न्याय माग्न जाँदा प्रहरीले अमानवीय व्यवहार गरेको आरोप

खार्पुनाथ गाउँपालिका-५ का २८ वर्षीय गजेन्द्र रोकाय र सोही ठाउँका ३१ वर्षीय अमर ऐडीलाई जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विष्णुबहादुर सिंह र सोही कार्यालयका डिएसपी कमलप्रसाद नेपालले अमानवीय व्यवहार गरेको स्थानीयबासीले आरोप लगाएका छन् । खार्पुनाथ गाउँपालिका-५ का ७५ वर्षीय नरवीर बुढा र सोही गाउँका ४५ वर्षीय शेरबहादुर रोकाय असोज ८…

२०७४ आश्विन १३, शुक्रबार १०:३५ गते  
गाउँपालिकामा सेवा सुविधा नपाएपछि स्थानीयबासीलाई थप समस्या

गाउँपालिकामा सहजै रूपमा पाउनु पर्ने कुनै पनि सेवा सुविधा नपाएपछि स्थानीयबासीलाई थप समस्या भएको छ । हुम्लाका सात ओटा गाउँपालिकाले सदरमुकाम सिमकोटमै सम्पर्क कार्यालय खोलेपछि यतिखेर सबै गाउँपालिकाका स्थानीयबासीहरूले समस्या झेल्दै आएका छन् । सम्पर्क कार्यालय खोलेर जनप्रतिनिधि सदरमुकाममा बसेपछि सेवाग्राही मर्कामा परेका छन् । हुम्लाका नाम्खा, खार्पुनाथ, चंखेली, अदानचुली,…

२०७४ आश्विन १२, बिहीबार २०:०६ गते  
पाँच केजी चामल किन्न कर मात्रै २ सय ५० रुपियाँ !

सदरमुकाम सिमकोटको बजारमा बोसाबास गर्दै आएका बजार बासीले तिनवटा कर तिरेमा मात्र नेपाल खाद्य संस्थानबाट चामल किन्नको लागि 'रासन कार्ड' पाउने भएका छन् । हुम्लाको सदरमुकाम सिमकोटमा विभिन्न कामको सिलसिलामा बजारमा बस्दै आएका बजारबासीहरूलाई खाद्य संस्थानबाट खाद्यान्नको लागि तीनवटा कर तिरेर मात्र चामल पाउने व्यवस्था भएको हो । सिमकोट गाउँपालिका-५…

२०७४ आश्विन ११, बुधबार २१:०८ गते  
बजारबाट जफत गरिएका अखाद्य पदार्थ जलाइयो

जिल्ला प्रशासन कार्यालय दैलेखले दैलेख सदरमुकामका केही पसलबाट जफत गरेको अखाद्य पदार्थ असोज १० गते जलाएर नष्ट गरेको छ । असोज ८ र ९ गते बजार अनुगमनको क्रममा पसलेहरूले ग्राहकलाई बेच्न राखेका मध्ये म्याद गुज्रेका, कुहिएका, सडेगलेका खाद्य पदार्थ बजार अनुगमन टोलीले जफत गरेको थियो । प्रमुख जिल्ला अधिकारी बिश्वराज…

२०७४ आश्विन १०, मंगलवार २०:३४ गते  
पाठ्यपुस्तकको अभावले पठपाठनमा बाधा

कालिकोटका विभिन्न विद्यालयमा पाठ्यपुस्तकको अभाव भए पछि यहाँका विद्यार्थीको पढाइमा बाधा पुगेको छ । शैक्षिसत्र सुरू भएको ६ महिना बितिसक्दा समेत विद्यालयमा पाठ्यपुस्तक असोज ६ गतेसम्म पनि नपुगेपछि विद्यार्थीहरूको पढाइमा बाधा पुगेको हो । पलाता गाउँपालिकामा रहेका कर्णाली मावि खिन, दुधेसिल्ला मावि वेर्सनकोट, देउती मावि उखाडी, कालिका आधारभुत विद्यालय छलाह,…

