गाविस सचिवले सामाजिक सुरक्षा भत्ता वितरण नगरेको भन्दै गाँउ परिषद स्थगित

गाविस सचिवले गाउँमा सामाजिक सुरक्षा वापतको रकम वितरण नगरेको भन्दै पुस २ गते तय गरिएको राया गाविसको नवौँ गाउँ परिषद राजनीतिक दलका तर्फबाट स्थगित गराइएको राया गाविस-१ का स्थानीयबासी विष्णुबहादुर शाहीले बताए । पुस २ गते गाउँ परिषद सञ्चालन गर्ने विषयमा रायामा बसेको स्थानीय राजनीतिक दलहरूको बैठकले परिषद अनिश्चितकालका लागि…

December 20, 2016  
कथित बोक्सी भगाउने भन्दै अमानवीय व्यवहार गरेको कसुरमा जरिबाना र कैदको फैसला

कुपिण्डेदह-४, ज्यामिरेकी २० वर्षीया महिलालाई अमानवीय व्यवहार गरेको कसुरमा चार जनालाई जिल्ला अदालत सल्यानले पाँच वर्ष कैदको फैसला सुनाएको छ । कुपिण्डेदह-४ ज्यामिरेकी २० वर्षीया एक महिलालाई अमानवीय व्यवहार गरेको कसुरमा सोहि ठाउँका रुपलाल दमाई, पातली बुढा, पिमकली बुढा र कुपिण्डेदह-५ की ४५ वर्षीय लली पुनलाई पाँच वर्षकैद र जनही…

December 19, 2016  
न्यायिक प्रक्रियामा आउन नसकेका घटनालाई वर्षपुस्तकमा समेट्न सुझाव

न्यायिक प्रक्रियामा आउन नसकेका सबै प्रकारका घटनालाई नेपाल मानव अधिकार वर्षपुस्तकमा समेट्नु पर्ने एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । इन्सेक सुर्खेत जिल्ला प्रतिनिधि दुर्गा थापाका अनुसार वीरेन्द्रनगरमा आयोजित नेपाल मानव अधिकार वर्षपुस्तक-२०१७ का लागि सङ्कलन गरिएका घटनाका सम्बन्धमा आयोजित वार्षिक पूर्व समीक्षा कार्यक्रमका सहभागीहरूले सो कुरामा जोड दिएका हुन्…

December 18, 2016  
बलात्कारका घटना बढेकोमा सरोकारवालाद्वारा चिन्ता व्यक्त

जिल्लामा बलात्कारका घटना बढेकोमा सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । इन्सेकद्वारा खलङ्गामा मङ्सिर २९ गते आयोजित नेपाल मानव अधिकार वर्षपुस्तक-२०१७ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व समीक्षा कार्यक्रममा सहभागी सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका हुन् । पूर्व समीक्षा कार्यक्रममा बोल्दै सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोर्‍याव)का केन्द्रीय सदस्य रमेशकुमार गौतमले पछिल्लोपटक जिल्लामा…

December 14, 2016  
मानव अधिकार वर्षपुस्तकका लागि सङ्कलित घटनाको प्रकाशन पूर्व समीक्षा

अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले प्रत्येक वर्ष प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्षपुस्तकको नयाँ अङ्कका लागि सङ्कलित घटनाहरूको प्रकाशन पूर्व समीक्षा मङ्सिर २८ गते सम्पन्न गरेको छ । इन्सेक मुगुले आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा जिल्लामा घटेका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूका विषयमा सरोकारवाला निकायसँग छलफल गरिएको…

December 13, 2016  
रहस्यमय मृत्युको छानबिनका लागि इन्सेक प्रतिनिधिको नेतृत्वमा समिति गठन

उद्योग वाणिज्य सङ्घ सुर्खेतद्वारा आयोजित कर्णाली एक्स पो अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन भएको दिन मङ्सिर २३ गते र्‍यालीमा सहभागी १६ वर्षीया बालिका समीक्षा आर्चायको रहस्यमय मृत्यु भएको घटनाको छानविनका लागि इन्सेक प्रतिनिधिको नेतृत्वमा समिति गठन भएको छ । पुनरावेदन वार इकाई सुर्खेतको पहलमा नागरिक समाज, अधिकारकर्मी, कानुन व्यावसायी र सञ्चारकर्मीको…

December 12, 2016  
ग्रामीण क्षेत्रमा मानव अधिकार शिक्षा सञ्चालन गर्नुपर्नेमा जोड

ग्रामीण क्षेत्रमा मानव अधिकार शिक्षा सञ्चालन गर्नुपर्ने जिल्ला अदालत डोल्पाका न्यायाधीश सनत लवटले डोल्पामा आयोजित एक कार्यक्रममा जोड दिएका छन् । इन्सेक डोल्पाद्वारा मङ्सिर २५ गते दुनैमा आयोजित वार्षिक पूर्व समीक्षा कार्यक्रममा न्यायाधीश लवटले उक्त कुरामा जोड दिएका हुन । भौगोलिक विकटता र अज्ञानताका साथै फितलो प्रशासनका कारण डोल्पामा मानव…

December 11, 2016  
पत्नीलाई कुटपिट गरेको आरोपमा पति गिरफ्तार

डाडाफया गाविस-९ की २० वर्षीया देवकी सिंहलाई कुटपिट गरेको आरोपमा ३० वर्षीय पति धनजोक सिंहलाई प्रहरीले मङ्सिर २५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई २८ वर्षीय देवर देवराज सिंह र पतिले मङ्सिर २२ गते कुटपिट गरेको भन्दै पीडितले मङ्सिर २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । घटनामा…

December 11, 2016  
वार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) जाजरकोटको आयोजनामा मानव अधिकार वर्षपुस्तक-२०१७ को पूर्व समीक्षा कार्यक्रम सदरमुकाम खलङ्गामा मङ्सिर २५ गते सम्पन्न गरिएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले मानव अधिकार उल्लङ्घनका घटना हुन नदिन नागरिकलाई सचेतना गराउनु पर्नेमा जोड दिँदै जिल्ला जिल्लामा हुने मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनालाई इन्सेकले…

December 10, 2016  
मानव अधिकार दिवसको सन्दर्भमा वक्तृत्वकला

अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा इन्सेक, कर्णाली एकीकृत ग्रामीण अनुसन्धान विकास केन्द्र (किर्डाक) र हिमाली ग्रामीण युवा विकास केन्द्र (रिसडेक)को संयुक्त आयोजनामा मङ्सिर २४ गते निम्न माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको छ । 'सबैको घर घरमा मानव अधिकार, विकास र शान्तिको आधार' भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय मानव…

December 10, 2016