यार्सा सङ्कलनका लागि विद्यार्थी लेकतिर, पठनपाठन प्रभावित
जुम्लाको पूर्वी क्षेत्र पातारासी गाउँपालिकास्थित विद्यालयमा अध्ययनरत विद्यार्थी यार्सा सङ्कलनका लागि लेकतिर गएपछि विद्यालयको पठनपाठन प्रभावित भएको छ । बहुमूल्य जडिबुटी यार्सागुम्बा सङ्कलन गर्ने समय सरू भएसँगै जिल्ला तथा जिल्ला बाहिरका व्यापारी तथा सर्वसाधारण लेकतिर गएपछि यार्सा सङ्कलनका लागि बालबालिका पनि अभिभावकसँग लेकतिर जाँदा विद्यालय सुनसान भएका हुन् । पातारासी…
डेढ महिनादेखि विद्यालयमा पठनपाठन नभएको अभिभावकको गुनासो
खार्पुनाथ गाउँपालिका-२ थालीस्थित शङ्कर निम्न माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति र शिक्षकको लापरवाहीले डेढ महिनादेखि पठनपाठन नभएको अभिभावकले गुनासो गरेका छन् । वैकल्पिक व्यवस्था नगरी नयाँ भवन बनाउने भन्दै पुरानो भवन विद्यालय व्यवस्थापन समितिले भत्काएपछि बालबालिकाको पठनपाठन चैत २० गतेदेखि प्रभावित भएको अभिभावक राजु रावलले गुनासो गरेका हुन् । उक्त…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १६ वर्षीय बालकलाई जेठ १ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख ३० गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालयमा जेठ १ गते उजुरी दिएका थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा वैशाख ३१ गते गरिएको प्रहरीले…
प्रहरीको स्कर्टिङ टोलीमाथि नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताद्वारा आक्रमण
ठुलीभेरी नगरपालिका-९ स्थित भेत्तीडाँडामा प्रहरीको स्कर्टिङ टोली माथि नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले जेठ १ गते आक्रमण गरेको प्रहरीले जनाएको छ । नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इञ्चार्ज अजित विष्टको नेतृत्वमा सात/आठ जनाको समूहमा आएका उक्त पार्टीका कार्यकर्ताले प्रहरी हवल्दार धनसिंह कठायत र प्रहरी जवान जयलाल बस्नेतमाथि ढुङ्गा प्रहार गरी प्रहरीको नियन्त्रणमा…
खार्पुनाथ गाउँपालिकाले बनायो शिक्षासम्बन्धी १२ वटा कानुन
खार्पुनाथ गाउँपालिकाले १२ वटा शिक्षा कार्य विधिको कानुन निर्माण गरेको छ । गाउँपालिकाले १२ वटा कानुन निर्माण गरी गाउँसभाबाट पारित गरेको खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण रावलले जानकारी दिए । अध्यक्ष रावलका अनुसार यसअघि बनाएर कार्यान्वयनमा ल्याएको शिक्षा कार्यविधि केही संशोधनसहित पारित गरिएको छ । त्यस्तै विद्यालय खोल्ने अनुमति र स्विकृतीसम्बन्धी…
बहुविवाह घटनाका आरोपित गिरफ्तार
बहुविवाह गरेको आरोपमा प्रहरीले भगवतीमाई गाउँपालिका-१ मलुका गाउँका २४ वर्षीय शेरबहादुर चन्द र नारायण नगरपालिका-७ किमुगाउँकी १९ वर्षीया दीपा मल्ललाई वैशाख ३१ गते गिरफ्तार गरेको छ । घरमा आफू हुँदाहुदै बहुविवाह गरेको भन्दै जेठी पत्नी कविता शाहीले दिएको उजुरीका आधारमा आरोपितहरूलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सरोज पौडेलले जानकारी…
स्वास्थ्य क्षेत्रमा देखिएका समस्या सम्बन्धमा सरोकारवाला निकायबिच अन्तरक्रिया
जिल्लाका प्राय सबै स्वास्थ्य संस्थामा औषधिको अभाव भएपछि स्वास्थ्य क्षेत्रमा देखिएका समस्या सम्बन्धमा नागरिक समाज हुम्लाको आयोजना तथा इन्सेक, नेपाल पत्रकार महासङ्घको सहकार्यमा वैशाख २९ गते सरोकावाला निकायबिच जिल्ला सदरमुकाम सिमकोटमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधिले सबै जनतालाई सहज रूपमा स्वास्थ्य सेवा पुर्याउने प्रतिबद्धता जनाएका छन्…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दाङ जिल्ला तुल्सीपुर उमनपा-१ का २५ वर्षीय कृष्ण नेपालीलाई प्रहरीले वैशाख २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख २४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सल्यानमा वैशाख २६ गते उजुरी दिएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला…
म्याद नाघेका अखाद्य वस्तुले उपभोक्ता मर्कामा
जुम्ला बजारका व्यापारीले म्याद नाघेका अखाद्य वस्तुको विक्री वितरण गरेपछि उपभोक्ता मारमा परेका छन् । व्यापारीहरूले अखाद्य वस्तु विक्री वितरण गर्ने र सरोकारवाला निकायले समयसमय अनुगमन नगर्ने तथा चासो नदिने गरेका कारण उपभोक्ता मारमा परेका हुन् । करिब एक वर्षको समयावधि पछि वैशाख २७ गते स्याउ प्रशोधन केन्द्र जुम्लाको आयोजना…
समाचारको विषयलाई लिएर पत्रकारलाई मार्ने धम्की
रास्कोट नपा-१ निवासी नागरिक दैनिक कालिकोटमा कार्यरत ३० वर्षीय पत्रकार पवित्रकुमार शाहीलाई सोही नपा १ र २ का वडाध्यक्षले वैशाख २७ गते मार्ने धम्की दिएको पीडितले आरोप लगाएका छन् । नागरिक दैनिकको पश्चिमेली संस्करणमा वैशाख २४ गते 'वडाध्यक्ष प्रहरी फन्दामा' शीर्षकको समाचार प्रकाशित गरेको आरोपमा वडा नम्बर १ का वडाअध्यक्ष…