२०७४ आश्विन ८, आईतवार १३:१४ गते  
खाद्यान्नको अभावमा दसैँ मनाउनु पर्ने स्थानीयबासीको गुनासो

खाद्य डिपोमा तीन महिनादेखि खाद्यान्न ढुवानी हुन नसक्दा स्थानीयबासीले खाद्यान्नको अभावमा दसैँ मनाउन बाध्य हुनुपरेको गुनासो गरेका छन् । गएको असारमा पाँच केजीका दरले चामल वितरण भएकोमा त्यसपछि ढुवानीमा समस्या हुँदा स्थानीयबासीले असोज ४ गतेसम्म खाद्यान्नको समस्या भोग्दै आएका छन् । जिल्लामा रहेका तीन ओटै खाद्य डिपोमा तीन महिनादेखि खाद्यान्न…

२०७४ आश्विन ५, बिहीबार १९:५१ गते  
बिरामीले सिटामोलसमेत पाएनन्, स्वास्थ्य चौकीमा औषधि अभाव

सिञ्जा गाउँपालिकामा रहेको इलाका स्वास्थ्य चौकी नराकोटमा सिटामोलसमेत नपाएर बिरामीहरू रित्तो हात फर्कने गरेका छन् । स्वास्थ्य चौकीमा औषधिको अभाव भएका कारणले बिरामीलाई रितो हात फर्काउनु परेको स्वास्थ्य चौकीका इञ्चार्ज प्रेम बमले बताए । 'करिव एक महिनादेखि उपचारका लागि स्वास्थ्य चौकीमा आएका बिरामीलाई पुर्जा लेखिदिएर मेडिकलहरूमा पठाउनु पर्ने बाध्यता रहेको…

२०७४ आश्विन ५, बिहीबार १९:४२ गते  
इन्सेकको पहलमा बोटेचौरमा तीन दिने स्वास्थ्य शिविर सम्पन्न

इन्सेकद्वारा सञ्चालित इएलपी कार्यक्रम अन्तर्गत गठित गुर्भाकोट नपा-४, ५ र ९ वडास्तरीय मानव अधिकार निगरानी समूहको आयोजना तथा बजार व्यवस्थापन समिति बोटेचौरको समन्वयमा बोटेचौरमा स्वास्थ्य तथा सरसफाई विषयक बृहत अन्तरक्रिया गरिएपछि लगत्तै चिकित्सकसहितको टोलीले गुर्भाकोट नपामा तीन दिने स्वास्थ्य शिविर सञ्चालन गरेको छ । गुर्भाकोट नपामा पछिल्लो समयमा स्वाइन फ्लु…

२०७४ आश्विन ४, बुधबार २२:०४ गते  
कुपोषित बालकलाई उपचारको अभाव

कडा कुपोषणबाट ग्रसित तिलागुफा नपा-११ का गोगन बिकका चार वर्षीय छोरा नयाराम बिकको थप उपचारका लागि आर्थिक अभाव भएको छ । कडा खालको कुपोषणको लक्षण देखिएपछि सुविधा सम्पन्न अस्पातलमा सिफारिस गर्नुपर्ने स्वास्थ्य चौकी इञ्चार्ज दुर्गाप्रसाद आचार्यले बताए । 'भदौ २६ गते स्वास्थ्य चौकीमा उपचारका लागि आएका बिकको शरीरमा कडा खालको…

२०७४ भाद्र २७, मंगलवार २२:४६ गते  
अन्तरजातीय विवाह गरेको आरोपमा दलित परिवारमाथि कुटपिट

बराहताल गाँउपालिका-८ का २५ वर्षीय बलबहादुर बिक, ५७ वर्षीय बावु भक्तबहादुर बिक र ४८ वर्षीया आमा अमृता बिकलाई अन्तरजातीय विवाह गरेको आरोपमा भदौ २५ गते राती दैलेख जिल्ला डुङ्गेश्वर नपा छदौंका ३२ वर्षीय आनन्द शाहीलगायतका चार जनाको समूहमा आएका व्यक्तिले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । बलबहादुरले शाहीकी…

२०७४ भाद्र २७, मंगलवार २२:४४ गते