बहुविवाह घटनाका आरोपित गिरफ्तार

बहुविवाह घटनाका आरोपित डुङ्गेश्वर गाउँपालिका-१ बेलपाटाका २१ वर्षीय जगतबहादुर थापामगर र महाबु गाउँपालिका-२ गैडावाजकी १९ वर्षीया नन्दा थापा मगरलाई प्रहरीले फागुन २ गते गिरफ्तार गरेको छ । उनीहरूले बहुविवाह गरेको भन्दै जगतबहादुरकी जेठी पत्नी टीका गुरुङले माघ २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । उजुरीका आधारमा गिरफ्तार गरिएको…

२०७४ फाल्गुन २, बुधबार १२:१३ गते  
हुम्लाका अधिकांश वडा कार्यालय सचिवविहीन, स्थानीयका कामकाज ठप्प

हुम्लाका अधिकांश वडा कार्यालय सचिवविहीन भएपछि स्थानीयबासीका कामकाज ठप्प भएको स्थानीयले गुनासो गरेका छन् । सात वटा गाँउपालिकाका ४४ वडामध्ये २९ वडा कार्यालयका सचिवविहीन भएका छन् । एकातिर सचिव कम हुनु र अर्कोतिर खटाएका सचिव पनि अन्यत्रै सरूवा तथा काज मिलाएर जानाले हुम्लाका यति धेरै वडा कार्यालय सचिब बिहिन हुँदा…

२०७४ फाल्गुन १, मंगलवार २०:१५ गते  
नेपाल कम्युनिष्ट पार्टी बम विष्फोटनको जिम्मा लियो

वीरेन्द्रनगर नपा-८ स्थित माथिल्लो कर्णाली जलविद्युत आयोजनाको जिम्मा लिएको जिएमआर कम्पनीको मुख्य कार्यालयमा बम विष्फोट गराएको नेपाल कम्युनिष्ट पार्टी जिम्मेवारी लिएको छ । नेपाल कम्युनिष्ट पार्टी पोलिटव्युरो सदस्य भरत बम रणबीरले राष्ट्रहित विपरीत सरकारले आयोजनाको म्याद थप गरेको विरोधमा बम विष्फोटन गराइएको बताए । आयोजना खारेजको माग भइरहेको समयमा सरकारले…

२०७४ फाल्गुन १, मंगलवार १२:१६ गते  
विद्यालयको अनुगमन, कृषि तथा पशु प्राविधिक व्यवस्थापन गर्ने प्रतिबद्धता

गुर्भाकोट नपामा रहेका सबै सामुदायिक विद्यालयहरूमा नगरपालिकाले नियमित अनुगमन तथा नगरपालिका ऐन तथा कार्यविधी बने लगत्तै सबै वडामा कृषि र पशुरोगका प्राविधिक व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । साविक मालारानी गाविस तथा गुर्भाकोट नपा १ र २ वडा स्तरीय निगरानी समूह मालारानीले शिक्षासँग र साविक साहारे गाविस तथा गुर्भाकोट…

२०७४ माघ २८, आईतवार १६:२५ गते  
विद्यालयमा जातीय विभेद गरेको आरोप

चामुण्डाको हिमालय आधारभूत विद्यालय तीजडाँडामा विद्यालयमा दलितले पकाएको दिवा खाजा खाँदैनौँ भन्दै विद्यार्थीले तालाबन्दी गरेका छन् । 'दलितले पकाएको खाए दाँत र्झछन्' भनी घरमा अभिभावकले भनेका कारण ती बालबालिकाले खाजा खान मानेका छैनन् । माघ २५ गते दिउँसो १२ बजे खाजा पकाउने तयारी गर्न लाग्दा ६ र ७ कक्षाका गैरदलित…

