गोरीकला हत्याका दोषीलाई कडा कारवाही गर्न प्रदेश सांसदहरूको माग
बाबियाचौरमा एसर्इई परीक्षा दिइरहेकी पञ्चपुरी नपा-३ की १८ वर्षीया गोरीकला रोकाय हत्याका दोषीलाई कर्णाली प्रदेशका सांसदहरूले कडा कारवाही गर्नुपर्ने माग गरेका छन् । कर्णाली प्रदेशसभाको चैत १६ गते सुरू भएको पहिलो अधिवेशनको छैठौँ बैठकमा सहभागी सांसदहरूले विशेष समयमा बोल्दै गोरीकलाको हत्यामा संलग्नको पहिचान गरी कुनैपनि हालतमा उन्मुक्ति दिन नहुने कुरामा…
समन्वयकारी भूमिकालाई प्रभावकारी बनाउने प्रतिबद्धता
जिल्ला समन्वय समिति सुर्खेतका अध्यक्ष छविलाल सिग्देलले जिल्लामा शिक्षा, स्वास्थ्य, कृषि तथा खाद्य अधिकारका सवालमा देखिएका समस्याहरूलाई न्यूनीकरण गर्न समन्वयकारी भूमिकालाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन् । इन्सेक सुर्खेतको आयोजनामा चैत १६ गते सम्पन्न जिल्ला स्तरीय बहस/सम्वाद कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि र खाद्य अधिकारको बारेमा सहभागीहरूले उठाएका सवालहरूको जबाफ दिँदै…
नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता विश्वकर्माको घरमा पक्राउ पुर्जी टाँस
नरहरीनाथ गाउँपालिका-६ निवासी नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता ४९ वर्षीय खड्कबहादुर विश्वकर्मा 'प्रकाण्ड' को घरमा चैत १५ गते अदालतले 'पक्राउ पुर्जी' टाँस गरेको छ । भोजपुर जिल्ला अदालतले बिश्वकर्माको कालिकोट नरहरीनाथ गाउँपालिका-६ माल्कोटस्थित घरमा 'ज्यान मार्ने उद्योग र विष्फोटक प्रदार्थ' मुद्दामा पक्राउ पुर्जी टाँस गरेको हो । बिश्वकर्माको घरमा टासिएको पुर्जीमा…
साढे चार महिनादेखि जिल्ला अस्पतालमा चिकित्सक नहुँदा सेवाग्राही प्रभावित
जिल्ला अस्पतालका प्रमुख डेन्टल सर्जन डा. चाँदनी जैसवाल साढे चार महिनादेखि नहुँदा सेवाग्राही प्रभावित भएका छन् । स्वास्थ्य सेवा विभागमा काजमा रहेकी जैयसवाल हाल वैदेशिक भ्रमणमा गएकी छन् । अस्पतालमा प्रमुख नहुँदा अस्पतालको प्रशासनिक कामकारवाहीमा समेत समस्या आएको जिल्ला अस्पतालले जनाएको छ । कार्यालय प्रमुख मात्र होइन अस्पतालमा कार्यरत मेडिकल…
बहुविवाह गरेको कसुरमा एक वर्षकैदको फैसला
बहुविवाह गरेको घटनाका आरोपित महावै गाउँपालिका-६ का २९ वर्षीय भिमवहादुर शाही र सुर्खेत वीरेन्द्रनगर नपा-८ की २२ वर्षीया निर्मला केसीलाई जिल्ला अदालत कालीकोटले कसुरदार ठहर गर्दै एक/एक वर्षकैद र ५ हजार रुपियाँ जरिबानाको फैसला गरेको छ । न्यायाधीश कृष्णमुरारी शिवाकोटीको इजलासले वैशाख १४ गते उक्त फैसला गरेको जिल्ला अदालत कालिकोटले…
गोरीकला हत्या घटनाको अधिकारकर्मीद्वारा स्थलगत अनुगमन
पञ्चपुरी नपा-३ निवासी एसर्इई परीक्षार्थी गोरीकला रोकायको हत्याको घटना सम्बन्धमा इन्सेकसहितको अधिकारकर्मीको टोलीले चैत १५ गते स्थलगत अनुगमन गरेको छ । घटनाको सत्यतथ्य पत्ता लगाई पीडितलाई न्याय र पीडकलाई कारवाहीको दायरामा ल्याउन सहयोग पुर्याउने उद्धेश्यले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुर्खेतको अगुवाईमा दलित महिला सङ्घ, मानव अधिकार तथा शान्ति समाज…
बिजुली नहुँदा स्वास्थ्य उपकरण प्रयोगविहीन, बिरामी मर्कामा
हिमा गाउँपालिकामा पर्ने कालिकाखेतु प्राथामिक स्वास्थ्य केन्द्रमा रहेका विभिन्न स्वास्थ्य उपकरणहरू प्रयोग नभएरै खिया लागेका छन् । तीन शैयाको स्वास्थ्य केन्द्रमा बिरामी चेकजाँचमा सहजताका लागि भनेर पटकपटक खरिद गरिएका लाखौँका स्वास्थ्य उपकरणहरू प्रयोग नभएरै खिया लागेका हुन् । बिजुलीको समस्याका कारण स्वास्थ्य केन्द्रमा रहेका सबै उपकरणहरू प्रयोगविहीन हुँदा बिरामीले सास्ती…
बलात्कार घटनाका आरोपित गिरफ्तार
७४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले वीरेन्द्रनगर नपा-१४ का ४५ वर्षीय यामप्रसाद चालिसेलाई चैत १३ गते घरबाट गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले चैत १२ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले अस्थायी प्रहरी पोष्ट गोठीकाँडामा चैत १३ गते उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका…
जिल्ला प्रशासन कार्यालयमा एक महिनादेखि कर्मचारी नहुँदा सेवाग्राही प्रभावित
जिल्ला प्रशासन कार्यालय हुम्लामा कार्यरत १४ जना कर्मचारी एक महिनादेखि कार्यालयमा उपस्थित नहुँदा सेवाग्राही प्रभावित भएका छन् । प्रशासन कार्यालयमा १७ जनाको दरबन्दी रहेकामा हाल तीन जनामात्र कार्यरत छन् । प्रशासन कार्यालयमा एक महिनादेखि कर्मचारी नहुँदा नागरिकता, 'सिमापास'का लागि पासपोर्ट, संस्था दर्ता, संस्था नविकरण र खाद्यान्न कुपन जस्ता काममा समस्या…
एसईई परीक्षार्थी छात्राको हत्या घटनाका आरोपित गिरफ्तार
पञ्चपुरी नपा-३ की १८ वर्षीया गौरीकला रोकायको हत्यामा संलग्न रहेको आरोपमा इलाका प्रहरी कार्यालय बाबियाचौरमा कार्यरत ट्राफिक प्रहरी ३२ वर्षीय हरि कोइराला र पञ्चपुरी नपा-५ का स्थानीयबासी ३० वर्षीय लक्ष्मी बास्तोलालाई प्रहरीले चैत १३ गते गिरफ्तार गरेको छ । पञ्चपुरी नपा-३ बाबियाचौरस्थित डेरामा चैत १३ गते बिहान गौरीकला मृत अवस्थामा…