महिला हिंसाको मुख्य कारक मदिरा-सरोकारवाला
जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेमबहादुर थापाले महिला हिंसाको मुख्य कारक मदिरा भएको बताएका छन् । संकल्पको सहयोगमा दलित महिला सङ्घको आयोजना तथा तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को समन्वयमा असोज २ गते दैलेख सदरमुकाममा गरिएको सार्वजनिक परामर्श कार्यक्रममा थापाले उक्त धारणा राखेका हुन् । प्रमुख थापाले संविधानमा महिलाको अधिकार…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा आठबीस नगरपालिका–८ तिलेपाटाका ३५ वर्षीय देबे कामीलाई प्रहरीले भदौ ३१ गते गिरफ्तार गरेको छ । पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी ठाकुरप्रसाद पोखरेलले बताए । पीडित बालिकालाई साउन १० गते बलात्कार गरेको र महिनावारी रोकिएपछि पीडित पक्षले…
द्वन्द्व पीडित भन्छन्ः न्याय नपाउँदासम्म सङ्घर्ष गरिरहन्छौँ
रुकुम (पश्चिम) का द्वन्द्व पीडितले न्याय नपाउँदासम्म सङ्घर्ष गरिरहने प्रतिबद्धता जनाएका छन् । उनीहरूले शान्ति स्थापना भएको १२ वर्षसम्म पनि न्याय र क्षतिपूर्ति नपाएको भन्दै दुःखेसोसमेत पोखेका छन् । सशस्त्र द्वन्द्व सकिएको १२ वर्ष पूरा हुँदासमेत आफ्ना समस्या र पीडामाथि सरकारले ध्यान नदिएको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका छन् ।…
आर्थिक अवस्था कमजोर रहेका बालबालिका जोखिमपूर्ण काम गर्न बाध्य
आठविसकोट नपा–९ का आर्थिक अवस्था कमजोर रहेका बालबालिका सोही ठाउँको राडीबजारमा भौतिक पूर्वाधार निर्माणका लागि आवश्यक पर्ने गिट्टी कुट्ने काम गर्न बाध्य भएका छन् । विद्यालय जाने उमेरका बालबालिका गिट्टी कुटने काममा संलग्न हुँदा उनीहरूको पठनपाठन समेत प्रभावित भएको छ । संविधानको मौलिक हक धारा ३९ को उपधारा ४ मा…
छोरा नजन्माएको आरोपमा कुटपिट गरी पत्नीलाई घरनिकाला गरेको घटनाका आरोपित गिरफ्तार
महावोइ गाउँपालिका–५ की २० वर्षीया रञ्जना आचार्य पोखरेललाई छोरा नजन्माएको आरोपमा कुटपिट गरी घर निकाला गरेको आरोपमा २५ वर्षीय पति प्रजापति पोखरेललाई प्रहरीले भदौ ३० गते गिरफ्तार गरेको छ । आरोपित पोखरेललाई प्रहरी चौकी पात्माघाटबाट खटिएका प्रहरीले घरबाटै गिरफ्तार गरेको हो । छोरा नजन्माएको भन्दै पटकपटक कुटपिट गर्दै आएको र…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १६ वर्षीय बालकलाई प्रहरीले भदौ ३० गते गिरफ्तार गरेको छ । अभिभावकको उक्साहटमा साउन ५ गते १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर प्रेमबहादुर क्षेत्रीले जानकारी दिए । पीडित बालिकालाई आरोपितले बलात्कार गरेको आरोपमा पीडित पक्षले साउन ६…
न्यायका लागि प्रहरीले सुनुवाइ नगरेको हिंसा पीडित महिलाको गुनासो
डुङ्गेश्वर गाउँपालिका–४ अवलपराजुलकी २३ वर्षीया तुलसी सुनारलाई आफूमाथि २५ वर्षीय पति चक्रबहादुर सुनारले कुटपिट र अपहेलना गरेको भन्दै घरेलु हिंसाको मुद्दामा प्रहरीले सुनुवाइ नगरेको गुनासो गरेकी छन् । ‘प्रहरीमा उजुरी दिएको तीन हप्ता भयो । प्रहरीले छलफल गराउन समेत सकेको छैन ।’–उनले भनिन्–‘गिरफ्तार गरेर मुद्दा चलाउला भन्ने आशा गरेकी थिएँ…
सामाजिक कार्यमा सरोकार राखेको आरोपमा पत्रकारलाई ज्यानमार्ने धम्की !
तातोपानी गाउँपालिका–५ निवासी नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य ३२ वर्षीय पूर्णप्रसाद चौलागाईलाई भदौ २८ गते सोही ठाउँका ४५ वर्षीय काठ व्यवसायी नौसरे डाँगीले ज्यानमार्ने धम्की दिएको पीडितले आरोप लगाएका छन् । गाउँबस्तीको बीचमा ध्वनी प्रदुषण हुने गरी काठको मिल राख्न नहुने विषयमा पत्रकार चौलागाईले टिप्पणी र विरोध गरेपछि नौसरे डाँगीले…
उमेर नपुग्दै आमा बनेपछि कुपोषण जन्मिए बालबालिका
उमेर नपुग्दै आमा बनेपछि कुषोषण भएका बालबालिका जन्मिने समस्या भोगिरहेको जुम्लाका सुत्केरी महिलाले गुनासो गरेका छन् । पातरासी गाउँपालिका–४ लुम गाउँकी १९ वर्षीया लग्नमाया बुढाले भनिन्–‘वर्षभरिको खेतीले तीन महिना मात्र खान पुग्छ । बाँकी समय अर्काको घरमा काम गर्नुपर्छ ।’ यसले गर्दा गर्भवती तथा सुत्केरी अवस्थामा राम्रोसँग खान नपाएको र…
बलात्कार प्रयास घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
शारीरिक रूपमा अशक्त ४९ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा नलगाड नपा–३ कैनाबजारका २१ वर्षीय दिपक बिकविरूद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा भदौ २९ गते उजुरी दिएको छ । राम्रोसँग बोल्न नसक्ने, बोल्दा लर्बराउने तथा शारीरिक अवस्था कमजोर रहेकी ती महिलालाई आरोपितले भदौ २८ गते बलात्कार प्रयास गरेको भन्दै पीडित…