मानव अधिकार अवस्थाका सम्बन्धमा साझेदारी बैठक सम्पन्न

जिल्लाको मानव अधिकारको अवस्था र चुनौतीका विषयमा जिल्लास्थित अधिकारकर्मी, वकिल, सञ्चारकर्मीहरूसँगको साझेदारी बैठक सम्पन्न भएको छ । इन्सेक नेपालगञ्जको आयोजनामा जाजरकोट सदरमुकाममा वैशाख ५ गते बैठक आयोजना गरिएको हो । बैठकमा जाजरकोट जिल्लामा सबैभन्दा बढी बालविवाह, बलात्कार र महिला हिंसाका घटना रहेका औँल्याउँदै सचेतनामा जोड दिइएको छ । शिक्षा, स्वास्थ्यका…

२०७५ बैशाख ६, बिहीबार १९:२८ गते  
लाठी प्रहार गरी घाइते बनाएको आरोपमा पतिविरूद्ध उजुरी

छत्रेश्वरी गाँउपालिका-४ की २८ वर्षीया शारदा बिकलाई ३० वर्षीय पति केशबहादुर बिकले लाठी प्रहार गरी घाइते बनाएको आरोपमा वैशाख ५ गते इलाका प्रहरी कार्यालय लुहाममा पीडित पक्षले उजुरी दिएको छ । पीडित महिलालाई आरोपितले वैशाख ५ गते कुटपिट गरी घाइते बनाएको पीडित शारदाले आरोप लगाइन् । साथै आफूलाई न्याय दिलाई…

२०७५ बैशाख ६, बिहीबार १४:३२ गते  
बाढीले काठेपुल बगाएपछि बालबालिका विद्यालय जानबाट वञ्चित

बाढीले बगाएको काठेपुल १० महिनासम्म पनि नबनाउँदा ताँजाकोट गाउँपालिका-३ मासपुरका २५ जना बालबालिका विद्यालय जानबाट वञ्चित भएका छन् । हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा रहेको कवाडी खोलाको काठेपुल ०७४ असारमा आएको बाढीले भत्काएपछि अस्थायी संरचना बनाइएको भएपनि ०७४ पुसमा आएको अर्को बाढीले पुनः बगाएपछि उक्त गाउँका बालबालिका विद्यालय जानबाट…

२०७५ बैशाख ४, मंगलवार ११:२७ गते  
छोरा बुहारीले घर निकाला गरेकी बृद्धालाई इन्सेकको पहलमा पुनर्स्थापना

छोरा बुहारीले खान लाउन नदिई घरबाट निकाला गरेपछि पीडित भएकी ७० वर्षीया मुनी खत्रीलाई इन्सेकको पहलमा वैशाख २ गते पुनर्स्थापना गरिएको छ । शारदा नगरपालिका-६ मदमकाँडाको बाहुनचौर निवासी मुनी खत्रीलाई कान्छो छोरा खुमबहादुर खत्री र बुहारी पष्पा खत्रीले घर निकाला गरेको पीडित बृद्धाको आरोप छ । ०७४ चैत २९ गते…

२०७५ बैशाख २, आईतवार २०:४७ गते  
अज्ञात समूहद्वारा वडा कार्यालयमा आगजनी

गुर्भाकोट नपा-४ स्थित वडा कार्यालय रहेको भवनमा चैत ३० गते बिहान अज्ञात समूहले आगजनी गरेको छ । उक्त समूहले बिहान करिब २ बजे वडाध्यक्ष प्रशन्नकुमार शाहको कार्यकक्षमा आगजनी गरेको वडा कार्यालयले जनाएको छ । आगजनीबाट वडाध्यक्ष शाहको कार्यकक्षमा रहेका फोटोकपी मेसिन, एलसिडी कम्प्युटर, इन्भटर र अन्य कागजपत्र जलेर नष्ट भएको…

२०७४ चैत्र ३०, शुक्रबार २२:०५ गते  
नदीको फोहोर पानी पीउन बाध्य भएको कैदीबन्दीको गुनासो

दुनैस्थित जिल्ला कारागारमा खानेपानीको स्थायी व्यवस्था नहुँदा नदीको फोहोर पानी पिउन बाध्य भएको कैदीबन्दीले गुनासो गरेका छन् । कारागारमा खानेपानीको व्यवस्था नहुँदा भेरी नदीको पानी खाने गरेको कैदी डाबा लामाले गुनासो गरेका हुन् । कारागार नजिक रहेका निजी व्यक्तिको घरबाट पानीको व्यवस्था मिलाइएको भएपनि निजी व्यक्तिले पानीको धारा नखोल्दा प्रायः…

२०७४ चैत्र ३०, शुक्रबार २२:०३ गते  
शैक्षिक-सत्र सुरू भएको दुई महिनासम्म विद्यालयमा पठनपाठन नभएको गुनासो

शैक्षिक-सत्र सुरू भएको दुई महिनासम्म सिमकोट गाउँपालिकास्थित हिमगिरी प्रावि र नाम्खा गाउँपालिकाको खासरपानी प्राविमा पठनपाठन नभएको अभिभावकले गुनासो गरेका छन् । शैक्षिक-सत्र सुरू भएको दुई महिनासम्म विद्यालय सञ्चालन नहुँदा आफ्ना बालबालिकाको पठनपाठन प्रभावित भएको अभिभावक कुगाटसिं लामाले गुनासो गरेका हुन् । उनले भने-'जिल्लाका अरू विद्यालयमा पढाइ भएको दुई महिना बित्यो…

२०७४ चैत्र २९, बिहीबार २०:५९ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

४२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले त्रिवेणी गाउँपालिका-६ पोखरीका ५७ वर्षीय मानबहादुर कठायतलाई चैत २७ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले चैत ४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले चैत ५ गते इलाका प्रहरी कार्यालय लुहाममा उजुरी दिएको थियो । घटनापछि फरार रहेका आरोपितलाई चैत २७ गते…

२०७४ चैत्र २८, बुधबार २०:३२ गते  
जिल्लाका अधिकांश स्वास्थ्य संस्थामा तीन महिनादेखि औषधिको अभाव

समयसमयमा औषधिको अभाव भइरहने हुम्लाका अधिकांश स्वास्थ्य चौकीमा सरकारले निशुल्क रूपमा वितरण गर्ने औषधि तीन महिनादेखि अभाव भएको छ । हुम्लाका अधिकांश स्वास्थ्य संस्थामा ०७४ पुस महिनादेखि सामान्य सिटामोलसमेत नभएपछि बिरामीहरू रित्तो हात घर फर्कन बाध्य भएका छन् । स्थानीय सरकारका रूपमा रहेका गाँउपालिका तथा वडा कार्यालयले वार्षिक योजनामा विनियोजन…

२०७४ चैत्र २८, बुधबार २०:२४ गते  
इन्सेक अनलाइनमा प्रकाशित समाचारको प्रभावले पीडितको उजुरी दर्ता

रास्कोट नपा-१ का १९ वर्षीय सत्य टमटालाई कुटपिट गरी हत्या गरेको घटनामा संलग्नलाई कारबाहीको मागगर्दै आठ महिनाअघि उनका परिवारले सोही ठाउँका १९ वर्षीय कृष्ण टमटा र २२ वर्षीय रमेश टमटाविरुद्ध दिएको उजुरी आठ महिनापछि प्रहरीले दर्ता गरेको छ । 'आठ महिनासम्म प्रहरीले उजुरी दर्ता नगरेको पीडित पक्षको गुनासो' शीर्षकमा इन्सेक…

२०७४ चैत्र २७, मंगलवार २१:१३ गते