीया बालिका मनसरा खड्का हराएको एक हप्तापछि मृत अवस्थामा फेला परेकी छन् । डुङ्गेश्वर गाउँपालिका-१ को खाडाखोला दमाखेत जङ्गलमा उनको शव साउन २६ गते फेला परेको प्रहरीले जनाएको छ । साउन १९ गते दिउँसो चुप्रा बजारको मिलबाट धान कुटेर फर्कने क्रममा हराएकी बालिकाको शव गाईवस्तुलाई…

२०७४ श्रावण २६, बिहीबार २०:४८ गते  
बालविवाह बदरको माग गर्दै प्रहरीमा उजुरी

बालविवाह मुक्त घोषित गरिएको सान्नी त्रिवेणी गाउँपालिका-४ रकु सेरीज्यूला गाउँमा केटी पक्षका अभिभावकले बालविवाह बदरको माग गर्दै साउन २३ गते प्रहरी कार्यालयमा उजुरी दिएका छन् । त्रिवेणी गाउँपालिका-४ की १४ वर्षीया बालिका र सोही ठाउँका १५ वर्षीय बालकबिच असार २८ गते विवाह भएको भन्दै बालिकाका बावुले प्रहरी चौकी मुङ्ग्रामा बालविवाह…

२०७४ श्रावण २४, मंगलवार २२:३५ गते  
मानव अधिकारको अवस्थाका विषयमा आयोगद्वारा सरोकारवालासँग छलफल

राष्ट्रिय मानव अधिकार आयोगको क्षेत्रीय टोलीले जिल्लाको मानव अधिकार, सुशासन, दिगो विकास र वातावरणको अवस्थाका विषयमा साउन २४ गते सम्बन्धित सरोकारवाला निकायबिच छलफल गरेको छ । राष्ट्रिय मानव अधिकार आयोगका क्षेत्रीय प्रमुख मुरारी खरेल र आयोगका अधिकृत टङ्क खनालले जिल्लाको मानव अधिकारको अवस्थाका बारेमा साउन २४ गते प्रहरी, प्रशासन र…

२०७४ श्रावण २४, मंगलवार २२:२१ गते  
व्यवस्थापन समिति सदस्यद्वारा शिक्षकमाथि हातपात, शिक्षकद्वारा अनिश्चितकालिन विद्यालयबन्द

विद्यालय व्यवस्थापन समितिका सदस्यले शिक्षकलाई विद्यालय हातामै गएर हातपात गरेपछि खार्पूनाथ गाउँपालिका-५ को बाग्येश्वरी आधारभुत विद्यालयमा कार्यरत शिक्षकले विद्यालयको पठनपाठन अनिश्चितकालका लागि बन्द गरेका छन् । विद्यालयका शिक्षक लक्ष कामीलाई व्यवस्थापन समिति सदस्य रूपसिंह भण्डारीले साउन १८ गते विद्यालयमा पढाइ भइरहेको बेला लठ्ठीले कुटपिट गरेपछि बसेको विद्यालयका शिक्षकहरूको बैठकले शिक्षकमाथि…

२०७४ श्रावण १८, बुधबार २०:३२ गते