नाम्खा गाउँपालिकाका स्थानीयबासीले जन्मेदेखि खाद्यन्न नपाएको गुनासो

हुम्ला जिल्लको नाम्खा गाउँपालिकामा रहेका स्थानीयबासीले नेपाल सरकारबाट उपलब्ध गराउने खाद्यन्न जन्मेदेखि नपाएको गुनासो गरेका छन् । हिमाल पारीको गाँउका रूपमा चिनिँदै आएको नाम्खा गाँउपालिका-६ (साविकका तीन वडा बस्ती)का बासिन्दाहरूले नागरिकता र सीमा पास बाहेक अन्य कुनै पनि सेवा सुविधा नपाएको सोही गाउँपालिका-६ का ज्ञालजन लामाले बताए । सात ओटा…

२०७४ माघ २४, बुधबार ११:४० गते  
यूपीआरको अद्यावधिक समीक्षाका लागि सुझाव सङ्कलन

आगामी मे महिनामा हुने विश्वव्यापी आवधिक समीक्षाको अध्यावधिक समीक्षाको लागि प्रदेश नं ६ स्तरीय दुई दिने सुझाव सङ्कलन कार्य वीरेन्द्रनगरमा माघ २० गते सम्पन्न गरिएको छ । जिल्लास्थित अधिकारकर्मी, कानुन व्यावसायी, नागरिक समाज र सञ्चारकर्मीहरूको सहभागितामा आयोजित सुझाव सङ्कलनको पहिलो दिन इन्सेक केन्द्रीय कार्यालय पैरवी विभाग प्रमुख सम्झा श्रेष्ठले संयुक्त…

२०७४ माघ २०, शनिबार १९:४७ गते  
जिल्ला स्वास्थ्य प्रमुखमाथि नेकपा कार्यकर्ताद्वारा दुर्व्यवहार

जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका प्रमुख डक्टर कौशल अलीलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले माघ १९ गते दुर्व्यवहार गरेका छन् । सुत्केरीको उपचार गर्न रास्कोट नगरपालिका पुगेका अलीलाई नेकपाका जिल्ला सदस्य ललिजङ्ग शाहीको नेतृत्वमा आएको समूहले मोसो दलेर दुर्व्यवहार गरेको हो । सान्नी त्रिवेणी गाउँपालिका-४ का १८ वर्षीया…

२०७४ माघ २०, शनिबार १४:२२ गते  
औषधि र डक्टरको अभाव भएको भन्दै जिल्ला जनस्वास्थ्य कार्यालयमा धर्ना

सिमकोट गाउँपालिका-७ स्थित डाँडाफया इलाका स्वास्थ्य चौकीमा दुई हप्तादेखि औषधि र डक्टरको अभाव भएको भन्दै माघ १९ गते जिल्ला जनस्वास्थ्य कार्यालयमा स्थानीय धर्नामा बसेका छन । सो इलाका स्वास्थ्य चौकीमा विगत आठ वर्षदेखि आम नेपाल संस्थाद्वारा सञ्चालित अनमी पुष्पा शाही कार्यारत भएको भए पनि सो संस्था फेज आउट भएको दुई…

२०७४ माघ १९, शुक्रबार २०:३३ गते  
कथित दलित भएर गैरदलित बसेको गुन्द्री छोएको आरोपमा कुटपिट

महाबु गाउँपालिका-२ डुङ्ग्री भानेखोलाका ५५ वर्षीय पहल बिकलाई सोही ठाउँका ४७ वर्षीय भीमबहादुर रोकाय र सोही गाउँपालिका-१ खरिगैराका भीमबहादुरका २६ वर्षीय ज्वाँर्इ नगेन्द्र खत्रीले जातीय विभेद गर्दै कुटपिट गरेको पीडितले आरोप लगाएका छन् । माघ १५ गते दिउँसो भीमबहादुरको घरमा काटिएको खसीको मासु किन्न त्यहाँ पुग्दा भीमबहादुरसमेत चार जना बसेको…

