गाउँपालिका अध्यक्षद्धारा सुरक्षाको माग गर्दै प्रहरी कार्यालयमा उजुरी
बाँफिकोट गाउँपालिकाका अध्यक्ष ५० वर्षीय धर्मबहादुर केसीले सुरक्षाको मागगर्दै इलाका प्रहरी कार्यालय बाफीकोटमा मङ्सिर २६ गते उजुरी दिएका छन् । बाँफिकोट गाउँपालिका-४ मा रहेको आफ्नै घरमा सुतिरहेको अवस्थामा सोही ठाउँका १८ वर्षीय चम्मन बिक, सोही ठाउँका १९ वर्षीय रेमन बिक र १७ वर्षीय बालकलगायतका समूहले मङ्सिर २५ गते राति आफूलाई…
अज्ञात पक्षबाट हुम्लाका तीन ओटा विद्यालय एकै रातमा तोडफोड
हुम्लाको सदरमुकाम सिमकोटमा रहेका तीन ओटा विद्यालय एकै रातमा अज्ञात पक्षले तोडफोड गरेको छ । जिल्लामा दिन प्रति दिन चिसो बढेसँगै घर भन्दा बाहिर कोही मानिस निस्कन नसक्ने भएका कारण अज्ञात पक्षबाट तोडफोडका घटना हुन थालेका छन् । तोडफोड हुने विद्यालयमा सिमकोट गाउँपालिका–६ स्थित समता विद्यालय, सोही ठाउँकै मानसरोवर मावि…
बाल अधिकारका लागि नागरिक मञ्च गठन, इन्सेक प्रतिनिधि सदस्य सचिव
जिल्लामा बाल अधिकारको संरक्षण र प्रवर्धनमा टेवा पुर्याउने उद्देश्यले बाल अधिकारका लागि नागरिक मञ्च गठन गरिएको छ । जिल्लामा क्रियाशील नागरिक समाजका प्रतिनिधिहरूको सहभागितामा नौ सदस्यीय मञ्च गठन गरिएको हो । रूकुमेली समाज विकास केन्द्रका अध्यक्ष नरबहादुर नेपालीको संयोजकत्वमा गठन गरिएको उक्त मञ्चमा विभिन्न सङ्घ संस्थाका प्रतिनिधि, कानुन व्यवसायी, पत्रकारलगायतको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको प्रहरीले आरोपमा बागचौर नपा–७ का १८ वर्षीय केशवराज वलीलाई मङ्सिर १९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ १० गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले भदौ ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । घटनापछि फरार रहेका आरोपितलाई प्रहरीले खलङ्गाबाट…
प्रेसर कुकर बम नेपाली सेनाको टोलीद्वारा निष्कृय
शारदा नपा-३ खलङ्गास्थित ब्रम्हृकुमारी राज योग सेवा केन्द्रको जमीनमा गाडेको अवस्थामा भेटिएको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले मङ्सिर १८ गते निष्कृय बनाएको छ । उक्त बम मङ्सिर १८ गते साँझ भेटिएपछि स्थानीयबासीले प्रहरीलाई तत्काल खबर गरेका थिए । भेटिएको बमलाई नेपाली सेनाको भगवतीप्रसाद गुल्मको बम डिस्पोजल टोलीले निष्कृय बनाएको…
ज्येष्ठ नागरिकलाई यातायात भाडा सहुलियत दिइने
दैलेखका सबै यातायात व्यवसायीले हरेक गाडीमा कम्तीमा दुई जना ज्येष्ठ नागरिकलाई प्रचलित भाडामा ५० प्रतिशत सहुलियत दिने भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मङ्सिर १७ गते दैलेखमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा यातायात व्यवसायीहरूले सहुलियत दिने सहमति जनाएका हुन् । ज्येष्ठ नागरिकहरूले सहुलियत नपाएका भन्ने जनगुनासोपछि आयोजना गरिएको…
प्रहरी असईमाथि कुटपिट गरेको घटनाका आरोपित गिरफ्तार
चङ्खेली गाउँपालिका-६ मेल्छाम प्रहरी चौकीका इञ्चार्ज असई ३९ वर्षीय धनवीर धामीलाई कुटपिट गरेको आरोपमा प्रहरीले सोही ठाउँका २२ वर्षीय रहमान बुढालाई मङ्सिर १६ गते गिरफ्तार गरेको छ । घटनामा संलग्न नाम नखुलेका एक व्यक्ति फरार रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रविन श्रेष्ठले बताए । मेल्छाम गाउँमा रहेको जनता बैङ्कमा रहमान…
जनताको अगुवाइमा विकास निमार्णका काम गरिनुपर्नेमा जोड
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का निवर्तमान अध्यक्ष सुबोधराज प्याकुरेलले मुलुकको समृद्धिको नीति अघि सारेको वर्तमान सरकारले जनताको अगुवाइमा विकास निर्माण थालनी गर्नु पर्नेमा जोड दिएका छन् । कर्णाली फाउण्डेसनद्वारा मङ्सिर १४ गते वीरेन्द्रनगरमा आयोजित स्थानीय र प्रदेश सरकारले निर्माण गर्ने नीति तथा कानुनमा नागरिकहरूको सहभागिता, साझेदारी र भूमिका विषयक…
पत्नीलाई कुटपिट गरेको घटनाका आरोपित गिरफ्तार
गुर्भाकोट नपा–६ की ३३ वर्षीया भुमी विसीलाई कुटपिट गरी घरको तलाबाट खसालेको आरोपमा प्रहरीले ३६ वर्षीय पति अर्जुन केसीलाई मङ्सिर ११ गते गिरफ्तार गरेको छ । पीडितका बुबा वीरबहादुर विसीले मङ्सिर ११ गते प्रहरी चौकी मेहेलकुनामा ज्यान मार्ने उद्योगमा उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।…
अज्ञात पक्षबाट विद्यालय तोडफोड
सिमकोट गाउँपालिका–६ मा रहेको मानसरोवर माध्यमिक विद्यालयमा अज्ञात पक्षबाट मङ्सिर १२ गते तोडफोड भएको छ । अज्ञात पक्षले विद्यालयको प्रशासन कोठा र लेखापालको कोठाको ताला फोरेर तोडफोड गरेको विद्यालयका प्रधानाध्यापक अमरबहादुर शाहीले बताए । रातिको समयमा दुई ओटा ढोकामा रहेको ताला तोडेर अज्ञात पक्षले कक्षा ११ र १२ का विद्यार्थीको…