बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा त्रिपुरासुन्दरी नपा–९ का ३८ वर्षीय ज्ञानबहादुर पुनलाई प्रहरीले असार २३ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असार २३ गते दिउँसो बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले सोही दिन प्रहरी चौकी त्रिपुराकोटमा उजुरी दिएका थिए । पीडितको उजुरीपछि प्रहरीले पुनलाई गिरफ्तार गरेको…

२०७५ असार २४, आईतवार २०:१५ गते  
पाँच महिना बितिसक्दा पनि हुम्लाका आगालागी पीडितले राहत पाएनन्

ताजाँकोट गाउँपालिका-१ स्थित काँडा जिमाना गाउँका २५ घरधुरीका आगलागी पीडितले पाँच महिना बितिसक्दा पनि राहत नपाएको स्थानीयबासी जगतबहादुर शाहीले गुनासो गरेका छन् । उनले भने-'आगलागी भएको पाँच महिना बित्यो । तर, हामीले अहिलेसम्म राहत पाएका छैनौँ ।' दैविप्रकोप उद्धार समितिलाई आग्रह गर्दा समेत आर्थिक वर्षको अन्तिमसम्म कसैको ध्यान नगएको जगतबहादुरको…

२०७५ असार २३, शनिबार २१:४५ गते  
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा दुई प्रहरी घाइते

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता र प्रहरीबीच असार २२ गते गमगढीस्थित कृष्णाचोकमा भएको झडपमा दुई जना प्रहरी घाइते भएका छन् । घाइते हुनेमा नेपाल प्रहरीका असई देवेन्द्रसिंह धामी र सशस्त्र प्रहरी हवल्दार सुरन्द्र सिंह रहेका छन् । असई धामीको टाउकोमा बाँयातर्फचोट लागेको छ भने हवल्दार धामीको छातिमा चोट लागेको…

२०७५ असार २२, शुक्रबार २१:२५ गते  
आमरन अनसनमा बसेका विद्यार्थीहरूको अवस्था गम्भीर, उपचारका लागि अस्पताल भर्ना

सात बुँदे माग राखी यही असार ५ गतेबाट आन्दोलनरत तथा १२ गतेदेखि अनशन र १९ गतेबाट आमरण अनशनमा उत्रिएका मध्यपश्चिमाञ्चल विश्वविद्यालय इञ्जिनियरिङ्ग संकायका विद्यार्थीहरूको स्वस्थ्य अवस्था गम्भीर बनेको छ । आमरण अनशनमा बसेका २३ वर्षीय रोशन बस्नेतको स्वास्थ्यमा समस्या देखिएपछि देउती नर्सिङ्ग होममा उपचार सुरू गरिएको छ । २२ वर्षीय…

२०७५ असार २२, शुक्रबार २१:०९ गते  
इन्सेकको सहकार्यमा नमूना गाउँ घोषणा

सिमकोट गाउँपालिका, किर्डाक नेपालको आर्थिक सहयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायत महिला काल्याण हुम्लाको सहकार्यमा हुम्ला जिल्लाको सिमकोट गाउँपालिकाको-३ बरगाउँ गाउँलाई नमूना गाउँ घोषणा गरिएको छ । गाउँमा जनताले आधारभुत सुविधा पाएपछि बरगाउँलाई नमूना गाउँ घोषणा गरिएको हो । असार २२ गते भएको नमूना गाउँ घोषणा कार्यक्रममा सो…

२०७५ असार २२, शुक्रबार २०:३३ गते  
बैवाहिक बलात्कार गरेको कसुरमा आठ वर्षकैदको फैसला

३६ वर्षीया पत्नीलाई बैवाहिक बलात्कार गरी गुप्ताङ्गमा पाइपले घोचेर यातना दिएको कसुरमा ४० वर्षीय पतिलाई जिल्ला अदालतले असार २१ गते ८ वर्षकैद र ३० हजार रुपियाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको छ । पीडित महिलालाई आरोपितले बलात्कार गरेको र ज्यानमार्ने उद्योगको मुद्दामा सो सजाय भएको अदालतका प्रवक्ता नासु विनोद आचार्यले जानकारी…

२०७५ असार २२, शुक्रबार १०:२६ गते  
छाउगोठमा बसेकी बालिकालाई सामूहिक बलात्कार, आरोपितविरूद्ध प्रहरीमा उजुरी

छाउगोठमा बसेकी १५ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असार २० गते इलाका प्रहरी कार्यालय बावियाचौरमा उजुरी दर्ता गरिएको छ । छाउगोठ बसेकी पीडितलाई असार १८ गते राति बराहताल गाँउपालिका-६ का १८ वर्षीय जनक शर्मा, १५ वर्षीय र १४ वर्षीय बालकसमेतले बलात्कार गरेको भन्दै पीडित पक्षले असार…

२०७५ असार २२, शुक्रबार १०:२६ गते  
स्वास्थ्यमा समस्या भएपछि डक्टर केसी अस्पताल भर्ना

६ दिनदेखि अनशनरत डक्टर गोविन्द केसीको स्वास्थ्यमा समस्या भएपछि अस्पतालमा भर्ना गरिएको छ । डक्टर केसी असार २० गते दिउँसो बेहोस भएपछि स्थानीय प्रशासनले उनलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा भर्ना गरेको हो । यसअघि उनलाई प्रतिष्ठानमा अनशन बस्न रोक लगाएको प्रशासनले उनको जीवन रक्षाका लागि भन्दै…

२०७५ असार २१, बिहीबार १०:१७ गते  
डक्टर केसीको जीवन रक्षाको माग गर्दै स्वास्थ्यकर्मी आन्दोलित, सेवा प्रभावित

सरकारसँग स्वास्थ्य क्षेत्र सुधारका विषयमा माग राख्दै असार १६ गतेदेखि अनशनरत डक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै स्वास्थ्यकर्मी आन्दोलित भएपछि सेवाबाट सेवाग्राही प्रभावित भएका छन् ।   डा. केसीको जीवन रक्षाको माग गर्दै जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित कर्णाली मुगु, कालिकोट, हुम्ला डोल्पा जिल्लाका अस्पतालमा बहिरङ्ग बाहेक अरु सबै…

२०७५ असार २०, बुधबार २१:५३ गते  
शिशु हत्याको कसुरमा जन्मकैदको फैसला

नवजात शिशुको हत्या गरेको कसुरमा नलगाड नपा-१ की १९ वर्षीया सविता पुनलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश देवकुमार गिरीको इजलासले 'अवैध सम्बन्ध'बाट बच्चा जन्माई उक्त बच्चाको हत्या गरेको ठहरसहित असार १९ गते जन्मकैदको फैसला सुनाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रविन्द्रबहादुर सिंहले जानकारी दिए । शिव व्यवसायिक माध्यमिक…

२०७५ असार २०, बुधबार २१:५२ गते