हत्याका आरोपित पति र सासू गिरफ्तार

वीरेन्द्रनगर नपा-१० की १८ वर्षीया सुस्मिता (राजी) शाहीको हत्या गरेको आरोपमा १८ वर्षीय पति आदेश शाही र ३७ वर्षीया सासू सरस्वती शाहीलाई प्रहरीले मङ्सिर ६ गते गिरफ्तार गरेको छ । मृतक सुस्मिताका बुबा लालबहादुर राजीले मङ्सिर ५ गते दिएको उजुरीका आधारमा प्रहरीले दुवै जनालाई घरबाट गिरफ्तार गरेको हो । अन्तरजातीय…

२०७४ मंसिर ७, बिहीबार १५:४२ गते  
एमालेका कार्यकर्ताद्वारा काङ्ग्रेसका कार्यकर्ता कुटिए

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको पहिलो चरणमा हुन गइरहेको निर्वाचनमा एजेन्ट बस्ने कार्यकर्ताको एजेन्ट पत्र लिएर छार्काताँगसोग गाउँपालिकास्थित काककोटमा पुगेका काङ्ग्रेस कार्यकर्ता सुर्य टमटा र जीवन भण्डारीलाई नेकपा एमालेका कार्यकर्ताले मङ्सिर ६ गते साँझ कुटपिट गरेको आरोप छ । जिल्ला समन्वय समितिका संयोजकसमेत रहेका एमालेका शेरबहादुर बुढा र काइके…

२०७४ मंसिर ७, बिहीबार १५:३२ गते  
मतदातालाई कुटपिट गरेको आरोपमा उम्मेदवारलाई गाउँलेले लखेटे

बाजा बजाएको आरोपमा दलितमाथि कुटपिट गरेको भन्दै छेडागाड नपा-१२ र १३ का मतदाताले नेपाली काङग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार राजिवविक्रम शाह, प्रदेश सभा सदस्य जाजरकोट २ का उम्मेदवार दिपकजङ्ग शाह तथा उनीहरूको प्रचारप्रसारका लागि खटिएका कार्यकर्ताको टोलीलाई मङ्सिर ५ गते लखटेको स्थानीयबासीले बताएका छन् । वाम गठबन्धनको कार्यक्रममा बाजा बजाएको…

२०७४ मंसिर ६, बुधबार १५:४४ गते  
निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा सञ्चारकर्मी गिरफ्तार

नरहरिनाथ गाउँपालिका-८ निवासी नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा कालिकोटका सदस्य २९ वर्षीय जगदिशनाथ योगीलाई निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले मङ्सिर ४ गते साँझ गिरफ्तार गरेको छ । कालिकोटबाट प्रकाशन हुने जनप्रभात साप्ताहिकका सह-सम्पादकसमेत रहेका पत्रकार योगीलाई नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता गिरफ्तार भएको घटनाको विरोध गर्दै जारी गरेको प्रेस…

२०७४ मंसिर ६, बुधबार १२:२२ गते  
चुनावी सभामा गएको भन्दै कुटपिट

वाम गठबन्धनको चुनावी सभामा बाजा बजाएर सहभागी भएको आरोप लगाउँदै नेपाली काङ्ग्रेसका कार्यकर्ताले छेडागाड नगरपालिका-१२ कार्कीगाउँकी ४३ वर्षीया मन्दरी दमाई र ४२ वर्षीय भाइ पृथी दमाईलाई कुटपिट गरी घाइते बनाएको पीडित पक्षको आरोप छ । कार्कीगाउँकै मनघाटमा भएको वाम गठबन्धनको चुनावी सभामा बाजा बजाएको भन्दै काङ्ग्रेसका कार्यकर्ताले कुटपिट गरी घाईते…

२०७४ मंसिर ४, सोमबार २१:१५ गते  
नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताद्वारा मतदातालाई धम्की

आगामी मङ्सिर १० गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनमा मतदानमा सहभागी नहुन नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले धम्काएको मतदाताले गुनासो गरेका छन् । निर्वाचनका दिन मतदान गर्न गए जे पनि हुन सक्ने भन्दै नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले धम्की दिएको छायाँनाथ रारा नपा-१० का कृष्ण सेजवालले आरोप लगाए…

२०७४ मंसिर ४, सोमबार २०:५१ गते  
हुम्लामा हिमपात सुरू, १० मतदान केन्द्र उच्च जोखिममा

हिमाली जिल्ला हुम्लामा मङ्सिर १ गते बिहानदेखि हिमपात सुरू भएको छ । हिमपातका कारण निर्वाचन प्रभावित हुनसक्ने बताइएको छ । हिमपातका कारण जाडो अत्याधिक बढेको छ । जिल्ला सदरमुकाम सिमिकोट र उत्तरी भेगका लिमी, मुचु खगालगाउँ, स्याँडा, हेप्कालगायतका क्षेत्रमा लगातार हिमपात भइरहेको छ । लगातार हिमपात भएपछि हुम्लामा पहिलो चरण…

२०७४ मंसिर ३, आईतवार २०:२४ गते  
नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले मतदाता शिक्षा सामग्री जलाए

नेपाल कम्युनिष्ट पार्टी सल्यानले मतदाता शिक्षा सामग्री जलाएको आरोप छ । सो पार्टीका कार्यकर्ताले कात्तिक ३० गते राति १० बजे जिल्लाको बागचौर नगरपालिका-१ मा जिल्ला निर्वाचन कार्यालयबाट खटिएका एक मतदाता स्वयम्सेवकको घरबाट मतदाता शिक्षा सामग्री नियन्त्रणमा लिएर जलाएका हुन् । बागचौर नगरपालिका-१ कोटबेतका स्वयम्सेवक तोला बस्नेतको घरमा राति करिव १०…

२०७४ मंसिर २, शनिबार २२:१३ गते  
समाचार लेखेकै कारण पत्रकारमाथि धम्की

प्रदेश र प्रतिनिधि सभा निर्वाचनको प्रचारप्रसारमा गएका काङ्ग्रेसका उम्मेदवार, पूर्वखानेपानी तथा सरसफाई मन्त्री जीवनबहादुर शाहीले आफूलाई भोट नहाले 'चाला गाउँलाई छाला बनाउने भनि धम्की दिएपछि स्थानीयहरू डराएको नाम्खा गाउँपालिका-४ चालाका सोनाम टासी लामाले दुखेसो गरे । उनले भने-'चुनावमा जनताको मनमस्तिष्क जितेर भोट माग्नु पर्नेमा उल्टै यस्तो धम्की दिएर गए ।…

२०७४ मंसिर २, शनिबार २२:०० गते  
१ सय ९ मतदान केन्द्रमध्य ६८ ओटा अति सम्वेदनशील

यस जिल्लामा आगामी मङ्सिर १० गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि तोकिएका ९९ ओटा मतदानस्थलमध्ये सुरक्षाका दृष्टिकोणले ६८ ओटा मतदानस्थल अति सम्वेदनशील मानिएको छ । ९९ मतदानस्थलमध्ये ६८ ओटा अति सम्वेदनशील, २९ ओटा सम्वेदनशील र दुई ओटा मतदानस्थल मात्र सामान्य रहेको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ…

२०७४ मंसिर २, शनिबार २१:४८ गते