बालबालिका यार्सागुम्बा टिप्न गएपछि १ सय १२ विद्यालय बन्द, यार्सा सङ्कलन क्षेत्रमा घुम्ती विद्यालय

यार्सा सङ्कलनका लागि अभिभावकसँग बालबालिका गएपछि डोल्पाका १ सय १२ वटा विद्यालय जेठ १ गतेदेखि बन्द भएका छन् । जिल्लामा ८६ प्रावि, १४ निमावि, १५ मावि र पाँच उमावि रहेका छन् । डोल्पालीको मुख्य आम्दानीको स्रोत मानिने बहुमुल्य जडिबुटी यार्सागुम्बा सङ्कलनका लागि हिमाली क्षेत्र खुल्ला भएपछि अधिकांश विद्यालय बन्द भएका…

२०७५ जेष्ठ ४, शुक्रबार २०:४७ गते  
जनप्रतिनिधि र कर्मचारीको विवादका कारण कर्मचारीद्वारा काम ठप्प

बनगाड कुपिण्डे नगरपालिकामा कार्यरत कर्मचारीलाई वडा नम्बर ४ र ५ का वडा अध्यक्षले दुर्व्यवहार गरेको आरोप लगाउँदै नगरपालिकामा कार्यरत कर्मचारीले जेठ २ गतेदेखि कार्यालयको सम्पूर्ण काम ठप्प पारेका छन् । कर्मचारीले काम नगरेपछि नगरपालिकाको कार्यालयबाट स्थानीयबासीले पाउने नागरिकता, विवाह दर्ता, जन्म दर्ता, मालपोत कार्यालयमा दिइने सिफारिस, उपभोक्ता आयोजना सिफारिसलगायतका सम्पूर्ण…

२०७५ जेष्ठ ३, बिहीबार २१:४४ गते  
विद्यालयको लापरवाहीले परीक्षा दिन नपाएको विद्यार्थीको गुनासो

मानसरोवर माध्यामिक विद्यालयको लापरबाहीका कारण यस वर्षको कक्षा ११ को परीक्षा दिन नपाएको परीक्षार्थीहरूले आरोप लगाएका छन् । विद्यार्थीले विद्यालयमा गएर परीक्षा भर्ना शुल्क, लाइब्रेरी शुल्क, खेलकुद शुल्क, रजिष्टेशन फारम शुल्क बुझाएको भए पनि, रजिष्टेशन फारम नभरेको भन्दै पाँच जना विद्यार्थी परीक्षा दिनबाट वञ्चित बन्चित गराएको परीक्षार्थी सुनमति शाहीले गुनासो…

२०७५ जेष्ठ ३, बिहीबार २१:४३ गते  
यार्सा सङ्कलनका लागि विद्यार्थी लेकतिर, पठनपाठन प्रभावित

जुम्लाको पूर्वी क्षेत्र पातारासी गाउँपालिकास्थित विद्यालयमा अध्ययनरत विद्यार्थी यार्सा सङ्कलनका लागि लेकतिर गएपछि विद्यालयको पठनपाठन प्रभावित भएको छ । बहुमूल्य जडिबुटी यार्सागुम्बा सङ्कलन गर्ने समय सरू भएसँगै जिल्ला तथा जिल्ला बाहिरका व्यापारी तथा सर्वसाधारण लेकतिर गएपछि यार्सा सङ्कलनका लागि बालबालिका पनि अभिभावकसँग लेकतिर जाँदा विद्यालय सुनसान भएका हुन् । पातारासी…

२०७५ जेष्ठ ३, बिहीबार १६:३४ गते  
डेढ महिनादेखि विद्यालयमा पठनपाठन नभएको अभिभावकको गुनासो

