यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
आफैँले पढाउने दुई नाबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पञ्चपुरी नपा-१० स्थित जनज्योति आधारभुत तहका शिक्षक युवराज शर्मालाई प्रहरीले चैत ६ गते गिरफ्तार गरेको छ । १४/१४ वर्षीया दुई जना नाबालिकालाई चैत ३ गते साँझ भियग्रालाई मिठाई भनी खान लगाएर यौन दुर्व्यवहार गरेको आरोपमा इलाका प्रहरी कार्यालय बावियाचौरका प्रहरीले शिक्षक शर्मालाई…
निर्वाचित जनप्रतिनिधिलाई स्थानीय तहबाट राजिनामा दिन नेकपाको धम्की
जनप्रतिनिधिले आफ्नो पदबाट राजिनामा दिनुपर्ने भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको जिल्ला जनपरिषद् सल्यानले चैत ५ गते जिल्लाका १० ओटै स्थानीय तहलाई धम्की दिएको छ । स्थानीय तह गठन गरेर जनताको अर्थतन्त्र र दैनिकी झन् बर्बादीको दिशामा गएको भन्दै जनपरिषद्ले राजिनामा दिन दबाव स्वरूप स्थानीय तहका प्रमुखलाई पत्र पठाएर…
खाद्यन्न कुपनका लागि तीन किसिमको कर तिर्नु पर्दा डेराबासी पीडित
सिमकोटमा खाद्यन्न कुपनका लागि तीन किसिमको कर तिर्नु पर्दा डेरामा बस्दै आएका व्यक्ति पीडित भएका छन् । सिमकोट गाउँपालिकाले मनोमानी रूपमा तीन वटा करको मुल्य तिर्न लगाएपछि बजारबासी समस्यमा परेका छन् । अहिले डेरामा बस्दै आएका व्यक्ति र घरपरिवारले तीन वटा कर तिरेपछि मात्र खाद्यन्न पाउने गरेका छन् । सिमकोट…
ससुराले ढुङ्गा प्रहार गर्दा बुहारी घाइते
शारदा नपा-२ डाँडागाँउकी ३१ वर्षीया ललिता वली केसीलाई ढुङ्गा प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले ७९ वर्षीय ससुरा उमापति केसीलाई चैत ४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले चैत ४ गते ढुङ्गाले टाउकोमा प्रहार गरेको पीडित महिलाले बताइन् । घाइते भएकी ललिताको उपचार जिल्ला अस्पताल सल्यानमा गरिएको छ…
उपप्रमुख दम्पतिद्वारा महिला अधिकारकर्मीलाई हातपात
पातारासी गाउँपालिकाकी उपाध्यक्ष पुन्नकली महताराले महिला अधिकारकर्मी मायादेवी बोहोरामाथि गाली गलौजका साथै हातपात गरेको आरोप छ । पातारासी गाँउपालिका-५ की मायादेवी बोहोराले समाजमा भएको विकृति विसङ्गति बालविवाह र छाउपडीसम्बन्धी काम गर्दै आएकी महिला अधिकारकर्मी बोहोरालले बाल विवाह रोक्न खोज्दा सार्वजनिक स्थलमा नै उपप्रमुख महतारा दम्पतीले हातपात गरेको पीडित बोहोराले बताइन्…
म्याद नाघेका अखाद्य बस्तु नष्ट
म्याद नाघेका अखाद्य बस्तुहरूको जफत गरी नष्ट गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी श्रीधर टण्डनको नेतृत्वमा गएको एक टोलीले चैत २ गते सदरमुकाम खलङ्गा बजारको अनुगमन गरेर म्याद नाघेका अखाद्य बस्तुहरूको जफत गरी नष्ट गरेको हो । सामानहरूको जफत गर्दै सो टोलीले अखाद्य बस्तु विक्री बितरण नगर्न आग्रह गरेको…
कर्णालीमा लैङ्गिक विभेद कायमै, छोरा जन्मे सिन्दुर जात्रा
कर्णाली प्रदेशको हिमाली जिल्लाः जुम्ला, कालिकोट, मुगु, डोल्पा र हुम्ला जिल्लमा लैङ्गिक विभेद कायमै रहेको छ । यहाँ छोरा जन्मिएपछि सिन्दुर जात्रा, भोजभतेर र रमाइलो गर्ने प्रचलन अझै कायम छ । घरमा छोरीको जन्म भएपछि यस्तो केही गरिँदैन । राज्यले लैङ्गिक विभेद गर्न नहुने भनी जनचेतना जगाएपनि यसको प्रभाव भने…
विद्यालयमा तालाबन्दी हुँदा पठनपाठनमा समस्या
छत्रेश्वरि गाउपालिका जयचौरका स्थानीय अभिभावकले लक्ष्मी माविको मुल गेट र अफिसकोठामा ताला लगाएपछि फागुन १७ गतेदेखि पठनपाठन अवरूद्ध भएको छ । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयन गर्ने विषयमा विवाद भएपछि त्यसयता पठन पाठनमा समस्या आएको कक्षा १० मा अध्ययनरत विद्यार्थी कमला कवरले बताइन् । एसइइ आउन केही दिन मात्रै बाँकी…
जिल्ला अस्पतालमा अक्सिजन सिलिण्डर नहुँदा शल्यक्रिया गर्ने बिरामीलाई समस्या
जिल्ला अस्पतालमा अक्सिजन सिलिण्डर नहुँदा गम्भीर प्रकृतिका बिरामीको उपचारमा समस्या परेको सर्केगाड गाउँपालिका-६ की मनकली रोकायले गुनासो गरेकी छन् । हुम्लामा एक मात्र यातायातको साधन रहेको हवाइजहाजले अक्सिजनको सिलिन्डर बोक्न नमानेपछि समस्या आइपरेको जिल्ला जनस्वाथ्य कार्यालयले जनाएको छ । अहिले मात्र नभइ जिल्ला अस्पतालको स्थापनादेखि नै अस्पतालमा सिलिण्डर नभएको अस्पतालले…
बालविवाह गरेको कसुरमा एक महिना कैद र १० हजार रुपियाँ जरिबाना
१५ वर्षीया बालिकासँग विवाह गरेको आरोपमा नारायण नपा-११ बिन्ध्यवासिनीका २६ वर्षीय हेमन्त थापालाई जिल्ला अदालतले फागुन २२ गते एक महिना कैद र १० हजार रुपियाँ जरिबाना गरेको छ । पीडित बालिकालाई विवाह गराउन फकाएको आरोपमा नारायण नपा-११ बिन्ध्यवासिनीकै गगनबहादुर थापा र शेरबहादुर थापालाई प्रति व्यक्ति एक/एक हजार रुपियाँ जरिबाना गरिएको…