२०७४ माघ १७, बुधबार २०:१४ गते  
विमानस्थलमा नुन थन्किएपछि हुम्लाका नागरिक नुन खानबाट वञ्चित

हुम्ला जिल्लाका लागि नेपाल सरकारले सहुलियत दरमा उपलब्ध गराएको नुन सुर्खेत र जुम्लामा अलपत्र परेपछि स्थानीयबासी नुन खानबाट वञ्चित भएका छन् । ठेकेदारले समयमै हवाई ढुवानी गर्न नसकेपछि साल्ट ट्रेडिङ्ग कर्पोरेसनबाट ठेक्कामा लिएको नुन सुर्खेत र जुम्लाको विमानस्थलमा अलपत्र परेको हो । नुन समयमै ढुवानी गर्न नसक्दा विमानस्थलमा सडेको पाइएको…

२०७४ माघ १७, बुधबार २०:१२ गते  
६ महिनादेखि खुल्लाचौरमा पढाइ गर्न बाध्य कुमाखका बालबालिका

कुमाख गाउँपालिका-७ स्यानीजिमालीमा रहेको जनता आधारभुत विद्यालयमा विगत ६ महिनादेखि विद्यार्थीहरू खुल्ला चौरमा पढ्न बाध्य भएका छन् । गत साउनमा विद्यालयको चारकोठे भवन भत्किएपछि ६ महिनादेखि विद्यार्थीहरू खुल्ला चौरमा बसेर पढ्न बाध्य भएको विद्यार्थी विजय थापाले बताए ।   आफ्ना विद्यालयका विद्यार्थीलाई भवन भत्किएपछि विगत ६ महिनादेखि खुल्ला चौरमा बसेर…

२०७४ माघ १३, शनिबार ०९:०६ गते  
महिनौँ स्थानीय विकास अधिकारी नहुँदा सेवाग्राही मर्कामा

जिल्ला समन्वय समिति जुम्लामा महिनौँदेखि स्थानीय विकास अधिकारी जिल्लामा नहुँदा सेवाग्राही मर्कामा परेका छन् । स्थानीय विकास अधिकारी ७ महिनादेखि कार्यालयमा हाजिर नहुँदा सेवाग्राही मर्कामा परेका हुन् । गत आर्थिक वर्ष २०७३/०७४ को अन्तिमतिर (असार दोस्रो साता) स्थानीय विकास अधिकारी हरिनारायण बेलवासे जुम्लाबाट गएपछि कार्यालय स्थानीय विकास अधिकारीविहिन भएको हो…

२०७४ माघ १३, शनिबार ०८:५२ गते  
हुम्लाका २२ ओटा सरकारी कार्यालय प्रमुखविहीन, सेवाग्राही मर्कामा

हिउँद लागेसँगै हिमाली जिल्ला हुम्लाका २२ ओटा सरकारी कार्यालयहरू प्रमुखविहीन हुँदा सेवाग्राही मर्कामा परेका छन् । पुस महिनाको पहिलो हप्तादेखि जाडो छल्न जिल्ला छाडेका कार्यालय प्रमुखहरू माघ महिनाको ८ गतेसम्म पनि जिल्लामा नर्फकँदा स्थानीयबासीले समस्या भोग्नु परेको हो । हिउँद लागेसँगै कार्यालय प्रमुख विहीन भएका सरकारी कार्यालयहरूमा जिल्ला निर्वाचन कार्यालय,…

२०७४ माघ ८, सोमबार १८:५३ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई बलात्कार गरेको घटनाका फरार आरोपित दुल्लू नपा-१० गमौडीका २४ वर्षीय बिनोद भन्ने बिष्णु शाहीलाई प्रहरीले माघ ७ गते गिरफ्तार गरेको छ । गिरफ्तार पश्चात प्रहरीले दैलेख जिल्ला अदालतमा उपस्थित गराइएका आरोपितलाई अदालतले पुर्पक्षका लागि माघ ७ गते नै कारागार चलान गरेको छ । पीडित युवतीलाई आरोपितले ०७४…

२०७४ माघ ७, आईतवार २२:३३ गते