कथित बोक्सीको आरोप लगाउने युवक गिरफ्तार
कथित बोक्सी आरोप लगाएर दैलेखमा महिलालाई कुटेको आरोपमा एक जना गिरफ्तार भएका छन् । नारायण नगरपालिका-३ कालिमाटीकी ५२ वर्षीया राजकुमारी जैसीलाई कथित बोक्सीको आरोप लगाएको भन्दै २० वर्षीय रामचन्द्र बोगटीलाई प्रहरीले गिरफ्तार गरेको हो । बोक्सी लगाएर २२ वर्षीया आफ्नी बहिनी बिरामी पारेको भन्दै चैत २३ गते साँझ आफ्नै घरमा…
जिल्लास्तरीय नागरिक सञ्जाल गठन
जिल्लामा क्रियाशील विभिन्न पेशागत सङ्गठन तथा अधिकारकर्मीहरूले बेलाबेलामा जिल्लामा हुने अधिकार हनन् र ज्यादतीका घटनाविरूद्ध वकालत तथा पैरवी गर्नका लागि गणेश महतको संयोजकत्वमा १३ सदस्यीय जिल्लास्तरीय नागरिक सञ्जाल गठन गरिएको छ । चैत २४ गते सदरमुकाममा आयोजित कार्यक्रमबाट नेपाल पत्रकार महासङ्घका अर्जुन बोहोरा, मानव अधिकार एलाइन्सका पदमराज हमाल, गैरसरकारी संस्था…
जिल्ला स्तरीय मानव अधिकार सञ्जाल गठन
जाजरकोट, जाजरकोट जिल्लामा क्रियाशील विभिन्न पेशागत सङ्गठन तथा अधिकारकर्मीहरूले समय समयमा जिल्लामा हुने अधिकार हनन् र ज्यादतीका घटनाविरूद्ध वकालत तथा पैरवी गर्नका लागि खीमबहादुर शाहीको संयोजकत्वमा ११ सदस्यीय जिल्लास्तरीय मानव अधिकार सञ्जाल गठन गरिएको छ । चैत २२ गते सदरमुकाम खलङ्गाको होटल हिमालयमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जाजरकोटको संयोजनमा…
आठ महिनासम्म प्रहरीले उजुरी दर्ता नगरेको पीडित पक्षको गुनासो
रास्कोट नपा-१ का १९ वर्षीय सत्य टमटालाई कुटपिट गरी हत्या गरेको घटनामा संलग्नलाई कारबाहीको मागगर्दै आठ महिनाअघि नै उनका परिवारले सोही ठाउँका १९ वर्षीय कृष्ण टमटा र २२ वर्षीय रमेश टमटाविरुद्ध दिएको उजुरी जिल्ला प्रहरी कार्यालय कालिकोटले दर्ता नगरेको पीडित पक्षले गुनासो गरेको छ । सत्यलाई आरोपितहरूले ०७४ साउन १३…
नेविसङ्घका कार्यकर्ताद्वारा प्रदेश मन्त्रीको जीप तोडफोड
आन्दोलनमा उत्रेका नेविसङ्घका कार्यकर्ताले चैत २१ गते बिहान ८ बजे कर्णाली प्रदेशका भौतिक तथा पूर्वधार मन्त्री खड्कबहादुर खत्री चढेको जीपलाई ढुङ्गा प्रहार गरी क्षति पुर्याएका छन् । मन्त्री खत्रीलाई आवासमा लिन जाँदै गरेको बा २ झ १५६६ नम्बरको जीपमा ढुङ्गा प्रहार गर्दा अगाडिको सिसा फुटेको छ । मध्यपश्चिम विश्वविद्यालय सुर्खेतका…
गाउँमै मिलाउन खोजिएको बलात्कारको घटना प्रहरीमा
१३ वर्षीया बालिकालाई बलात्कार गरेको घटनालाई गाउँलेहरूले गाउँमै मिलाउन खोजेको भएपनि आफन्त र केही स्थानीयहरूको दबावमा प्रहरीमा चैत १६ गते उजुरी दिएपछि अहिले घटनामा संलग्न आरोपितलाई चैत १६ गते गिरफ्तार गरी प्रहरीले अनुसन्धान सुरू गरेको छ । पीडित बालिकालाई गत फागुन २६ गते जुनिचाँदे गाउँपालिका-२ का २७ वर्षीय ईन्द्रबहादुर गिरीले…
बयान बदलेको आरोपमा सात दिन कैद र २ हजार रूपियाँ जरिबानाको फैसला
आफूमाथि बलात्कार भएको भन्दै प्रहरीमार्फत अदालत पुर्याएको मुद्दामा त्यसो भएको होइन, गाउँघरका मानिसले मुद्दा देऊ भनेर मात्र दिएको हुँ भनी उजुरीविरूद्ध बयान बदल्ने दुई जना युवतीलाई दैलेख जिल्ला अदालतले चैत २० गते प्रति व्यक्ति सात दिन कैद र २ हजार रुपियाँका दरले जरिबानाको फैसला सुनाएको छ । गत असोज ३…
तीन महिनादेखि जिल्ला अस्पतालमा डक्टर नहुँदा बिरामी मर्कामा
जिल्ला अस्पताल कालिकोटमा तीन महिनादेखि विशेषज्ञ डक्टर नहुँदा उपचार गर्न आउने बिरामी मर्कामा परेका छन् । जिल्ला अस्पतालका प्रमुख डक्टर कौशल अलीलाई नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले तीन महिना अघि अमानवीय व्यवहार गरेका थिए । असुरक्षाको कारण देखाउँदै पीडित डक्टर विभागमा काज बसेपछि तीन महिनादेखि जिल्ला अस्पताल डक्टरविहीन भएको हो ।…
जिल्ला अस्पतालमा दुई महिनादेखि औषधि अभाव
जिल्ला अस्पताल जाजरकोटमा दुई महिनादेखि सिटामोल, आईरनचक्की, ब्रोफिन, रेनिटेडिन, मेट्रो, एमोक्सिलीन, बुस्कोपान, कोट्रिम, भिटामिन बि कम्प्लेक्स, जिंक ट्यावलेट, जेन्टामाईसिन, सिप्रोलगायतका औषधिको अभाव भएको छ । नेपाल सरकारले जाजरकोट जिल्ला अस्पताललाई दुई वर्षअघि १५ शैयाबाट स्तरोन्नती गरी ५० शैयाको बनाइए पनि औषधि अभाव र चिकित्सक नहुँदा उपचार सेवामा सुधार हुन सकेको…
बहुविवाह गरेको कसुरमा एक वर्षकैदको फैसला
महावै गाउँपालिका-३ का २६ वर्षीय चक्रबहादुर सिंह र खाँडाचक्र नपा-९ की २० वर्षीया पुत्ती मल्ललाई जिल्ला अदालत कालिकोटले बहुविवाह गरेको कसुरदार ठहर गर्दै एक वर्षकैद सजाय र ५ हजार रुपियाँ जरिबानाको फैसला गरेको छ । न्यायाधीश कृष्णमुरारी शिवाकोटीको इजलाशले चैत १७ गते उक्त फैसला गरेको जिल्ला अदालत कालिकोटका श्रेस्तेदार शाखा…