१ सय ९ मतदान केन्द्रमध्य ६८ ओटा अति सम्वेदनशील
यस जिल्लामा आगामी मङ्सिर १० गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि तोकिएका ९९ ओटा मतदानस्थलमध्ये सुरक्षाका दृष्टिकोणले ६८ ओटा मतदानस्थल अति सम्वेदनशील मानिएको छ । ९९ मतदानस्थलमध्ये ६८ ओटा अति सम्वेदनशील, २९ ओटा सम्वेदनशील र दुई ओटा मतदानस्थल मात्र सामान्य रहेको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ…
कालिकोटमा मतदाता शिक्षा सामाग्री लुट्यो
नरहरिनाथ गाउँपालिका-४ को गोठीमा मङ्सिर १ गते बिहान मतदाता शिक्षा सामग्री लुटिएको छ । गोठी मतदान केन्द्रका मतदाताको लागि लैजाँदै गरेको मतदाता शिक्षा सामग्री नेत्रविक्रमचन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकताहरूले लुटेका हुन् । मतदानसम्बन्धी जानकारी गराउन जाने क्रममा बिच बाटोमै निर्वाचन सामग्री लुटिएको जिल्ला निर्वाचन कार्यालय कालिकोटले जनाएको छ ।…
नेकपा कार्यकर्तद्वारा मतदाता शिक्षा तथा प्रचार सामग्री जलाइयो
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले सल्यानमा मतदाता शिक्षा सामग्री र उम्मेदवारका प्रचार सामग्री कब्जा गरी जलाएका छन् । नेकपा सल्यानले कात्तिक ३० गते निर्वाचन आयोगद्वारा सञ्चालित मतदाता शिक्षासँग सम्बन्धित सामग्री र वाम गठबन्धनका पर्चा पम्पलेटहरू कब्जा गरी जलाएको हो । निर्वाचन खारेजीको अभियान लिएको नेकपाले आफ्ना कार्यकर्ताले…
नेकपा कार्यकताले मतदाता शिक्षा सामग्री जलाए
नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले मतदाता शिक्षा सामग्री जलाएर नष्ट गरेका छन् । निर्वाचनको विरोधमा रहेका नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले कात्तिक २९ गते हिमा गाउँपालिका-२ रनुखानागाउँमा मतदाता कार्यकर्ताबाट निर्वाचन शिक्षा सामग्री जफत गरी जलाएर नष्ट गरेका हुन् । मतदातालाई निर्वाचन शिक्षा दिनका लागि स्वयम्सेवक जयश्वर चौलागाई र राधा श्रेष्ठ गाउँमा पुगेका…
एक महिनादेखि शिक्षक विद्यालय नजाँदा पठनपाठन प्रभावित
चङ्खेली, अदानचुली, ताँजाकोट, नाम्खा र सर्केगाड गाउँपालिकाका ३० ओटा विद्यालयमा कार्यरत शिक्षक एक महिनादेखि सम्बन्धित विद्यालयमा नजाँदा विद्यालयको पठनपाठन प्रभावित भएको छ । चङ्खेली गाउँपालिका-८, अदानचुली गाउँपालिका-५, ताँजाकोट गाउँपालिका-४, नाम्खा गाउँपालिका-९, सर्केगाड गाउँपालिका-३ का ३० वटा विद्यालयमा कार्यरत करिब ७० जना शिक्षक उपस्थित नभएपछि बालबालिकाको पठनपाठन प्रभावित भएको हो ।…
राहतका लागि पहल गरिदिन द्वन्द्व पीडितद्धारा इन्सेकलाई अनुरोध
विस्तृत शान्ति सम्झौता भएको ११ वर्षहुँदासम्म राहत पाउन नसकेको भन्दै छाँयानाथ रारा नपा-९ का ३७ वर्षीय विजलाल रोकाया, सोही ठाउँका ३१ वर्षीय सतसिंङ रोकाया, ३३ वर्षीय दङल्या रोकाया र ४५ वर्षीय सुकलाल रोकायाले कात्तिक २६ गते सम्बन्धित निकायमा आवश्यक पहल गरिदिन इन्सेकलाई अनुरोध गरेका छन् । तत्कालीन विद्रोही पक्ष नेकपा…
पतिले रोजेको पार्टीलाई असहयोग गरेको आरोपमा पत्नीलाई घर निकाला
कार्मारोङ्ग गाँउपालिका-८ माँग्रीकी २६ वर्षीया कार्मा छुईकित तामाङसहति दुई छोराछोरीलाई आफूले रोजेको पार्टीलाई सहयोग नगरेको आरोपमा ३१ वर्षीय पति निमाछिरिङ तामाङले कात्तिक १२ गते घर निकाला गरेकोपीडित पक्षको आरोप छ । घटनास्थल सदरमुकामदेखि पैदल दुई दिन लाग्ने भएकोले यस घटना ढिलोगरी सार्वजनिक भएको जनाइएको छ । थानीय तहको निर्वाचनमा पनि…
मुगुका १८ मतदान केन्द्र अति सम्वेदनशील
जिल्ला सुरक्षा समितिले जिल्लाका १८ मतदान केन्द्र अति सम्वेदनशील रहेको जनाएको छ । ६० ओटा मतदान केन्द्रमध्ये सुरक्षा समितिले १८ अति सम्वेदनशील, १९ सम्वेदनशील र २३ सामान्यमा राखेको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए । सदुरमुकाम गमगढी नजिक रहेको छाँयानाथ रारा नपा-१२ शोभा गाँउमा रहेको मतदान केन्द्रमा नेपाल कम्युनिष्ट पार्टीका…
मतदान केन्द्र खारेज गर्न नेपाल कम्युनिष्ट पार्टीको दबाव
छाँयानाथ रारा नपा-१२ शोभा गाँउस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय शोभा मतदान केन्द्र खारेज गर्न नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले एमाले र काङ्ग्रेसका कार्यकर्तालाई दबाव दिएका छन् । नेपाल कम्युनिष्ट पार्टीको जिल्ला सचिवालय सदस्य सिद्धान्तले आफ्नो पकड मानिएको छाँयानाथ रारा नपा-१२ शोभा गाँउमा काङ्ग्रेस र बामगठबन्धनका कार्यकर्तालाई कात्तिक २० गते बोलाई दबाव…
तीन दिने क्षमता अभिबृद्धि तालिम सुरू
इन्सेक नेपालगञ्जको आयोजनामा बाल अधिकार चेतना समूहका सदस्यहरूका लागि तीन दिने क्षमता अभिबृद्धि तालिम कात्तिक २२ गतेदेखि वीरेन्द्रनगरमा सुरू भएको छ । तालिमको सुरूवात गर्दै इन्सेक नेपालगञ्जकी कार्यक्रम फोकल पर्सन सरस्वती मल्लले बालबालिकाको अधिकार सूचित गरिएमात्र पनि मुलुकको समग्र विकासमा टेवा पुग्ने बताइन् । बाल अधिकारको संरक्षण र सम्बर्द्धनमा इन्सेकले…