खार्पुनाथ गाउँपालिका-२ थालीस्थित शङ्कर निम्न माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति र शिक्षकको लापरवाहीले डेढ महिनादेखि पठनपाठन नभएको अभिभावकले गुनासो गरेका छन् । वैकल्पिक व्यवस्था नगरी नयाँ भवन बनाउने भन्दै पुरानो भवन विद्यालय व्यवस्थापन समितिले भत्काएपछि बालबालिकाको पठनपाठन चैत २० गतेदेखि प्रभावित भएको अभिभावक राजु रावलले गुनासो गरेका हुन् । उक्त…

२०७५ जेष्ठ ३, बिहीबार १६:०७ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १६ वर्षीय बालकलाई जेठ १ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख ३० गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालयमा जेठ १ गते उजुरी दिएका थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा वैशाख ३१ गते गरिएको प्रहरीले…

२०७५ जेष्ठ २, बुधबार २१:०६ गते  
प्रहरीको स्कर्टिङ टोलीमाथि नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताद्वारा आक्रमण

ठुलीभेरी नगरपालिका-९ स्थित भेत्तीडाँडामा प्रहरीको स्कर्टिङ टोली माथि नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले जेठ १ गते आक्रमण गरेको प्रहरीले जनाएको छ । नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इञ्चार्ज अजित विष्टको नेतृत्वमा सात/आठ जनाको समूहमा आएका उक्त पार्टीका कार्यकर्ताले प्रहरी हवल्दार धनसिंह कठायत र प्रहरी जवान जयलाल बस्नेतमाथि ढुङ्गा प्रहार गरी प्रहरीको नियन्त्रणमा…

२०७५ जेष्ठ २, बुधबार २१:०५ गते  
खार्पुनाथ गाउँपालिकाले बनायो शिक्षासम्बन्धी १२ वटा कानुन

खार्पुनाथ गाउँपालिकाले १२ वटा शिक्षा कार्य विधिको कानुन निर्माण गरेको छ । गाउँपालिकाले १२ वटा कानुन निर्माण गरी गाउँसभाबाट पारित गरेको खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण रावलले जानकारी दिए । अध्यक्ष रावलका अनुसार यसअघि बनाएर कार्यान्वयनमा ल्याएको शिक्षा कार्यविधि केही संशोधनसहित पारित गरिएको छ । त्यस्तै विद्यालय खोल्ने अनुमति र स्विकृतीसम्बन्धी…

२०७५ जेष्ठ २, बुधबार २१:०४ गते  
बहुविवाह घटनाका आरोपित गिरफ्तार

बहुविवाह गरेको आरोपमा प्रहरीले भगवतीमाई गाउँपालिका-१ मलुका गाउँका २४ वर्षीय शेरबहादुर चन्द र नारायण नगरपालिका-७ किमुगाउँकी १९ वर्षीया दीपा मल्ललाई वैशाख ३१ गते गिरफ्तार गरेको छ । घरमा आफू हुँदाहुदै बहुविवाह गरेको भन्दै जेठी पत्नी कविता शाहीले दिएको उजुरीका आधारमा आरोपितहरूलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सरोज पौडेलले जानकारी…

२०७५ बैशाख ३१, सोमबार २१:३८ गते  
स्वास्थ्य क्षेत्रमा देखिएका समस्या सम्बन्धमा सरोकारवाला निकायबिच अन्तरक्रिया

जिल्लाका प्राय सबै स्वास्थ्य संस्थामा औषधिको अभाव भएपछि स्वास्थ्य क्षेत्रमा देखिएका समस्या सम्बन्धमा नागरिक समाज हुम्लाको आयोजना तथा इन्सेक, नेपाल पत्रकार महासङ्घको सहकार्यमा वैशाख २९ गते सरोकावाला निकायबिच जिल्ला सदरमुकाम सिमकोटमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधिले सबै जनतालाई सहज रूपमा स्वास्थ्य सेवा पुर्‍याउने प्रतिबद्धता जनाएका छन्…

२०७५ बैशाख ३०, आईतवार २१:२१ गते