मुगुका १८ मतदान केन्द्र अति सम्वेदनशील

जिल्ला सुरक्षा समितिले जिल्लाका १८ मतदान केन्द्र अति सम्वेदनशील रहेको जनाएको छ । ६० ओटा मतदान केन्द्रमध्ये सुरक्षा समितिले १८ अति सम्वेदनशील, १९ सम्वेदनशील र २३ सामान्यमा राखेको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए । सदुरमुकाम गमगढी नजिक रहेको छाँयानाथ रारा नपा-१२ शोभा गाँउमा रहेको मतदान केन्द्रमा नेपाल कम्युनिष्ट पार्टीका…

२०७४ कार्तिक २४, शुक्रबार २१:०५ गते  
मतदान केन्द्र खारेज गर्न नेपाल कम्युनिष्ट पार्टीको दबाव

छाँयानाथ रारा नपा-१२ शोभा गाँउस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय शोभा मतदान केन्द्र खारेज गर्न नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले एमाले र काङ्ग्रेसका कार्यकर्तालाई दबाव दिएका छन् । नेपाल कम्युनिष्ट पार्टीको जिल्ला सचिवालय सदस्य सिद्धान्तले आफ्नो पकड मानिएको छाँयानाथ रारा नपा-१२ शोभा गाँउमा काङ्ग्रेस र बामगठबन्धनका कार्यकर्तालाई कात्तिक २० गते बोलाई दबाव…

२०७४ कार्तिक २४, शुक्रबार २१:०३ गते  
तीन दिने क्षमता अभिबृद्धि तालिम सुरू

इन्सेक नेपालगञ्जको आयोजनामा बाल अधिकार चेतना समूहका सदस्यहरूका लागि तीन दिने क्षमता अभिबृद्धि तालिम कात्तिक २२ गतेदेखि वीरेन्द्रनगरमा सुरू भएको छ । तालिमको सुरूवात गर्दै इन्सेक नेपालगञ्जकी कार्यक्रम फोकल पर्सन सरस्वती मल्लले बालबालिकाको अधिकार सूचित गरिएमात्र पनि मुलुकको समग्र विकासमा टेवा पुग्ने बताइन् । बाल अधिकारको संरक्षण र सम्बर्द्धनमा इन्सेकले…

२०७४ कार्तिक २२, बुधबार २०:५८ गते  
औषधि अभावका कारण बिरामीले पुर्णडोजको औषधि पाउँदैनन्

स्वास्थ्य संस्थामा औषधि अभावका कारण बिरामीलाई पुर्णडोजको औषधि दिन नसकिएको पातारासी गाउँपालिकास्थित छुमचौर स्वास्थ्य चौकीका प्रमुख प्रकाश सापकोटाले बताए । उनले भने-'अहिले औषधि अभावका कारण १० ट्याव्लेट दिनुपर्ने बिरामीलाई २ ओटा ट्याव्लेट मात्र दिएका छौँ । गाउँपालिकामा औषधि खरिदको बजेट आएको छ भन्ने सुनिए पनि चालु आर्थिक वर्षको पहिलो चौमासिक…

२०७४ कार्तिक २२, बुधबार २०:५६ गते  
सल्यानका ५४ मतदानस्थल अति सम्वेदनशील

सल्यान जिल्लाका ५४ ओटा मतदानस्थल अति सम्वेदनशीलको सूचीमा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लाको भौगोलिक विकटता तथा शान्ति सुरक्षाका आधारमा ५४ ओटा मतदानस्थल अति सम्वेदनशीलको सूचीमा रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख महेश शर्माले बताए । यस्तै ३७ ओटा मतदानस्थल सम्वेदनशील र २० ओटा मतदानस्थल सामान्य रहेका छन् ।…

२०७४ कार्तिक २२, बुधबार २०:५२ गते  
हुम्लाका २० ओटा मतदान केन्द्र सञ्चारविहीन !

आगामी मङ्सीर १० गते सम्पन्न हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि जिल्लामा तोकिएका ५२ मतदान केन्द्र मध्ये २० ओटा मतदान केन्द्र सञ्चारविहीन रहेका छन् । नाम्खा गाउँपालिकाका १० ओटा, ताँजाकोट गाउँपालिकाका दुई ओट, सर्केगाड गाउँपालिकामा पाँच, चङ्खेली गाउँपालिकाका दुई र सिमकोट गाउँपालिकामा एउटा मतदान केन्द्र सञ्चारको सुविधाबाट विमुख…

२०७४ कार्तिक २१, मंगलवार २०:५० गते  
बाढी पीडितहरूले निर्वाचन बहिष्कार गर्ने चेतावनी

सुर्खेत र बर्दियाका बाढी पीडितहरूले उचित घरबासलगायतका आफ्ना माग पुरा नगरिए आसन्न प्रदेश र प्रतिनिधि सभाको निर्वाचन बहिष्कार गर्ने चेतावनी दिएका छन् । सुर्खेतको बराहताल गाँउपालिका-२ गिरीघाट खोलामा कात्तिक २१ गते आयोजित प्रदेश तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवारसँगको भेलामा उनीहरूले यस्तो चेतावनी दिएका हुन् । गत ०७१ साउन महिनाको अन्तिम हप्तामा…

२०७४ कार्तिक २१, मंगलवार २०:२१ गते  
डेढ महिनादेखि स्वास्थ्य संस्थामा औषधिको अभाव

हिमाली जिल्ला डोल्पाका स्वास्थ्य संस्थामा डेढ महिनादेखि औषधि अभाव भएको छ । तल्लो डोल्पाका मुडकेचुला र जगदुला गाउँपालिकामा रहेका स्वास्थ्य केन्द्र र उपल्लो डोल्पामा रहेका डोल्पो बुद्ध, छार्का ताङगसोग, शे फोक्सुण्डो र काइके गाउँपालिकास्थित स्वास्थ्य केन्द्रमा असोजको पहिलो हप्ताबाट अत्यावश्यक औषधिको अभाव भएको हो । उपल्लो डोल्पाका चार गाउँपालिकामा रहेका…

२०७४ कार्तिक २१, मंगलवार २०:२० गते  
औषधिको अभावमा गुर्भाकोट नपा १ र २ का बासिन्दा उपचार सेवाबाट वञ्चित

गुर्भाकोट नपा-२ स्थित स्वास्थ्य चौकी मालारानीमा डेढ महिनादेखि औषधि नहुँदा गुर्भाकोट नपा-१ र २ का बासिन्दा सामान्य प्राथमिक उपचार सेवाबाटसमेत वञ्चित भएका छन् । सो स्वास्थ्य चौकीमा डेढ महिनादेखि नै सिटामोल र जीवनजल जस्ता सामान्य औषधिसमेत नहुँदा स्थानीयबासी उपचार सेवाबाट वञ्चित हुनुपरेको स्थानीयबासी खुमलाल कँडेलले गुनासो गरे । कँडेलका अनुसार…

२०७४ कार्तिक २०, सोमबार २१:२३ गते  
१५ ओटा मतदान केन्द्र अति सम्वेदनशील

आगामी मङ्सीर १० गते सम्पन्न हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि हुम्लामा तोकिएका ५२ मतदान केन्द्र मध्ये १५ ओटा केन्द्र अति सम्वेदनशील रहेका छन् । सुरक्षा सम्वेदनशीलताको आधारमा अति सम्वेदनशील मतदान केन्द्रमा अहिलेदेखि नै सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले बताए । निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न…

२०७४ कार्तिक १९, आईतवार २०:५६ गते