राष्ट्रिय मानव अधिकार आयोग र इन्सेकको समन्वयमा हुम्ला जिल्ला कारागार अनुगमन

राष्ट्रिय मानव अधिकार आयोग र इन्सेकको समन्वयमा हुम्ला जिल्ला कारागार अनुगमन गरेको छ । हुम्ला जिल्लाको कारागार र कारागारमा रहेका कैदीबन्दीहरूको अवस्थाका बारेमा सो टोलीले अनुगमन गरेको हो । उक्त अनुगमनमा प्रदेश ५ शाखा कार्यालय नेपालगञ्जका कार्यालय प्रमुख चन्द्रकान्त चापागाईं, कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाका कार्यालय प्रमुख रमेशकुमार थापा र…

२०७५ मंसिर ९, आईतवार २०:०३ गते  
मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा बृद्धिः इन्सेक

घिल्लो वर्षभन्दा सन् २०१८ को नोभेम्बरसम्म जिल्लामा मानव अधिकारका घटनामा बृद्धि भएको पाइएको छ । अनौपचारिक सेवा केन्द्र (इन्सेक)ले आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तकको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रममा सार्वजनिक गरिएको प्रतिवेदनले त्यस्तो अवस्था देखाएको हो । अघिल्लो वर्षको यहि अवधिसम्म जिल्लाभरमा १९ ओटा मानव अधिकार उल्लङ्घन तथा…

२०७५ मंसिर ९, आईतवार १९:१९ गते  
नेपाल मानव अधिकार वर्ष पुस्तकको प्रकाशन पूर्व समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ को प्रकाशन पूर्व वार्षिक समीक्षा मङ्सिर ७ गते खलङ्गामा सम्पन्न गरिएको छ । सङ्कलित घटना २०१९ को मानव अधिकार वर्ष पुस्तकमा प्रकाशन गर्ने इन्सेक जुम्लाका जिल्ला प्रतिनिधि मानदत्त रावलले बताए । उनले भने–‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ का लागि सङ्कलित घटनाको पुनः पुष्टी…

२०७५ मंसिर ९, आईतवार १९:१७ गते  
महिला अधिकार प्राप्तिका लागि कार्यान्वयन प्रणालीमा सुधार आवश्यक 

प्रतिनिधिसभाका सदस्य पार्वती विशुन्केले महिला अधिकार प्रत्याभूतिका लागि कार्यान्वयन प्रणालीमा सुधार ल्याउन जरूरी रहेको बताएकी छिन् । दैलेख सदरमुकाममा मङ्सिर ९ गते गरिएको महिला हिंसाविरूद्धको १६ दिने अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै उनले सो धारणा राखेकी हुन् । साँसद विशुन्केले महिला हिंसा र घरेलु हिंसा रोकथामका निम्ति बनेका नियम कानुन पर्याप्त…

२०७५ मंसिर ९, आईतवार १८:४८ गते  
नेपाल मानव अधिकार वर्ष पुस्तकको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जाजरकोटको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ को प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम खलङ्गामा मङ्सिर ६ गते सम्पन्न गरिएको छ । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि दिनेशकुमार श्रेष्ठले २०१८ जनवरीदेखि हालसम्म सङ्कलन गरेका मानव अधिकार उल्लङ्घन र ज्यादतीका २५ ओटा घटना प्रस्तुत गरेका थिए ।…

२०७५ मंसिर ७, शुक्रबार २१:५२ गते  
नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ को प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ का लागि डोल्पामा सङ्कलन गरिएका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम मङ्सिर ६ गते सम्पन्न गरिएको छ । इन्सेकले आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा प्रस्तुत गरिएको अभिलेखमा जिल्लामा महिला हिंसाका घटना सबैभन्दा बढी रहेको उल्लेख छ । महिला हिंसाका घटना बढ्हनुमा जनचेतनाको कमी, भौगोलिक…

२०७५ मंसिर ७, शुक्रबार २१:५१ गते  
पीडित र पीडकको गोपनियताप्रति संवेदनशील बन्नुपर्नेमा जोड

नेपाल मानव अधिकार वर्ष पुस्तकमा प्रकाशन गरिने मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूका पीडित र पीडकहरूको गोपनियताप्रति संवेदनशील बन्नु पर्नेमा जोड दिइएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतद्वारा मङ्सिर ७ गते वीरेन्द्रनगरमा आयोजित नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ का लागि सुर्खेत जिल्लामा सङ्कलित घट्नाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा…

२०७५ मंसिर ७, शुक्रबार २१:४७ गते  
७३ जना कैदीबन्दीलाई एउटा मात्रै शौचालय हुँदा समस्या

जिल्ला कारागार सल्यानमा बस्दै आएका कैदीबन्दीका लागी पर्याप्त मात्रामा शौचालय नहुँदा समस्या भएको छ । हाल कारागारमा रहेका ७३ जना कैदीबन्दीले रातको समयमा एकमात्र शौचालय प्रयोग गरिरहेका छन् । ‘दिनभरको लागी त खासै समस्या छैन ।’–सवारी ज्यान मुद्दाको सजाय भोगिरहेका ३३ वर्षीय कैदी हरिलाल अधिकारीले भने–‘रातको समयमा भने समस्या हुने…

२०७५ मंसिर ७, शुक्रबार २१:३८ गते  
एक वर्षदेखि दरवन्दी अनुसारका स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही प्रभावित

जिल्ला अस्पतालमा दरवन्दी अनुसारका स्वास्थ्यकर्मी एक वर्षदेखि नहुँदा सेवाग्राहीका काम प्रभावित भएका छन् । जिल्ला अस्पताल हुम्लामा चार जना डाक्टरको दरवन्दी रहेकोमा हाल दुई जना मात्र कार्यरत छन् भने दुई जना स्टाफ नर्सको दरवन्दीमा हाल एक जना पनि कार्यरत छैनन् । डाक्टर र नर्स नभएपछि अस्पतालमा भर्ना भएका बिरामीले उपचार…

२०७५ मंसिर ७, शुक्रबार २१:३७ गते  
जातीय विभेद गरेको घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

सिमकोट गाउँपालिका–७ की ४० वर्षीया बाँचा सुनार नेपालीलाई कथित तल्लो जातको भन्दै धम्की दिएको घटनाको आरोपमा सोही ठाउँका ५४ वर्षीय बलि सुनार र २५ वर्षीय जैमल सुनारविरूद्ध पीडित पक्षले दिएको उजुरी मङ्सिर ६ गते जिल्ला अदालतमा दर्ता भएको छ । पीडितलाई आरोपित पक्षले कात्तिक २१ गते ‘तँ दमाई जातकी महिला’…

२०७५ मंसिर ७, शुक्रबार २१:२४ गते