बालविवाह गरेको कसुरमा एक महिना कैद र १० हजार रुपियाँ जरिबाना
१५ वर्षीया बालिकासँग विवाह गरेको आरोपमा नारायण नपा-११ बिन्ध्यवासिनीका २६ वर्षीय हेमन्त थापालाई जिल्ला अदालतले फागुन २२ गते एक महिना कैद र १० हजार रुपियाँ जरिबाना गरेको छ । पीडित बालिकालाई विवाह गराउन फकाएको आरोपमा नारायण नपा-११ बिन्ध्यवासिनीकै गगनबहादुर थापा र शेरबहादुर थापालाई प्रति व्यक्ति एक/एक हजार रुपियाँ जरिबाना गरिएको…
बहुविवाह घटनाका आरोपित गिरफ्तार
बहुविवाह घटनाका आरोपित पलाता गाउँपालिका-७ का २५ वर्षीय अलबहादुर बम र कैलाली जिल्ला टिकापुर नपा-२ की १८ वर्षीया कोपीला न्यौपानेलाई प्रहरीले फागुन २० गते गिरफ्तार गरेको छ । अलबहादुरकी २५ वर्षीया पत्नी अनुशा बमले फागुन २० गते जिल्ला प्रहरी कार्यालय कालिकोटमा बहुविवाहको उजुरी दिएपछि आरोपितद्वयलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला…
स्थानीय तहका जनप्रतिनिधिद्वारा सुरक्षाको माग
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जनप्रतिनिधिलाई तत्काल राजीनामा दिन दबाव दिएपछि स्थानीय तहका जनप्रतिनिधिद्वारा फागुन २० गते स्थानीय प्रशासनसँग सुरक्षाको माग गरेका छन् । जनतासँग 'जथाभावी कर सङ्कलन' नगर्न आग्रह गर्दै राजीनामा दिएर जनसत्तालाई सहयोग गर्न नेपाल कम्युनिष्ट पार्टीले आग्रह गरेपछि जनप्रतिनिधिहरूले स्थानीय प्रशासनसमक्ष सुरक्षाको माग गरेका हुन् ।…
आन्दोलनको समाचार सम्प्रेषण नगरेको आरोपमा पत्रकारमाथि दुर्व्यवहार
डोल्पाको सदरमुकाम दुनैमा आन्दोलनकारीहरूले जिल्लामा रहेका पत्रकारहरूमाथि आक्रमण गरेका छन् । ठुलीभेरी नगरपालिकाको केन्द्र दुनैबाट जुफाल सारेको विरोधमा आन्दोलन गरिरहेका आन्दोलनकारीहरूले जिल्लामा क्रियाशील पत्रकारहरूमाथि फागुन १९ गते दिउँसो आक्रमण गरेका हुन् । आन्दोलनको प्रचारप्रसार नगरेको र नगरप्रमुख गणेशबहादुर शाहीसँग मिलेको आरोपमा पत्रकारहरूमाथि आक्रमण गरेको जनाइएको छ । आन्दोलनकारीको आक्रमणबाट नेपाल…
कैदीबन्दीको चाप बढेपछि पालो लगाएर सुत्नुपर्ने बाध्यता
जिल्ला कारागार सल्यानमा अहिले कैदिबन्दीहरूको चाप बढदै गएपछि पालो लगाएर सुत्नु पर्ने बाध्यता रहेको कैदीबन्दीले बताएका छन् । कारागारमा अहिले क्षमता भन्दा चार गुना बढी कैदीबन्दी भएपछि यस्तो समस्या आएको हो । 'हामीहरू अहिले धेरै छौँ । त्यसैले राति सुत्न पनि पाइँदैन'-७० वर्षीय कैदी लालबहादुर बुढाथोकीले भने-'पलो लगाएर सुत्नु पर्छ…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा सोरु गाँउपालिका-२ का २८ वर्षीय हिक्मत शाही र उक्त घटना गाउँघरमा मिलाउन खोजेको भन्दै सोही ठाउँका अन्य ६ जना विरूद्ध पीडित पक्षले फागुन १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । पीडितलाई आरोपितले माघ १५ गते राति बलात्कार गरेको पीडित पक्षले आरोप छ…
वडा कार्यालयमा अज्ञात समूहद्वारा तोडफोड
तातोपानी गाउँपालिका-५ स्थित वडा कार्यालयमा अज्ञात समूहले फागुन १४ गते राति तोडफोड गरेको छ । तोडफोडबाट कार्यालयका ल्यापटप कम्प्यूटर एक थान, ल्यापटपको चार्जर एक थान, मल्टिपलक एक थान, क्याल्कुलेटर एक थान र रजिष्टर पाँच थान चोरी भएको वडा सचिव एकराज चौलागाईले बताए । उनले भने-'कार्यालय तोडफोड गर्नेले किला ठोक्ने हम्बरले…
सदमुकामका स्वास्थ्य संस्थामै औषधिको अभाव
जुम्लाको सदरमुकाम खलङ्गास्थित चन्दननाथ नगरपालिका भित्र पर्ने स्वास्थ्य चौकीमा औषधिको चरम अभाव देखिएको छ । चालु आर्थिक वर्ष २०७४/०७५ मा औषधि खरिदका लागि जिल्ला स्वास्थ्य कार्यालयमा न्यून बजेट विनियोजन हुनु र स्थानीय तह नगरपालिकाले औषधि खरिदमा बजेट विनियोजन नगरी सबै बजेट विकास निर्माण कार्यमा विनियोजन गरेका कारण स्वास्थ्य संस्थामा औषधिको…
प्रहरीको गोली प्रहारबाट हत्या भएका म्यादी प्रहरीका परिवारले क्षतिपूर्ति पाएनन्
तीन महिनाअघि प्रहरीको गोली लागेर मृत्यु भएका रास्कोट नपा-१ का म्यादी प्रहरी विवेक ऐडीका घरपरिवारले क्षतिपूर्ति नपाएको गुनासो गरेका छन् । मृतक ऐडीका परिवारले फागुन १४ गते कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई भेटेर हालसम्म राहत नपाएको गुनासो गरेका हुन् । निर्वाचन सुरक्षाका लागि भर्ना भएका म्यादी प्रहरीहरूले सेवा सुविधाको माग…
स्वास्थ्य केन्द्रमा औषधिको चरम सङ्कट
त्रिपुरासुन्दरी नगरपालिका अन्तर्गतका पाँच ओटा स्वास्थ्य चौकीहरूमा औषधिको चरम सङ्कट परेको छ । त्रिपुराकोट स्वास्थ्य चौकी, पहाडा ,लिकु, ल्हाँ र सुऊका स्वास्थ्य चौकीहरूमा गएको मङ्सिर महिनादेखि औषधिको चरम सङ्कट परेको हो । 'जिल्ला अस्पताल डोल्पाले असोजको पहिलो सातामा पठाएको १ लाख ५० हजार रुपियाँ बराबरको औषधिले मङ्सिर महिनाको दोस्रो सातासम्म…