१५ ओटा मतदान केन्द्र अति सम्वेदनशील

आगामी मङ्सीर १० गते सम्पन्न हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि हुम्लामा तोकिएका ५२ मतदान केन्द्र मध्ये १५ ओटा केन्द्र अति सम्वेदनशील रहेका छन् । सुरक्षा सम्वेदनशीलताको आधारमा अति सम्वेदनशील मतदान केन्द्रमा अहिलेदेखि नै सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले बताए । निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न…

२०७४ कार्तिक १९, आईतवार २०:५६ गते  
अनेरास्ववियु (क्रा.) का कार्यकर्ताको आक्रमणबाट युवा सङ्घका अध्यक्ष घाइते

मुडकेचुला गाउँपालिका-१ कालिका निवासी युवा सङ्घका गाउँपालिका अध्यक्ष ४२ वर्षीय रूद्र शाहीलाई कात्तिक १८ गते माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रा) का जिल्ला सदस्य टक्क शाहीले चिरपट दाउरा प्रहार गरी घाइते बनाएको पीडित पक्षको आरोप छ । अनेरास्ववियु (क्रा) का कार्यकर्ताको आक्रमणबाट युवा सङ्घका अध्यक्ष शाहीको टाउकोमा चोट लागेको छ ।…

२०७४ कार्तिक १९, आईतवार २०:४७ गते  
जिल्ला अस्पतालमा एक महिनादेखि औषधि अभाव

औषधि खरिदका लागि नगरपालिकाबाट बजेट निकाशा नभएपछि बिगत एक महिनादेखि जिल्ला अस्पताल जाजरकोटमा औषधि अभाव भएको छ । जिल्ला अस्पतालमा गज, कटन, ग्लोप्स, आरएल, सिप्रो, सिटामोल, मेट्रोलगायतका औषधि अभाव भएको जिल्ला अस्पतालका स्टोर किपर दशरथ लामिछानेले बताए । जिल्ला अस्पतालमा ७० प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने सरकारको नीति भएपनि हाल…

२०७४ कार्तिक १७, शुक्रबार २१:१५ गते  
पायक पर्ने स्थानमा मतदान केन्द्र हुनुपर्ने स्थानीयबासीको माग

ताँजाकोट गाउँपालिका-२ मासपुरका स्थानीयबासीले पायक पर्ने स्थानमा मतदान केन्द्र हुनुपर्ने माग गरेका छन् । विगतका निर्वाचनमा आफूहरूको मतदान केन्द्र हिमालय प्रावि मासपुरमा भएको बताउँदै यसपटक उक्त मतदान केन्द्र निर्वाचन आयोगबाट छुटाएको स्थानीयबासी धर्मजित शाहीले आरोप लगाए । मतदान केन्द्र अपायक ठाउँमा भएको भन्दै ताँजाकोट गाउँपालिका-१ का स्थानीयबासीले कात्तिक १३ गते…

२०७४ कार्तिक १७, शुक्रबार २१:१३ गते  
हिंसापीडित महिला न्याय खोज्दै सदरमुकाममा

कुशे गाउँपालिका-५ खुर्पाकी २३ वर्षीया जानुका सिंह घरेले हिंसाबाट पीडित भएको भन्दै न्यायका लागि जिल्ला सदरमुकाम खलङ्गामा भौँतारिइरहेकी छन् । उनलाई २४ वर्षीय पति दिपबहादुर सिंहले प्रायजसो कुटपिट गर्ने जानुकाले सुनाइन् । सधैँजसो मदिरा सेवन गरेर आउने र आफूलाई कुटपिट गर्ने गरेको पीडित महिलाको आरोप छ । पतिले गर्दै आएको…