२०७४ माघ २५, बिहीबार १५:३८ गते  
बाफुखोला स्वास्थ्य चौकी एक महिनादेखि औषधिविहीन

बाफुखोलास्थित स्वास्थ्य चौकीमा विगत एक महिनादेखि अति आवश्यक औषधिको अभाव भएको छ । बागचौर नगरपालिका-१२ मा रहेको स्वास्थ्य चौकी बाफुखोलामा औषधि अभाव भएको हो । औषधि अभाव भएको एक महिना बितिसक्दा पनि सम्बन्धित निकायले औषधि नपठाउँदा यहाँका बिरामीले निजी स्वास्थ्य संस्थाहरूबाट औषधि किनेर खानु पर्ने बाध्यता रहेको छ । बिरामी…

२०७४ माघ २५, बिहीबार ११:०१ गते  
नाम्खा गाउँपालिकाका स्थानीयबासीले जन्मेदेखि खाद्यन्न नपाएको गुनासो

हुम्ला जिल्लको नाम्खा गाउँपालिकामा रहेका स्थानीयबासीले नेपाल सरकारबाट उपलब्ध गराउने खाद्यन्न जन्मेदेखि नपाएको गुनासो गरेका छन् । हिमाल पारीको गाँउका रूपमा चिनिँदै आएको नाम्खा गाँउपालिका-६ (साविकका तीन वडा बस्ती)का बासिन्दाहरूले नागरिकता र सीमा पास बाहेक अन्य कुनै पनि सेवा सुविधा नपाएको सोही गाउँपालिका-६ का ज्ञालजन लामाले बताए । सात ओटा…

२०७४ माघ २४, बुधबार ११:४० गते  
यूपीआरको अद्यावधिक समीक्षाका लागि सुझाव सङ्कलन

आगामी मे महिनामा हुने विश्वव्यापी आवधिक समीक्षाको अध्यावधिक समीक्षाको लागि प्रदेश नं ६ स्तरीय दुई दिने सुझाव सङ्कलन कार्य वीरेन्द्रनगरमा माघ २० गते सम्पन्न गरिएको छ । जिल्लास्थित अधिकारकर्मी, कानुन व्यावसायी, नागरिक समाज र सञ्चारकर्मीहरूको सहभागितामा आयोजित सुझाव सङ्कलनको पहिलो दिन इन्सेक केन्द्रीय कार्यालय पैरवी विभाग प्रमुख सम्झा श्रेष्ठले संयुक्त…

२०७४ माघ २०, शनिबार १९:४७ गते  
जिल्ला स्वास्थ्य प्रमुखमाथि नेकपा कार्यकर्ताद्वारा दुर्व्यवहार

जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका प्रमुख डक्टर कौशल अलीलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले माघ १९ गते दुर्व्यवहार गरेका छन् । सुत्केरीको उपचार गर्न रास्कोट नगरपालिका पुगेका अलीलाई नेकपाका जिल्ला सदस्य ललिजङ्ग शाहीको नेतृत्वमा आएको समूहले मोसो दलेर दुर्व्यवहार गरेको हो । सान्नी त्रिवेणी गाउँपालिका-४ का १८ वर्षीया…

२०७४ माघ २०, शनिबार १४:२२ गते  
औषधि र डक्टरको अभाव भएको भन्दै जिल्ला जनस्वास्थ्य कार्यालयमा धर्ना

सिमकोट गाउँपालिका-७ स्थित डाँडाफया इलाका स्वास्थ्य चौकीमा दुई हप्तादेखि औषधि र डक्टरको अभाव भएको भन्दै माघ १९ गते जिल्ला जनस्वास्थ्य कार्यालयमा स्थानीय धर्नामा बसेका छन । सो इलाका स्वास्थ्य चौकीमा विगत आठ वर्षदेखि आम नेपाल संस्थाद्वारा सञ्चालित अनमी पुष्पा शाही कार्यारत भएको भए पनि सो संस्था फेज आउट भएको दुई…

२०७४ माघ १९, शुक्रबार २०:३३ गते