खाद्य सङ्कटलगायतका समस्या समाधानको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र
कर्णाली क्षेत्रमा हुने गरेको खाद्यान्न सङ्कटको समस्यालाई समाधान गर्नका लागि भूगोल र हावापानी सुहाउँदो सिञ्चाई प्रविधिको विकास र तत् सम्बन्धि कार्यक्रम र्सार्वजनिक गर्नुपर्ने मागसहित कालीकोटबासीले भदौ २९ गते प्रधानमन्त्रीलाई आठबुँदे ज्ञापन पत्र बुझाएका छन् । कर्णालीका नागरिकहरूकोतर्फबाट कर्णाली कृषि तथा खाद्य सरोकार समूह, सञ्चारकर्मी, अधिकारकर्मी र नागरिक समाजको टोलीले जिल्ला…
बहुविवाह घटनाबाट पीडित महिला न्याय खोज्दै सदरमुकाममा
कुडारी गाविस-६ राउतवाडाकी ३२ वर्षीया कमला योगी पतिले दोस्रो विवाह गरेको भन्दै न्यायको खोजीमा भदौ २९ गते सदरमुकाम आएकी छन् । उनका ३५ वर्षीय पति लालुनाथ योगीले भदौ २ गते चन्दननाथ नपा-७ की २० वर्षीया आशा महतसँग बहुविवाह गरेको पीडितले आरोप लगाएकी छन् । पतिले दोस्रो विवाह गरेपछि कान्छी पत्नीसहित…
इन्सेकद्वारा बाढीपीडितहरूको समस्याबारे प्रशासनसमक्ष ध्यानाकर्षण
जिल्लाका विभिन्न स्थानमा अस्थायी शिविरमा बस्दै आएका बाढीपीडितहरूले भोग्दै आएका समस्या समाधान गर्न इन्सेक सुर्खेतले भदौ २९ गते जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएको छ । अस्थायी शिविरमा बस्दै आएका बाढीपीडितहरूसँगको भेटघाटपछि इन्सेक सुर्खेतका प्रतिनिधि दुर्गा थापाले जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हितप्रसाद पौडेलको ध्यानाकर्षण गराएका हुन् । अस्थायी शिविरमा बसेको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुवाघाट गङ्गामाला नपा-१० का १८ वर्षीय सुनिल मल्ललाई भदौ २० गते गिरफ्तार गरेको छ । बलात्कारका कारण रहेको गर्भपतनमा सहयोग गरेको आरोपमा आरोपित मल्लका ४६ वर्षीय बावु दानबहादुर मल्ललाई पनि प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपित सुनिलले गत वैशाख १६ गते…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा दशेरा गाविस-८ का १८ वर्षीय भरत शाही र सोही ठाउँका १८ वर्षीय चन्द्रबहादुर शाहीलाई प्रहरीले भदौ २० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई भदौ १५ गते आरोपितले बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले भदौ २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए…
स्वास्थ्य संस्थामा औषधिको अभाव, सेवाग्राही प्रभावित
डोल्पाका स्वास्थ्य संस्थामा अत्यावश्यक जीवनरक्षक औषधिको अभाव भएको छ । जिल्लाका २३ गाविसमा रहेका १४ ओटा स्वास्थ्यचौकी, नौ प्राथमिक स्थास्थ्य केन्द्र र चार ओटा प्रसुती गृह र एउटा जिल्ला अस्पतालमा औषधिको अभाव भएको हो । जिल्लाका स्वास्थ्य संस्थाहरूमा कोट्रिम, भिटामिन ए, ट्याब्लेट जिङ्क, जीवनजल, इञ्जेक्सन डिपोप्रोभेरा, पिल्स, अल्वेण्डाजोल, सिटामोल, मेट्रो,…
बहुविवाह गरेको ठहरमा एक वर्षकैदको फैसला
दुल्लु नपा-८ की ३१ वर्षीया सकुन्तला आचार्यले बहुविवाह गरेको आरोपमा २८ वर्षीय पति तिलक आचार्यविरुद्ध दर्ता गरेको बहुविवाह मुद्दामा अदालतले १ वर्षकैद र ५ हजार रुपिँया जरिबानाको फैसला गरेको छ । पीडित सकुन्तलाले पति तिलकले बागलुङ तमान गाविस-४ की कल्पना सिर्पालीसँग बहुविवाह गरेको आरोपमा वैशाख २० गते प्रहरीमा उजुरी दिएकी…
क्षमता भन्दा तेब्वर कैदीबन्दी राखिएकाले खानेपानी तथा बसोबासमा समस्या
जिल्ला कारागार सल्यानमा क्षमता भन्दा तेब्वर कैदीबन्दी राखिएकाले खानेपानी तथा बसोबासमा समस्या भएको यहाँका कैदीबन्दीले गुनासो गरेका छन् । कारागार मा २० जना पुरुष र पाँचजना महिलाको क्षमता भए पनि हाल ८८ जना कै दीबन्दी र हे को जे लर बिक्रम के सीले बताए । क्षमता भन्दा तेब्बर भन्दा पनि बढी कैदीबन्दी हुँदा पर्याप्त खानेपानी, सहज रूपमा…
बालविवाह घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बालविवाह गरेको आरोपमा रकु गाविस-२ का २१ वर्षीय मन्दिरे सार्कीलाई प्रहरीले भदौ ६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपित सार्कीले वैशाख २५ गते बालविवाह गरेको भन्दै पीडित पक्षले भदौ ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । आफू भागेर सदरमुकाम आउन सफल भएको भन्दै…
सीमाङ्कनको विरोधमा भएको आन्दोलनमा ज्यान गुमाएका कुँवरको प्रथम स्मृति दिवस
सङ्घीय संरचनामा कर्णाली अञ्चललाई सुदूरपश्चिमसँग गाभेको विरोधमा भएको आन्दोलनका क्रममा मृत्यु भएका ताम्ती गाविस-१ सर्मीगाउँका २५ वर्षीय हरिबहादुर कुँवरको सम्झनामा भदौ ६ गते श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । विशेष अधिकारसहितको कर्णाली स्वायत्त प्रदेशको मागगर्दै आन्दोलनका क्रममा ०७२ साउन ३१ गते गोली लागेर घाइते भई उपचारको क्रममा शिक्षण अस्पताल काठमाडौमा…