पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
भेरीमालिका नपा-४ की २८ वर्षीया राधिका सुनारलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले राधिकाका ३० वर्षीय पति दलबहादुर सुनारलाई माघ २३ गते घरैबाट गिरफ्तार गरेको जनाएको छ । राधिकाको शव जिल्ला सदरमुकाम खलङ्गा नजिकै रहेको पासागाड खोलामा माघ २३ गते फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी भावेश रिमालले…
दण्डरहित शिक्षाको आवश्यकतामा सरोकारवालाको जोड
दण्डरहित शिक्षाको आवश्यकतामा जाजरकोटमा आयोजित एक कार्यक्रममा सरोकारवालाहरूले जोड दिएका छन् । राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जद्वारा माघ २१ र २२ गते जाजरकोटमा आयोजित अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरूले सो कुरामा जोड दिएका हुन् । "विद्यालयमा बालबालिका माथि हुने दण्ड" विषयक अन्तरक्रिया कार्यक्रममा बालबालिकाको दण्डविहीन शैक्षिक विकासका लागि शिक्षक तथा…
तीन दिने क्षमता अभिवृद्धि तालिम सुरू
इन्सेक क्षेत्रीय कार्यालय नेपालगञ्जको आयोजनामा बाल अधिकार चेतना समूहका सदस्यहरूका लागि तीन दिने क्षमता अभिवृद्धि तालिम माघ २० गतेदेखि वीरेन्द्रनगरमा सुरू भएको छ । इन्सेकद्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन पहल कार्यक्रम अर्न्तगत उक्त तालिम सुरू भएको हो । तालिमको उदघाटन गर्दै इन्सेकका क्षेत्रीय संयोजक भोला…
गाविस सचिवले कार्यालयको छाप प्रशासनमा बुझाएपछि सेवाग्राही मर्कामा
नेपाल सरकारले गाविस सचिवलाई दिँदै आएको 'इन्सेन्टिभ भत्ता' कटौती गरेको र स्थानीय निर्वाचन हुनुपर्ने लगायतका माग गर्दै जिल्लाका २७ ओटा गाविसका सचिवहरूले गाविस कार्यालयका छाप माघ १९ गते जिल्ला प्रशासन कार्यालयमा बुझाएपछि सेवाग्राही मर्कामा परेका छन् । गाविस सचिवले कार्यालयको छाप प्रशासन कार्यालयमा बुझाएपछि नागरिकता र पासपोर्ट सिफारिसमा समस्या भएको…
बावु आमाको हत्या गरेको आरोपमा छोरा गिरफ्तार
गोठीचौर गाविस-२ नापानीका ४५ वर्षीय गोरख ऐडी र उनकी ५० वर्षीया पत्नी जयरुपा ऐडीलाई माघ १९ गते ढुङ्गाले थिचेर हत्या गरेको आरोपमा प्रहरीले ऐडीका ३० वर्षीय छोरा बीरबहादुर ऐडीलाई माघ १९ गते गिरफ्तार गरेको छ । सदरमुकामबाट पाँच घण्टा पैदल लाग्ने भएकोले घटनासम्बन्धी सम्पूर्ण जानकारी माघ २० गते बिहानसम्म आउने…
अनुदानको नुन महङ्गोमा विक्री हुँदा स्थानीयबासी मर्कामा
सरकारले साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत जिल्लाबासीलाई अनुदानमा दिने आयोडिनयुक्त नुन व्यापारीले खरिद गरेर महङ्गोमा विक्री गर्दा स्थानीयबासी मर्कामा परेका छन् । साल्ट ट्रेडिङले जिल्लाका बासिन्दालाई आयोडिनयुक्त नुन प्रति किलो नौ रुपियाँमा विक्री गर्ने गरेको भएपनि सदरमुकाम बाहिरका व्यापारीले ५० देखि ६० रुपियाँमा विक्री गर्ने गरेको स्याडा गाविस-९ का स्थानीयबासी काल्चे सिंहले…
कर्णालीबासी कुपोषणको शिकार कहिले सम्म ?
'मसान हटाउन झारफुक गर्नसम्म गरियो । गाउँभरिका धामीझाँक्री कोही बाँकी छैनन् । निको भएन ।'-नौ महिने छोराको उपचारका लागि सुर्खेत आएकी धौलागोह-३, कालिकोटकी सीता विकले स्वास्थ्य चौकी पुगेपछि मात्र बच्चा कुपोषित भएको थाहा पाइन् । आफ्नो बच्चाको अवस्थाबाट चिन्तित् सीताले भनिन्-'कुपोषणसँग हामी कहिलेसम्म लड्ने ? उनको भनाइबाट सीताको भनाइले कर्णालीमा…
इन्सेकको पहलमा विद्यालको पठन पाठन सुचारु
विद्यार्थीहरूकै अगुवाईमा लगाइएको तालाबन्दीका कारण विगत १९ दिनदेखि बन्द रहेको वीरेन्द्रनगर नपा-१० खजुरास्थित सिद्धबहिरा बाल विद्यालय इन्सेकको पहलमा माघ ९ गतेदेखि पठनपाठन सुचारु गरिएको छ । विद्यालय व्यवस्थापन समिति गठनको विवाद समाधान हुनाको साथै विद्यालयका प्राधानाध्यापक चन्द्रबहादुर कार्कीलाई अन्यत्र काज सरुवा गरेपछि सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले आफैँले लगाएको ताला खोलिदिएका…
शरीर बन्धक बनाएर यौन शोषण गरेको आरोपमा उजुरी दर्ता
२० वर्षीया महिलालाई विगत दुई महिनादेखि एक होटलमा बन्धक बनाएर सामूहिक यौन शोषण गरेको आरोपमा पीडित पक्षले माघ ७ गते आरोपितविरुद्ध काराहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय, जुम्लामा माघ ७ गते उजुरी दर्ता भएको छ । देपालगाउँ गाविस-६ का २८ वर्षीय नन्दप्रसाद आचार्य, २७ वर्षीया यशोदा आचार्य, ३१ वर्षीय रुद्र…
गाउँमा औषधि र स्वास्थ्यकर्मी नहुँदा उपचारका लागि 'हेलिकप्टर चार्टर'
गाविसमा औषधि र स्वास्थ्यकर्मी नहुँदा महङ्गो रुपियाँ खर्चेर 'हेलिकप्टर चार्टर' गरी उपचार गर्नु परेको लिमीका स्थानीयले गुनासो गरेका छन् । दुईतले घरको भर्याङ्बाट लडेर ढाडमा गम्भीर असर परेर सख्त घाइते भएकी पीडित लिमी गाविस-५ की ७० वर्षीया कुञ्जे लामाको ज्यान जोखिममा परेपछि उनका परिवारले ६ लाख ७५ हजार रुपियाँ खर्चेर…