यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको भन्दै तिलागुफा नपा-४ का २८ वर्षीय लक्ष्मण शाही र सोही ठाउँका २५ वर्षीय दिपेन्द्र शाहीविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा मङ्सिर १५ गते उजुरी दिएको छ । पीडितका आफन्तले दिएको उजुरी दर्ता गरी अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएसपी सुवासचन्द्र बोहोराले…

२०७४ मंसिर १६, शनिबार १९:०२ गते  
उम्मेदवारको घरमा भेटिएको बम नेपाली सेनाको टोलीद्वारा निष्कृय

नेपाली काङ्ग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार छाँयानाथ रारा नपा-१ का हस्तबहादुर मल्लको घरमा अज्ञात समूहले राखेको बम नेपाली सेनाको टोलीले मङ्सिर १४ गते निष्कृय बनाएको छ । उम्मेदवारको घरको आँगनमा अज्ञात समूहले राखेको कुकर बम नेपाली सेनाले निष्कृय बनाएको हो । मङ्सिर १४ गते बिहान करिब सात बजे नातिले घर…

२०७४ मंसिर १४, बिहीबार २०:१८ गते  
हुम्लाका मतपेटिका हेलिकप्टरबाट सदरमुका ल्याइएपनि मतदान अधिकृतहरू अलपत्र

हुम्ला जिल्लाका भौगोलिक रूपमा अति विकट क्षेत्रमा रहेका मतपेटिकाहरू हेलिकप्टरबाट सदरमुकाम ल्याइएपनि मतदान अधिकृतहरू भने अलपत्रमा परेका छन् । मतपेटिका ओसार्ने हेलिकप्टरबाट सदरमुकाम सिमकोट जान नपाएको भन्दै अदानचुली र ताँजकोट गाउँपालिकाका मतदान केन्द्रका मतदान अधिकृतहरू आन्दोलित भएका छन् । मङ्सिर १० गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका क्रममा…

२०७४ मंसिर ११, सोमबार २१:१८ गते  
फर्जी मत खसालेको आरोप मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी

जुम्लाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ सिञ्जा क्षेत्रको रोकायवाडा प्राथमिक विद्यालयको मतदान केन्द्रमा एमाले कार्यकता तथा उम्मेदवारले फर्जी मत खसालेको आरोपमा मुख्य निर्वाचन अधिकृतको कार्यालय, जुम्लमा उजुरी परेको छ । नेपाली काङ्ग्रेसका प्रतिनिधि सभाका उम्मेदवार देवेन्द्र शाहीले उक्त मतदान केन्द्रमा एमालेले फर्जी मत खसालेको भन्दै मङ्सिर १० गते मुख्य…

२०७४ मंसिर ११, सोमबार २१:१५ गते  
मतपेटिका ल्याउँदै गरेको टोलीमाथि बम प्रहार एक जना घाइते

प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो चरणमा सम्पन्न निर्वाचन अन्तरगत कुशे गाउँपालिका-१ को मतपेटिका बोकेर सदरमुकाम ल्याउँदै गरेको कर्मचारीको टोलीमाथी मङ्सिर ११ गते बिहान लक्षित गरी बम विष्फोट भएको छ । विष्फोटबाट मतपेटिका बोकेका सहयोगी शान्तबहादुर बस्नेत सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भाबेश रिमालले बताए । कुशे गाउँपालिका-१…

२०७४ मंसिर ११, सोमबार १३:५५ गते  
काङ्ग्रेस र एमाले कार्यकर्ताबिच झडप, दुई जना घाइते

खत्याड गाउँपालिका-४ ज्युकामा रहेको मतदान केन्द्रमा नेपाली काङ्ग्रेस र नेकपा एमाले कार्यकर्ताबिच भडप हुँदा दुई जना घाइते भएका छन । मतदान केन्द्रमा पार्टीको एजेण्ट बस्नका लागि काङ्ग्रेसले कसैको नाम सिफारिस नगरेको तथा दिउँसो फरक मतदान केन्द्रका काङ्ग्रेस कार्यकर्ता आएर विवाद गर्न थाले पछि झडप भएको एमालेको आरोप छ । झडपका…

२०७४ मंसिर ११, सोमबार १२:४१ गते  
काङ्ग्रेस र वाम गठबन्धनका कार्यकर्ताबिच झडप, दुवै पक्षका गरी चार जना घाइते

खार्पुनाथ गाउँपालिका-१ मा काङ्ग्रेस र वाम गठबन्धनका कार्यकर्ताबिच मङ्सिर ८ गते राति भएको झडपमा दुवै पक्षका गरी चार जना घाइते भएका छन् । घाइते हुनेमा खार्पुनाथ गाउँपालिका-१ का वाम गठबन्धनका कार्यकर्ता ३० वर्षीय दिपबहादुर शाही, सोही ठाउँका नेपाली काङ्ग्रेसका कार्यकर्ताहरू २७ वर्षीय मानबहादुर शाही, ४५ वर्षीय विर्जन शाही र ३६…

२०७४ मंसिर ९, शनिबार १४:१२ गते  
नेपाल कम्युनिष्ट पार्टीका कार्यकताद्वारा वडाध्यक्ष अपहरण

कुशे गाउँपालिका-१ घरभई सोही वडाका वडाअध्यक्ष ३४ वर्षीय गोपाल नेपालीलाई मङ्सिर ९ गते बिहान नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले अपहरण गरेका छन् । बिहान २ बजे कुशे गाउँपालिका कार्यालय नजिक आफन्तको घरबाट नेपाल कम्युनिष्ट पार्टीका चार जनाको सङ्ख्यामा आएका सो पार्टीका कार्यकर्ताले अपहरण गरेको वडाध्यक्षका भाइ प्रमोद नेपालीले जानकारी दिए ।…

२०७४ मंसिर ९, शनिबार १३:५१ गते  
हत्याका आरोपित पति र सासू गिरफ्तार

वीरेन्द्रनगर नपा-१० की १८ वर्षीया सुस्मिता (राजी) शाहीको हत्या गरेको आरोपमा १८ वर्षीय पति आदेश शाही र ३७ वर्षीया सासू सरस्वती शाहीलाई प्रहरीले मङ्सिर ६ गते गिरफ्तार गरेको छ । मृतक सुस्मिताका बुबा लालबहादुर राजीले मङ्सिर ५ गते दिएको उजुरीका आधारमा प्रहरीले दुवै जनालाई घरबाट गिरफ्तार गरेको हो । अन्तरजातीय…

२०७४ मंसिर ७, बिहीबार १५:४२ गते  
एमालेका कार्यकर्ताद्वारा काङ्ग्रेसका कार्यकर्ता कुटिए

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको पहिलो चरणमा हुन गइरहेको निर्वाचनमा एजेन्ट बस्ने कार्यकर्ताको एजेन्ट पत्र लिएर छार्काताँगसोग गाउँपालिकास्थित काककोटमा पुगेका काङ्ग्रेस कार्यकर्ता सुर्य टमटा र जीवन भण्डारीलाई नेकपा एमालेका कार्यकर्ताले मङ्सिर ६ गते साँझ कुटपिट गरेको आरोप छ । जिल्ला समन्वय समितिका संयोजकसमेत रहेका एमालेका शेरबहादुर बुढा र काइके…

२०७४ मंसिर ७, बिहीबार १५:३२ गते