न्यायिक समितिमा कार्य विधिबारे जानकारी भएको जनशक्ति नहुँदा न्याय सम्पादनमा समस्या
हुम्लाका स्थानीय स्तरका कतिपय विवाद निरूपण गर्ने न्यायिक समितिमा कार्यविधिबारे जानकारी भएको जनशक्ति नहुँदा न्याय समपादनमा समस्या भएको छ । यो अवस्थाको अन्त्य गर्न पहिले न्यायिक समितिलाई नै कानुन र कार्यविधिसँग परिचित गराउनुपर्ने न्यायिक समितिका संयोजक एवम् सिमकोट गाउँपालिकाका उपध्यक्ष बलि रावतको भनाई छ । उनले भने–‘गाँउपालिकाको उपाध्यक्षको संयोजकत्वमा न्यायिक…
पत्नी हत्या घटनाको आशङ्कामा पति गिरफ्तार
गुठिचौर गाउँपालिका–३ गज्याङ्कोटकी ३१ वर्षीया भगवती भण्डारीको हत्या गरेको आशङ्कामा प्रहरीले ३२ वर्षीय पति धिरबहादुर बुढालाई माघ १० गते गिरफ्तार गरेको छ । मृतकका आफन्तले भगवतीको आत्महत्या नभई हत्या गरेर झुण्डाएको हुनुपर्ने आशङ्का गरेका छन् । मृतक भगवतीको शव घरमै माघ ९ गते झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।…
सरकारी अनुदानको नुन दोब्बर मूल्यमा विक्री !
नेपाल सरकारले सर्वसाधारणलाई अनुदानमा वितरण गर्ने नुन बजारमा दोब्बर मूल्यमा विक्री हुने गरेको छ । सरोकारावाला निकायले बजार अनुगमन गर्ने क्रममा जुम्लाका साना ठुला बजारमा अनुदानको नुन दोब्बर मुल्यमा विक्री भइरहेको भेटिएको हो । जुम्लामा व्यापारीहरूले नेपाल साल्ट टेड्रिङ करर्पोरेसनबाट सरकारी अनुदानको नुन प्रति केजी नौ रुपियाँमा लिने र बजारमा…
बलात्कार प्रयास घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
२१ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा चामुण्डाबिन्द्रासैनी नपा-४ पातिकाल्नाका ३२ वर्षीय गोविन्द शाही र सोही ठाउँका ३५ वर्षीय मदन शाहीविरूद्ध पीडित पक्षले माघ ७ गते जिल्ला प्रहरी कार्यालयमा उजूरी दर्ता गराएको हो । पीडित युवतीलाई आरोपितद्वयले माघ ६ गते बलात्कार प्रयास गरेको पीडित पक्षको आरोप छ । घटनाको अनुसन्धान…
शिशुहत्या घटनामा दोषी ठहर गरिएका व्यक्ति गिरफ्तार
शिशु हत्याको अभियोगमा ०६६ असोज २३ गते रूकुम जिल्ला अदालतबाट दोषी ठहर गरी २० वर्ष जन्मकैदको सजाय तोकिएका बाँफिकोट गाउँपालिका–७ मग्माका ४२ वर्षीय डम्बर खत्रीलाई प्रहरीले माघ ६ गते गिरफ्तार गरेको छ । घटनापछि खत्री भारतमा गएकोले नभेटाएको तर अहिले घर आएको थाहा पाएपछि मग्मा बजारबाट गिरफ्तार गरिएको प्रहरीले जनाएको…
स्वास्थ्यचौकीमा बर्थिङ् सेन्टर नहुँदा डेलिभरीमा समस्या
नाम्खा गाउँपालिका–३ को खगालगाउँ स्वास्थ्यचौकीमा बर्थिङ् सेन्टर र डेलीभरी गर्ने सामान नहुँदा सुत्केरी व्यथा लागेका महिलाहरू समस्यामा पर्दै आएका छन् । सो स्वास्थ्य चौकीमा डेलीभरीका सामान नहुँदा स्वास्थ्यकर्मीले घरमै डेलीभरी गराउन बाध्यता रहेको स्वास्थ्यकर्मीहरूले बताएका छन् । नाम्खा गाउँपालिका–३ की आङ्गमु लामालाई पुस २७ गतेदेखि सुत्केरी व्यथा लागे पनि सुत्केरी…
विप्लवका कार्यकर्ताद्वारा दुईओटा ट्रकमा आगजनी
वीरेन्द्रनगरका एक व्यापारीलाई धम्क्याएर ५ लाख चन्दा माग गरेको आरोपमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई कार्यकर्ताविरूद्ध प्रहरीले अपहरण तथा शरीर बन्धक उद्योग अन्र्तगत मुद्दा चलाएको विरोधमा सुर्खेत बन्दको आह्वान गरेको सो पार्टीका कार्यकर्ताहरूले दुई ओटा ट्रकमा आगजनी गरेका छन् । बन्दको अवज्ञा गरेको भनी सो पार्टीका कार्यकर्ताहरूले…
व्यवसायीलाई ज्यान मार्ने धम्की, आरोपितविरूद्ध प्रहरीमा उजुरी
दुल्लू नगरपालिका–८ चगत्राका सुनचाँदी व्यवसायी ३४ वर्षीय हर्कबहादुर सुनारलाई सोही वडाको कुराँह गाउँ घर भई हाल दुवहीमा मजदुरीले गर्ने २५ वर्षीय अफ्तार खानले माघ ५ गते टेलिफोनबाट ज्यान मार्ने धम्की दिएको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी दिएका छन् । ‘परस्त्री प्रति नराम्रो सोच्ने गरेका छौ, तीन दिनमै तिम्रो…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले आठविसकोट नगरपालिका–१२ का ३३ वर्षीय ध्रुवराज केसीलाई माघ ३ गते गिरफ्तार गरेको छ । पीडित महिलालाइृ आरोपितले माघ २ गते बलात्कारको प्रयास गरेको भन्दै इलाका प्रहरी कार्यालय आठविसकोटमा माघ ३ गते उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम…
छोराको हत्या गरेको आरोपमा आमा गिरफ्तार
छत्रेश्वरी गाउँपालिका–४ झिम्पेकी १९ वर्षीया यमुना केसीले चार वर्षीय छोरा समीर खत्रीको हत्या गरेको आरोपमा प्रहरीले आरोपित आमालाई पुस २९ गते गिरफ्तार गरेको छ । आरोपितले पुस २८ गते छोराको हत्या गरी घर नजिकै गाडेको खबर स्थानीयले दिएपछि जिल्ला प्रहरी कार्यालय सल्यानबाट डिएसपी विरेन्द्रबहादुर शाहीको नेतृत्वमा प्रहरीको एक टोली घटनास्थल…