नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताद्वारा मतदातालाई धम्की

आगामी मङ्सिर १० गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनमा मतदानमा सहभागी नहुन नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले धम्काएको मतदाताले गुनासो गरेका छन् । निर्वाचनका दिन मतदान गर्न गए जे पनि हुन सक्ने भन्दै नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले धम्की दिएको छायाँनाथ रारा नपा-१० का कृष्ण सेजवालले आरोप लगाए…

November 20, 2017  
हुम्लामा हिमपात सुरू, १० मतदान केन्द्र उच्च जोखिममा

हिमाली जिल्ला हुम्लामा मङ्सिर १ गते बिहानदेखि हिमपात सुरू भएको छ । हिमपातका कारण निर्वाचन प्रभावित हुनसक्ने बताइएको छ । हिमपातका कारण जाडो अत्याधिक बढेको छ । जिल्ला सदरमुकाम सिमिकोट र उत्तरी भेगका लिमी, मुचु खगालगाउँ, स्याँडा, हेप्कालगायतका क्षेत्रमा लगातार हिमपात भइरहेको छ । लगातार हिमपात भएपछि हुम्लामा पहिलो चरण…

November 19, 2017  
नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले मतदाता शिक्षा सामग्री जलाए

नेपाल कम्युनिष्ट पार्टी सल्यानले मतदाता शिक्षा सामग्री जलाएको आरोप छ । सो पार्टीका कार्यकर्ताले कात्तिक ३० गते राति १० बजे जिल्लाको बागचौर नगरपालिका-१ मा जिल्ला निर्वाचन कार्यालयबाट खटिएका एक मतदाता स्वयम्सेवकको घरबाट मतदाता शिक्षा सामग्री नियन्त्रणमा लिएर जलाएका हुन् । बागचौर नगरपालिका-१ कोटबेतका स्वयम्सेवक तोला बस्नेतको घरमा राति करिव १०…

November 18, 2017  
समाचार लेखेकै कारण पत्रकारमाथि धम्की

प्रदेश र प्रतिनिधि सभा निर्वाचनको प्रचारप्रसारमा गएका काङ्ग्रेसका उम्मेदवार, पूर्वखानेपानी तथा सरसफाई मन्त्री जीवनबहादुर शाहीले आफूलाई भोट नहाले 'चाला गाउँलाई छाला बनाउने भनि धम्की दिएपछि स्थानीयहरू डराएको नाम्खा गाउँपालिका-४ चालाका सोनाम टासी लामाले दुखेसो गरे । उनले भने-'चुनावमा जनताको मनमस्तिष्क जितेर भोट माग्नु पर्नेमा उल्टै यस्तो धम्की दिएर गए ।…

November 18, 2017  
१ सय ९ मतदान केन्द्रमध्य ६८ ओटा अति सम्वेदनशील

यस जिल्लामा आगामी मङ्सिर १० गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि तोकिएका ९९ ओटा मतदानस्थलमध्ये सुरक्षाका दृष्टिकोणले ६८ ओटा मतदानस्थल अति सम्वेदनशील मानिएको छ । ९९ मतदानस्थलमध्ये ६८ ओटा अति सम्वेदनशील, २९ ओटा सम्वेदनशील र दुई ओटा मतदानस्थल मात्र सामान्य रहेको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ…

November 18, 2017  
कालिकोटमा मतदाता शिक्षा सामाग्री लुट्यो

नरहरिनाथ गाउँपालिका-४ को गोठीमा मङ्सिर १ गते बिहान मतदाता शिक्षा सामग्री लुटिएको छ । गोठी मतदान केन्द्रका मतदाताको लागि लैजाँदै गरेको मतदाता शिक्षा सामग्री नेत्रविक्रमचन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकताहरूले लुटेका हुन् । मतदानसम्बन्धी जानकारी गराउन जाने क्रममा बिच बाटोमै निर्वाचन सामग्री लुटिएको जिल्ला निर्वाचन कार्यालय कालिकोटले जनाएको छ ।…

November 17, 2017  
नेकपा कार्यकर्तद्वारा मतदाता शिक्षा तथा प्रचार सामग्री जलाइयो

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले सल्यानमा मतदाता शिक्षा सामग्री र उम्मेदवारका प्रचार सामग्री कब्जा गरी जलाएका छन् । नेकपा सल्यानले कात्तिक ३० गते निर्वाचन आयोगद्वारा सञ्चालित मतदाता शिक्षासँग सम्बन्धित सामग्री र वाम गठबन्धनका पर्चा पम्पलेटहरू कब्जा गरी जलाएको हो  । निर्वाचन खारेजीको अभियान लिएको नेकपाले आफ्ना कार्यकर्ताले…

November 16, 2017  
नेकपा कार्यकताले मतदाता शिक्षा सामग्री जलाए

नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले मतदाता शिक्षा सामग्री जलाएर नष्ट गरेका छन् । निर्वाचनको विरोधमा रहेका नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले कात्तिक २९ गते हिमा गाउँपालिका-२ रनुखानागाउँमा मतदाता कार्यकर्ताबाट निर्वाचन शिक्षा सामग्री जफत गरी जलाएर नष्ट गरेका हुन् । मतदातालाई निर्वाचन शिक्षा दिनका लागि स्वयम्सेवक जयश्वर चौलागाई र राधा श्रेष्ठ गाउँमा पुगेका…

November 16, 2017  
एक महिनादेखि शिक्षक विद्यालय नजाँदा पठनपाठन प्रभावित

चङ्खेली, अदानचुली, ताँजाकोट, नाम्खा र सर्केगाड गाउँपालिकाका ३० ओटा विद्यालयमा कार्यरत शिक्षक एक महिनादेखि सम्बन्धित विद्यालयमा नजाँदा विद्यालयको पठनपाठन प्रभावित भएको छ । चङ्खेली गाउँपालिका-८, अदानचुली गाउँपालिका-५, ताँजाकोट गाउँपालिका-४, नाम्खा गाउँपालिका-९, सर्केगाड गाउँपालिका-३ का ३० वटा विद्यालयमा कार्यरत करिब ७० जना शिक्षक उपस्थित नभएपछि बालबालिकाको पठनपाठन प्रभावित भएको हो ।…

November 15, 2017  
राहतका लागि पहल गरिदिन द्वन्द्व पीडितद्धारा इन्सेकलाई अनुरोध

विस्तृत शान्ति सम्झौता भएको ११ वर्षहुँदासम्म राहत पाउन नसकेको भन्दै छाँयानाथ रारा नपा-९ का ३७ वर्षीय विजलाल रोकाया, सोही ठाउँका ३१ वर्षीय सतसिंङ रोकाया, ३३ वर्षीय दङल्या रोकाया र ४५ वर्षीय सुकलाल रोकायाले कात्तिक २६ गते सम्बन्धित निकायमा आवश्यक पहल गरिदिन इन्सेकलाई अनुरोध गरेका छन् । तत्कालीन विद्रोही पक्ष नेकपा…

November 14, 2017