बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई बलात्कार गरेको घटनाका फरार आरोपित दुल्लू नपा-१० गमौडीका २४ वर्षीय बिनोद भन्ने बिष्णु शाहीलाई प्रहरीले माघ ७ गते गिरफ्तार गरेको छ । गिरफ्तार पश्चात प्रहरीले दैलेख जिल्ला अदालतमा उपस्थित गराइएका आरोपितलाई अदालतले पुर्पक्षका लागि माघ ७ गते नै कारागार चलान गरेको छ । पीडित युवतीलाई आरोपितले ०७४…

२०७४ माघ ७, आईतवार २२:३३ गते  
नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताद्वारा हुम्ला र मुगुको खाद्यान्न कब्जा

हुम्ला र मुगुका लागि पठाइएको खाद्यान्नमा दोहोरो कर उठाइएको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले खाद्यान्न सामग्रीबिच बाटोमै कब्जा गरेका छन् । हुम्ला र मुगु दुवै जिल्लाका स्थानीय तहले कर उठाएको भन्दै उनीहरूले ०७४ पुस २७ गतेबाट नून, तेल र चामललगायतका खाद्यान्न बोकेका ३ सय खच्चर रोकेर राखेका…

२०७४ माघ ७, आईतवार २२:३० गते  
जिल्लाभरी भाइरल ज्वरोको महामारी, औषधिको अभाव

जिल्लाभरी फैलिएको भाइरल ज्वरोले महामारीको रूप लिएपछि कालिकोटमा औषधि अभाव भएको छ । १ हजार भन्दा धेरै मानिस बिरामी परे पनि औषधि र स्वास्थ्यकर्मीको अभावले उपचार हुन नसकेको स्थानीयले गुनासो गरेका छन् । खाडाचक्र नगरपालिकामा मात्रै १ हजार १४ जना बिरामी भेटिएका छन् । कालिकोटमा एक महिनादेखि फैलिएको भाइरल ज्वरोले…

२०७४ माघ ७, आईतवार २२:२९ गते  
अनुदानको चामल गाउँमा दोब्बर मूल्यमा विक्री वितरण

नेपाल खाद्य संस्थान शाखा जुम्लाले दिएको अनुदानको चामल पातारासी गाँउपालिकामा दोब्बर मुल्यमा विक्री वितरण गर्ने गरेको पाइएको छ । पातारासी गाँउपालिकाका व्यापारीले स्थानीयलाई प्रयोग गरेर एकै पटक १/२ क्विन्टलसम्म चामल खाद्य संस्थान जुम्लाबाट खरिद गर्ने गरेको पाइएको छ । खाद्य संस्थान जुम्लामा अरुवा मोटो चामल ३० केजीको ९ सय ५०…

२०७४ माघ ४, बिहीबार २१:१९ गते  
सुविधामा पाइएको चामललाई बढी रुपियाँ तिर्नु परेको स्थानीयबासीको गुनासो

राज्यले दिने सेवा सुविधा सेवाग्राहीको पायक पर्ने स्थानबाट दिने उद्धेश्यले सदरमुकाम सिमकोटमा रहेको नेपाल खाद्य संस्थान शाखा कार्यालयबाट चामल वितरणमा तोकिएको मूल्य भन्दा बढी रुपियाँ तिर्नु परेको स्थानीयबासीले गुनासो गरेका छन् । जिल्लामा सात महिनादेखि चामल वितरण नभएको खाद्य संस्थान शाखा कार्यालयबाट माघ ३ गतेदेखि बजारको कोटा भाग र सिमकोट…

२०७४ माघ ३, बुधबार २१:४९ गते  
हुम्लामा ४ महिना बितिसक्दा पनि सामाजिक सुरक्षा भत्ता वितरण नभएको स्थानीयबासीको गुनासो

हुम्ला जिल्लाका सात ओटै गाउँपालिकामा चार महिना बितिसक्दा पनि सामाजिक सुरक्षा भत्ता वितरण नगर्दा स्थानीयबासी मर्कामा परेका छन् । आर्थिक वर्ष०७४/७५ को पहिलो चौमासिकको सुरक्षा भत्ता कात्तिकमै वितरण हुनुपर्ने प्रवधान रहेको भए पनि हालसम्म वितरण नभएको स्थानीयबासीको गुनासो रहेको छ । चौमासिक रूपमा वितरण गर्दै आएको सुरक्षा भत्ता चालु आर्थिक…

२०७४ पुष ३०, आईतवार २१:५४ गते  
लक्षितवर्गका कार्यक्रम प्रभावकारी बनाइने

डुङ्गेश्वर गाउँपालिकाका उपाध्यक्ष सीता ज्ञवालीले सरकारले निर्दिष्ट गरेको मापदण्ड अनुसार लक्षित वर्गका कार्यक्रमहरूलाई अझ बढी प्रभावकारी बनाउने प्रतिबद्धता जनाएकी छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा दैलेखको डुङ्गेश्वर बजारमा पुस २९ गते भएको सेवाप्रदायक र सेवाग्राहीबिचको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो प्रतिबद्धता जनाएकी हुन् । वडा र बस्ती स्तरका योजना…

२०७४ पुष ३०, आईतवार २१:५० गते  
समुदायकै सहभागितामा विकास योजना बनाइनुपर्ने जिसस प्रमुखको भनाई

जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापाले समुदायकै सहभागितामा विकास योजनाको प्राथमिकीकरण गरिनुपर्ने बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा दैलेख सदरमुकाममा भएको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल (इएलपी) कार्यक्रमको सम्वाद बैठकमा बोल्दै उनले समुदायमै श्रोत समेत गएकोले समुदायको आवश्यकताको आधारमा योजना छनौट गर्ने सरकारको…

२०७४ पुष २८, शुक्रबार २२:२७ गते  
म्यादी हत्या घटनाको छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग

गत पुस ७ गते प्रहरीको गोलीबाट मृत्यु भएका रास्कोट नपा-२ निवासी म्यादी प्रहरी विवेक ऐडीको घटनाका विषयमा गृहमन्त्रालयले गठन गरेको छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै पीडित परिवारले पुस २८ गते गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । आफ्नो सेवा सुविधामा प्रहरीले अनियमितता गरेको भन्दै म्यादी प्रहरीले अन्दोलन गर्दा प्रहरीले चलाएको…

२०७४ पुष २८, शुक्रबार २२:२५ गते  
जातीय विभेद गर्दै कुटपिट गरेको घटनाका आरोपित गिरफ्तार

सिमकोट गाउँपालिका-६ का १९ वर्षीय नैनसिंह परियारलाई जातीय विभेद गर्दै कुटपिट गरेको आरोपमा सोही ठाउँका ३६ वर्षीय रूपसिङ रावत र ३० वर्षीय सुशील रोकायालाई प्रहरीले पुस २७ गते गिरफ्तार गरेको छ । आफू घरमा रहेको अवस्थामा पुस २७ गते रूपसिङ र सुशीलले दलित भन्दै कुटपिट गरेको नैनसिंहले आरोप लगाएका छन्…

२०७४ पुष २८, शुक्रबार २२:२३ गते