बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा त्रिपुरासुन्दरी नपा-७ का २५ वर्षीय जितबहादुर शाहीलाई प्रहरीले असार ३१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार ३१ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोहीदिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असार ३२ गते गरिएको छ ।…

२०७५ असार ३२, सोमबार १०:५७ गते  
राउटेलाई फोटो सहितको परिचयपत्र

घाउचोट लागेको बेला औषधि लगाउन नमान्ने राउटेहरू अब फोटो सहितको परिचयपत्र धारी बनेका छन् । अहिले उनीहरू बस्दै आएको गुराँस गाउँपालिका-८ गर्चा गाउँको तल पातलेखोला बस्तीमै पुगेर गुराँस गाउँपालिकाले असार ३० गते फोटो सहितको परिचय बाँडेको हो । राउटेलाई परिचयपत्र दिने विषयमा गाउँपालिकाले राय मागे अनुरूप सङ्घीय मामिला तथा सामान्य…

२०७५ असार ३२, सोमबार ०९:४५ गते  
विवाह गर्ने उमेर अघि नै सम्बन्ध विच्छेद !

विवाह गर्ने उमेर अघि नै समाजमा सम्बन्ध विच्छेदका घटना बढदै आएको जिल्ला अदालतले जनाएको छ । आर्थिक वर्ष ०७४/०७५ मा सम्बन्ध विच्छेदका १ सय १ र अंशसहित सम्बन्ध विच्छेदका ३२ गरी १ सय ३३ थान मुद्दा परेको जिल्ला अदालत सल्यानका न्यायाधीश मदनबहादुर धामीले जानकारी दिए । जिल्ला न्यायाधीश धामीका अनुसार…

२०७५ असार ३०, शनिबार ०७:२८ गते  
बालगृहमा राखिएका १० बालबालिकाको अवस्था अज्ञात

वीरेन्द्रनगर नपा–१० स्थित सुरक्षित घर नेपाल (बालगृह) मा राखिएका १० जना बालबालिकाको अवस्था अज्ञात रहेको छ । महिला तथा बालबालिका कार्यालय सुर्खेतले सो बालगृहको अनुगमन गर्दा ०७४ साउन महिना यता बालगृहमा राखिएका १० जना बालबालिका अनुगमनको क्रममा फेला नपरेपछि ती बालबालिकाको अवस्था अज्ञात भएको जानकारीमा आएको हो । अनुगमन गरे…

२०७५ असार ३०, शनिबार ०७:२५ गते  
इन्सेकको निरन्तर पहलपछि हुम्लाका आगालागी पीडितले राहत पाए

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) हुम्ला जिल्लाका इन्सेक प्रतिनिधि नन्द सिंहको निरन्तर पहलपछि ताजाँकोट गाउँपालिका–१ स्थित काँडा जिमाना गाउँका २५ घरधुरीका आगलागी पीडितले असार २९ गते रहात पाएका छन् । ०७४ फागुन १८ गते राति १० बजे अज्ञात व्यक्तिले स्थानीयबासी हरिबहादुर रिठालको गोठमा आगो लगाई भागेपछि उक्त गाउँका २५ घरमा…

२०७५ असार ३०, शनिबार ०७:२२ गते  
अस्थायी शिक्षक परीक्षा दिन हिँडेपछि दुई हप्तादेखि विद्यार्थीको पठनपाठन प्रभावित

शिक्षक सेवा आयोगले अस्थायी शिक्षकको आन्तरिक परीक्षा नेपालगञ्जमा तोकेपछि जिल्लाका अधिकांश विद्यालयका विद्यार्थी पठनपाठनबाट वञ्चित भएका छन् । जिल्लाका ४२ विद्यालयका करिब ७५ प्रतिशत अस्थायी शिक्षक परीक्षा दिनकै लागि असार १४ गतेदेखि नेपालगञ्ज झरेपछि हुम्लाका करिब ९० वटा विद्यालयका विद्यार्थीको पठनपाठन प्रभावित भएको हो । नाम्खा गाँउपालिका-१ स्थित बुद्ध निमावि…

२०७५ असार २८, बिहीबार १६:५९ गते  
पत्नीलाई कुटपिट गरेको घटनाका आरोपित गिरफ्तार

त्रिपुरासुन्दरी नपा-१० की २८ वर्षीया मुना बुढालाई चिरपट दाउराले कुटपिट गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति इबे बोहरालाई असार २७ गते गिरफ्तार गरेको छ । मुना बुढाले आफूलाई पतिले प्रत्येक दिन कुटपिट गर्दै आइरहेका र पछिल्लो पटक असार २७ गते दिउँसो चिरपट दाउराले कुटपिट गरेको भन्दै प्रहरी चौकी त्रिपुराकोटमा असार…

२०७५ असार २८, बिहीबार १६:४६ गते  
स्वास्थ्यकर्मीद्वारा नगरपालिका कार्यालयमा धर्ना, सेवाग्राही प्रभावित

पाँच महिनादेखि तलब नपाएको भन्दै जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले असार २७ गते भेरी नगरपालिकाको कार्यालयमा धर्ना दिएका छन् । स्वास्थ्यकर्मीहरूले जिल्ला अस्पतालको सम्पूर्ण सेवा ठप्प गरेर नगरपालिकामा धर्नामा सहभागी भएपछि सेवाग्राही प्रभावित भएका हुन् । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले यस विषयमा असार २६ गते जिल्ला प्रशासन कार्यालयमा र असार २७ गते…

२०७५ असार २७, बुधबार २३:१४ गते  
सीमाङ्कन विरूद्धको आन्दोलनका घाइतेद्वारा उपचार नपाएको गुनासो

सीमाङ्कन विरूद्धको आन्दोलनमा प्रहरीको गोली लागेर घाइते भएका वीरेन्द्रनगर नपा-६ का २१ वर्षीय अनिश पन्तले राज्य पक्षबाट उपचार खर्च नपाएको गुनासो गरेका छन् । पन्तले ०७५ असार २७ गते अधिकारकर्मी तथा सञ्चारकर्मीसँग वीरेन्द्रनगरमा भएको भेटमा यस्तो गुनासो गरेका हुन् । १८ वर्षको उमेरमा आन्दोलनमा होमिँदा देब्रे हातमा गोली लागि घाइते…

२०७५ असार २७, बुधबार २३:०८ गते  
डक्टर केसीको स्वास्थ्य अवस्था गम्भीर, अत्यावश्यक औषधि पनि लिन मानेनन्

११ दिनदेखि जुम्लामा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बनेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उनले अत्यावश्यक औषधिसमेत खान नमानेका कारण अवस्था जटिल बन्दै आएको हो । अहिले सङ्क्रमणबाट बचाउन स्पेसल केयर युनिटमा राखेर निगरानी मात्र गरिएको डक्टर प्रवीणकुमार गिरीले बताए । 'डक्टर केसीको स्वास्थ्य अवस्था दिनप्रतिदिन प्रतिकूल बन्दै गएको छ…

२०७५ असार २६, मंगलवार २२:४१ गते