शिक्षा, स्वास्थ्य, कृषि र खाद्य अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता
गुर्भाकोट नपा १, २, ४, ५ र ९ वडा (साविक मालारानी र साहारे गाविस)का जनताले लामो समयदेखि भोग्दै आएको शिक्षा, स्वास्थ्य, कृषि र खाद्य अधिकार सुनिश्चित गर्ने एक कार्यक्रममा प्रतिबद्धता जनाइएको छ । इएलपी कार्यक्रम अन्तर्गत इन्सेक सुर्खेतको आयोजना तथा मानव अधिकार निगरानी समूह मालारानीको समन्वयमा पुस २६ गते मालारानीमा…
सल्यानका गर्भवतीले दुई महिनादेखि आइरन चक्की खान पाएनन्
जिल्लाको बागचौर नगरपालिका-४ का गर्भवती र सुत्केरी महिलाहरू आधारभूत औषधि सेवनबाट वञ्चित भएका छन् । त्यहाँका महिलाहरूले विगत डेढ महिनादेखि आइरन चक्कीको सेवन गर्न नपाएको गुनासो गरेका छन् । महिलाहरूलाई गर्भवती तथा सुत्केरी भएको बेला आइरनको कमी नहोस भनेर आइरन चक्की प्रत्येक स्वास्थ्य संस्थामा निशुल्क रूपमा सरकारले दिने गर्दछ ।…
बन्चरो प्रहार गरि सौताको हत्या
दार्मा गाउँपालिका-३ फारूलाचौरकी ३२ वर्षीया रूपा खत्रीलाई पुस २६ गते बिहान उनकी २६ वर्षीया सौता कल्पना चन्दले बन्चरो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । सामान्य झगडाको विषयलाई लिएर कान्छीले जेठी सौताको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी भरतबहादुर बिकले जानकारी दिए । घटनापछि कल्पना चन्द फरार रहेको…
ग्रामीण भेगका स्वास्थ्य चौकी स्वास्थ्यकर्मीविहीन सेवाग्राही प्रभावित
जिल्ला स्वास्थ्य कार्यालय तथा अन्य निकायले गर्ने तालिम तथा सेमिनारमा भाग लिन स्वास्थ्य चौकी खाली गरेर कार्यरत स्वास्थ्यकर्मी जिल्ला सदरमुकाम र जिल्ला बाहिर गएपछि ग्रामीण भेगका स्वास्थ्य चौकी स्वास्थ्यकर्मीविहीन भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय र अन्य निकायले आयोजना गर्ने तालिम तथा सेमिनारमा भाग लिन र घर बिदा भन्दै आफू…
गैरकानुनी रूपमा भारत लैजाँदै गरेका बालबालिकाको उद्धार
गैरकानुनी रूपमा भारतको हिमाञ्चल प्रदेशमा लामा भाषा पढाउने भन्दै बसमा लैजाँदै गरेको अवस्थामा २० जना बालबालिकालाई प्रहरीले पुस २५ गते तिला गाउँपालिकास्थित कुडारीबाट उद्धार गरेको छ । बालबालिकाले भरिएको बसलाई प्रहरीले चेकजाँच गर्दा भारत लैजाने कुनै आधार नभेटिएपछि बालबालिकाको उद्धार गरेको हो । गैरकानुनी रूपमा जिल्ला बाहिर लैजाँदै गरेको आरोपमा…
बहुविवाह घटनाका आरोपित गिरफ्तार
बहुविवाह गरेको आरोपमा प्रहरीले सिमकोट गाउँपालिका-७ स्थित डाँडाफयाका २४ वर्षीय सुवास सिंहलाई पुस २२ गते गिरफ्तार गरेको छ । आरोपित सुवासकी २३ वर्षीया पत्नी सुशीला सिंहले प्रहरीसमक्ष आरोपितद्वय मङ्सिर १८ गते गाउँबाटै भागेर विवाह गरेको उजुरी दिएकी थिइन् । पीडित महिलाले पुस २५ गते आरोपितद्वयको खोजी कार्य गरी छलफल गरिपाउँ…
नेकपाका कार्यकर्ताद्वारा निकुञ्ज संरक्षण अधिकृतलाई दुर्व्यवहार
नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले शेफोक्सुण्डो राष्ट्रिय निकुञ्ज डोल्पाका संरक्षण अधिकृत रामदेव चौधरीलाई मोसो दलेर दुर्व्यवहार गरेका छन् । शेफोक्सुण्डो राष्ट्रिय निकुञ्जको सुलिगाडस्थित कार्यालयमा पुस २१ गते अनुहारमा मोसो दलेर दुर्व्यवहार गरेको पीडित पक्षले आरोप लगाएको छ । निकुञ्जमा रहेर आर्थिक अनियमितता गरेको र बारम्बार चेतावनी दिँदासमेत…
जिल्ला भरिनै औषधि अभाव, एकै दिनमा तीन जनाको मृत्यु
हुम्लाका सात ओटै गाउँपालिकामा यतिखेर रूघाखोकीको महामारी फैलिएको छ । रूघाखोकीबाट अहिलेसम्म चार जनाले ज्यान गुमाई सकेका छन् भने सयौँ बिरामी परेका छन् । हुम्लाको जिल्ला जनस्वास्थ्य कार्यालयमा सिटामोलसमेत नभएपछि स्थानीयबासी प्रत्यक्ष मर्कामा परेका छन् । सबैजसो बिरामीमा स्वास फेर्न गाह्रो हुने, ज्वरो आउने, खोकी लाग्ने, बान्ता हुने जस्ता लक्षण…
अपहरित बालकको खोजविनका लागि पहल गरिदिन स्थानीय प्रशासनसमक्ष अनुरोध
बालक अपहरण भएको नौ महिना बितिसक्दा समेत प्रहरीले अवस्था पत्ता लगाइदिनका लागि चासो नदिएको भन्दै पीडित पक्षले जिल्ला प्रशासन कार्यालयमा पुस १७ गते अनुरोध गरेका छन् । खार्पुनाथ गाउँपालिका-२ राया गाउँका जैधन रावलका १३ वर्षीय छोरा विजय रावल ०७४ वैशाख २६ गते विद्यालय पोशाक किन्न सदरमुकाम सिमकोट आएपछि सम्पर्कबिहीन भएका…
तिला नदीको दुषित पानी खान बाध्य छन् कैदीबन्दी
जिल्ला कारागार शाखा जुम्लाका कैदीबन्दीहरू तिला नदीको दुषित पानी खान बाध्य भएका छन् । सुख्खा मौसमका कारण पानीको स्रोत घट्दै गएपछि कारागारमा पानी नपुग्ने भएका कारण कैदीबन्दी लगायत प्रहरी र कर्मचारी नदीको दुषित पानी खान बाध्य भएका हुन् । संविधानको धारा ३५ मा स्वास्थ्यसम्बन्धी हक उल्लेख गरिए पनि स्वास्थ रहनका…