२०७४ कार्तिक १७, शुक्रबार २१:०५ गते  
जुम्लाका ४१ मतदानस्थल अति सम्वेदनशील

आसन्‍न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि जुम्लाका ४१ मतदान स्थललाई अति सम्वेदनशील स्थलको रूपमा सूचीकृत गरिएको छ । सुरक्षा सम्वेदनशीलताका आधारमा ७६ ओटा मतदानस्थल मध्ये ४१ ओटालाई अति सम्वेदनशील स्थलका रूपमा राखिएको जिल्ला सुरक्षा समितिले जनाएको हो । सुरक्षा चुनौतिको विश्लेषणका आधारमा जिल्ला सुरक्षा समितिले जिल्लाका मतदानस्थलको बर्गिकरण गरेको…

२०७४ कार्तिक १७, शुक्रबार २१:०० गते  
डोल्पाका २२ मतदान केन्द्र सम्वेदनशील

डोल्पामा तोकिएका ६६ मतदान केन्द्र मध्ये २२ मतदान केन्द्र सुरक्षा चुनौतिका आधारमा सम्वेदनशील सूचीमा राखिएको जिल्ला निर्वाचन कार्यालय डोल्पाले जनाएको छ । सम्वेदनशील सूचीमा राखिएका २२ ओटै मतदान केन्द्र उपल्लो डोल्पाका रहेका छन् । सुरक्षा तथा संचार व्यवस्थापनको आधारमा माथिल्लो भेगमा पर्ने मतदान केन्द्र अन्य मतदान केन्द्रको तुलनामा थप सम्वेदनशील…

२०७४ कार्तिक १७, शुक्रबार २०:५७ गते  
स्वाथ्य संस्थामा स्वास्थ्यकर्मी नआएपछि स्थानीयबासीद्वारा तालाबन्दी

खार्पुनाथ गाउँपालिका-५ स्थित स्वास्थ्य चौकीमा स्वाथ्यकर्मी नियमित नआएपछि स्थानीयबासीले ताला लगाएका छन् । खार्पुनाथ गाँउका १४ वर्षीय बालक जनक शाहीको टाउकोमा चोट लागेर तीन ओटा टाँका लगाएको १५ दिन बितिसक्दा पनि स्वास्थ्य कार्यालयमा कर्मचारी नआएपछि सो स्वास्थ्य चौकीमा कात्तिक १४ गतेबाट ताला लगाइएको स्थानीयबासी कमल शाहीले बताए । विगत एक…

२०७४ कार्तिक १७, शुक्रबार ०७:२७ गते  
जुम्लाका ५४ दशमलब ५ प्रतिशत बालबालिकालाई कुपोषण

जिल्लाका ५४ दशमलब ५ प्रतिशत बालबालिका अझै पनि कुपोषित रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार चार वर्षमा जुम्लाका २७ प्रतिशत बालबालिका कुपोषणमुक्त हुँदा पनि तथ्याङ्क यस्तो डरलाग्दो रहेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाका अनुसार सन् २०१२ मा गरिएको बेसलाइन सर्भेक्षण अनुसार जुम्लाका ८१ प्रतिशत बालबालिकामा कुपोषणको…

२०७४ कार्तिक १६, बिहीबार २०:१६ गते  
स्थानीय सरकार जनताप्रति उदासिन भएको गुनासो

सिंहदरबारको अधिकार स्थानीय तहमा आएको भन्दै आम नागरिकमा खुशियाली छाएपनि हाल गठित स्थानीय सरकार जनताको समस्याप्रति उदासिन बनेकोले जनताले अपेक्षा गरे अनुरूपको राहत पाउन नसकेको एक कार्यक्रमका सहभागीले गुनासो गरेका छन् । इन्सेक नेपालगञ्जद्वारा कात्तिक १५ गते वीरेन्द्रनगरमा सम्पन्न जिल्लाको मानव अधिकार अवस्था विषयक साझेदारी बैठकका सहभागीले यस्तो गुनासो गरेका…

२०७४ कार्तिक १५, बुधबार १९:३१ गते