प्रहरीले अनसन स्थलमा हस्तक्षेप गरी कुटपिट गरेको विद्यार्थीको आरोप
मध्यपश्चिम विश्वविद्यालय इन्जिनियरिङ्ग संकायलाई स्वात्तता र गुणस्तरीय शिक्षा उपलब्ध गराउनुपर्ने मागगर्दै मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तीनदिन अघिदेखि अनसनरत विद्यार्थीहरूको अनसनस्थलमा असार १५ गते हस्तक्षेप गरी प्रहरीले आफूहरूलाई कुटपिट गरेको विद्यार्थीहरूले आरोप लगाएका छन् । प्रहरीको कुटपिटबाट विद्यार्थीहरू २२ वर्षीय जीवन शाही र २१ वर्षीय निकुञ्ज पाण्डे घाइते भएका छन् ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कालिकोट जिल्लाको महाबै गाउँपालिका-३ डिल्लीकोटका ३४ वर्षीय यादबहादुर सिंह, २२ वर्षीय रीतराज सिंह र २० वर्षीय रजबहादुर सिंहलाई असार १४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितत्रयले असार १२ गते सामूहिक बलात्कार गरेको भनी पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितहरूलाई अनुसन्धानका लागि…
पाँच महिनादेखि तलब नपाएको भन्दै स्वास्थ्यकर्मी आन्दोलनमा, स्वास्थ्य सेवा प्रभावित
पाँच महिनादेखि तलब नपाएको भन्दै जाजरकोट अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रिएका छन् । हरेक महिना तलब भत्ता बुझ्दै आएका स्वास्थ्यकर्मीहरूले लामो समयदेखि तलब नपाउँदा आन्दोलनमा उत्रिनु परेको प्रतिक्रिया दिएका छन् । स्वास्थ्यकर्मीहरूले असार १३ गतेदेखि कालोपट्टी बाँधेर सुरू गरेको कार्यक्रम असार १४ दिउँसो १२ बजेसम्म आकस्मिक बाहेकका सबै सेवा बन्द…
कुटपिट घटनाका आरोपित देवर गिरफ्तार
सिमकोट गाउँपालिका-६ की ३८ वर्षीया बाँचकली भनिने जुनकला कामीलाई असार १२ गते कुटपिट गरी घाइते बनाएको आरोपमा प्रहरीले ३४ वर्षीय देवर परमल सिंह कामीलाई असार १२ गते गिरफ्तार गरेको छ । मदिराले लठि्ठएका देवरले आफ्नै घरको ढोकामा लातीले हानेर फुटाल्न खेज्दा भाउजुले ढोकामा नहान्नुस भन्दा उल्टै बाँचकलीलाई हात र मुक्काले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तिलगुफा नपा-४ का २७ वर्षीय लक्ष्मण शाही र सोही ठाउँका ३० वर्षीय दिपेन्द्र शाहीलाई असार १२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितहरूले ०७४ मङ्सिर १२ गते साँझ अपहरण गरी बलात्कार गरेको आरोपमा पीडित पक्षले ०७४ मङ्सिर २१ गते जिल्ला प्रहरी कार्यालय…
बलात्कार गरेको कसुरमा सात वर्षकैदको फैसला
२१ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा पलाँता गाउँपालिका-२ का ३४ वर्षीय गणेश बमलाई जिल्ला अदालतले असार ११ गते सात वर्षकैदको फैसला सुनाएको छ । न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले कैदसँगै ५० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको जिल्ला अदालत कालिकोटका श्रेस्तेदार शोभाखर खरेलले जानकारी दिए । पीडित महिलालाई बमले ०७३ जेठ…
डिपोमा खाद्यान्न नहुँदा महङ्गोमा खाद्यान्न किन्नु परेको स्थानीयबासीको गुनासो
खाद्य संस्थानको डिपोमा खाद्यन्न अभाव हुँदा जिल्लाका खत्याड, सोरु र मुगुम कार्मारोङ्ग गाँउपालिकाका स्थानीयबासीले महङ्गोमा खाद्यान्न किन्न बाध्य भएका छन् । खाद्य संस्थानबाट सहुलियत दरमा विक्री हुने ३० केजी चामलको प्रति बोरा १ हजार ५ सय ५० रुपियाँदेखि १ हजार ९ सय ७० रुपियाँमा किन्ने गरेकोमा नजिकको डिपोमा चामल अभाव…
सरकारी विद्यालयमा शुल्क उठाउँदा विद्यार्थी मर्कामा
जिल्ला सदरमुकाम सिमकोटस्थित बालमन्दिर मावि, मानसरोवर मावि, भिमसेन आधारभुत विद्यालय र कालाशिल्ता प्राविले विभिन्न बाहानामा विद्यार्थीबाट मासिक शुल्क उठाउँदा विद्यार्थी मर्कामा परेका छन् । संविधानको प्रावधान अनुरूप सरकारले आधारभुत शिक्षा अनिवार्य र माध्यमिक शिक्षालाई निःशुल्क घोषणा गरेपनि जिल्लाका यी विद्यालयले शुल्क लिँदै आएको अविभावक चितलसिंह रोकायाले गुनासो गरे । नेपालको…
नेपाल मानव अधिकार वर्षपुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न
इन्सेकद्वारा प्रकाशन हुने नेपाल मानव अधिकार वर्षपुस्तक-२०१९ का लागि सङ्कलित घटनाको पुष्टि गर्न प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम कालिकोटमा असार ७ गते सम्पन्न गरिएको छ । समीक्षा कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि कालीबहादुर मल्लले ०७४ पुस १७ गतेदेखि ०७५ जेठ मसान्तसम्म सङ्कलन गरेका १६ वटा घटनाको समीक्षा गरिएको थियो । कार्यक्रममा…
६ महिनामा ८० प्रतिशत महिला हिंसाका घटना
सल्यान जिल्लामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामध्ये ८० प्रतिशत भन्दा बढी घटनाहरू महिला हिंसाका देखिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले असार ७ गते ६ महिनामा भएका मानव अधिकार उल्लङ्घनका घटनाहरू सार्वजनिक गर्ने क्रममा यस्तो देखिएको हो । बितेको ६ महिनामा सल्यान जिल्लामा भएका मानव अधिकार उल्लङ्घन तथा…